प्रदेश ३मा रहेका समाचारहरु
काठमाडौं । दलालको फन्दामा परि कुवेतमा बिचल्लीमा परेकी एक युवतीको उद्दार गरिएको छ।नुवाकोट, महाकाली गाउँपालिका कि अनु तामाङलाई नेपाल फर्काइएको छ ।तामाङ राम्रो काम लगाइदिने आशमा छ महिनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी थिइन् । तर, उनीमाथि शारीरिक तथा मानसिक यातना दिइएको थियो । यसबारे तामाङले सामाजिक सञ्जालमा गुनासो गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको थियो ।पीडित तामाङले घरमा काम गर्ने साहुले नै बन्धक बनाएर कुटपिट गर्दै...
काठमाडौं । पुर्व मन्त्री मोहनबहादुर बस्नेतको श्रोत नखुलेको ६१ करोड रुपैयाँ भेटिएको छ। महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उनको स्रोत नखुलेको रकम भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ । बस्नेतले सहकारीमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति राखेको भन्दै...
नेपालगन्ज ।देशभर आएको अविरल वर्षापछि बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ। आज बिहान १० बजेसम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी २९ बेपत्ता र ४१ घाइते छन्। तीन हजार ३६६ भन्दा बढीको उद्दार गरिएको नेपाल प्रहरी जनाएको छ। पीडितहरुलाई राहत वितरण कार्य जारी भएपनि उचित राहत नपाएको पीडितले गुनासो गर्दै आएका छन् । ...
नेपालगन्ज ।देशैभरी सबै जनप्रतिनिधिहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। उनीहरुलाई ६० दिनको समय अवधी दिइएको छ। हरेक आर्थिक वर्ष सकिएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रले आग्रह गरेको हो। सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएरनबुझाएको अभिलेखको जानकारी सम्पत्ति विवरण राखेको निकायले छिटो साधनद्वारा केन्द्रमा उपलब्ध गराउन पनि केन्द्रले गोरखापत्रमा सूचना निकालेर आग्रह गरेको छ। जिल्ला...
गजेन्द्र बोहरा।चाहे त्यो बगेर जाने पानी होस् वा ‘डुबाउने’ बाढी।अन्ततः नेपाली ‘पानी’का हरेक मुद्दा भारतसँगै गएर ठोकिन्छ।किनकि भारतीय जलभन्डारको ७० प्रतिशत हिस्सा नेपाली भूभागबाट बगेर जाने पानी हो।भारतमात्रै होइन, यो बितन्डा बंगलादेशसम्मै पुग्छ। किनकि भारत हुँदै बंगलादेश पुग्ने ब्रह्मपुत्र नदीको पानी नेपाली जमीनबाट बगेर गएको हो। जब वर्खायाममा नेपालका खोला नदी उर्लन थाल्छन्, यो मुद्दा अझै पेचिलो बनेर आउँछ। किनकि नेपालका ठूला जलाधार(नदी)हरूमा भारतनियन्त्रित ‘बाँध’हरू छन्।भारतले नेपाली भूमिमा बनाएका त्यस्ता...
-बुहारीले सासूको हत्या गरेकी छिन् ।धुलिखेल नगरपालिका १ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ ।राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ। प्रहरीका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेकी माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति १ बजे मृत्यु भएको हो। ...
नेपालगन्ज ।देशभर अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ।मङ्गलबार सम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी ३२ बेपत्ता र ४० घाइते छन्।तीन हजार ३६६ भन्दा बढीको उद्दार गरिएको नेपाल प्रहरी जनाएको छ।पीडितलाई राहत वितरणको काम पनि सुरू गरेको जनाइएको छ। ...
काठमाडौं ।नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितलाई पाँच दिनको तलब सहयोग गर्ने भएका छन् ।कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार विज्ञप्ति जारी गर्दै संघीय संसदमा रहेका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने जानकारी दिएका हुन्।कांग्रेसले विपदमा परेकाहरूको उद्धार र राहतका कार्यमा जुट्न कार्यकर्तालाई निर्देशनसमेत दिएको छ। ...
काठमाडौं । अबदेखि सञ्चार माध्यममा कुनै पनि बिदेशी लगानी लगाउन नपाइने भएको छ। ‘संचार माध्याममा विदेशी लगानी स्वीकार हुँदैन ।कुनै पनि हालतमा हुदैन’ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए। आज काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि दिए। उनले सञ्चार माध्यमहरूलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही...
काठमाडौं । पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । काठमाडौंको महानगरीय प्रहरीले नयाँ बसपार्कको एक होटेलबाट इटालियन पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–४ का २९ वर्षीय प्रितम राई, ३७ वर्षीय रामकुमार राई र भारत दार्जिलिङ घर भई हाल काठमाडौं टोखा बस्ने ३६ वर्षीय सविन खवास रहेका छन्। हतियारसहित केही व्यक्तिहरू होटलमा रहेको जानकारी पाएपछि गएको टोलीले ‘मेड इन इटाली’ लेखिएको अटोमेटिक पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको...