प्रदेश ३मा रहेका समाचारहरु
नेपालगन्ज ।देशका विभिन्न स्थानमा परेको अविरल बर्षाका धनजनको नोक्सान भएको छ।बिहीबारदेखिको अविरल वर्षाले देशका विभिन्न भागमा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ। अरु ६ जना बेपत्ता भएका छन् । गृहमन्त्रायका अनुसार काभ्रेमा दुई, ललितपुर, सिन्धुली, रामेछाप र पर्सामा एक– एक जनाको मृत्यु भएको छ। यस्तै पहिरोले खोटाङमा तीन जनालाई बेपत्ता बनाएको छ भने बाढीले बगाएका कारण मोरङ, सुनसरी र पाँचथरमा एकरएक जना बेपत्ता भएका छन्। काभ्रेको बनेपास्थित नालामा...
यति एयरको उडान नम्बर एनवाइटी ४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए। विमानस्थल श्रोतका अनुसार जहाजका दुई यात्रु घाइते भएका छन् भने अरूलाई सकुशल उद्धार गरिएको थियो।धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ। ...
काठमाडौं ।विप्लव समूहकि जिल्ला सेक्रेटरी पक्राउ परेकि छिन् । सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का बिहीबार चितवनमा पक्राउ परेकी हुन् । भरतपुर महानगरपालिका २६ बाट उनलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । खड्का केही दिनदेखि चितवनमा थिइन् ।सोलुखुम्वुको नेचा सल्यान गाउँपालिका २ खाल्पा माइती भएकी खड्का २०७१ मंसिर ८ गतेबाट विप्लव समूहमा संगठित भएको प्रहरीले जनाएको छ । उनले विप्लव नेकपाको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक भएर काम गरेको...
नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो ।’प्रधानमन्त्रीको हैसियतमा आफूले त्यसबारे जानकारी पाउनुपर्नेमा कर्मचारी पंक्तिले भ्रममा राखेको हुनसक्ने ओलीको आशंका छ । ‘जानेर या नजानेर दुवै कारणले कर्मचारी पंक्तिबाट यस्तो भएको हुनसक्छ । र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन...
काठमाडौं । नेपाली कांग्रेस नेता विश्वप्रकाश शर्मा गृहमन्त्री माथी खरो उत्रिएका छन् ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गोली चलाएरमात्र लोकतन्त्रको रक्षा हुने हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्। गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा लोकतन्त्र रक्षाका लागि गोली चलाउँदा पौडेललगायतको मृत्यु भएको बताएपछि शर्माले ट्वीट गर्दै गृहमन्त्रीको धारणा व्यक्तिगत हो कि सरकारकै धारणा भनेर सोधेका हुन्। ‘लोकतन्त्रको रक्षा गोली चलाएर नै हुने हो प्रधानमन्त्रीज्यूरु,’ शर्माले भनेका छन्, ‘गृहमन्त्रीको अभिव्यक्ति व्यक्तिगत...
काठमाडौं । थुनुवा फरार हुँदा प्रहरीहरु तनाबमा परेका छन् ।महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा फरार भएपछि चार जनालाई कारवाहीको तयारी थालिएको छ । रात्रि ड्युटीमा रहेका जवान, ड्युटी संयोजक हवल्दार, ड्युटी अफिसरलगायतलाई निलम्बन गरेर कारवाही गर्ने तयारी गरिएको हो।गएराति भैंसेपाटीस्थित प्रहरी कार्यालयको हिरासतको ग्रिल उप्काएर तीन जना थुनुवा फरार भएका थिए । लागु औषध कारोबार मुद्दाका रविकुमार तिम्सिना तथा डाँका चोरी मुद्दाका सम्शेर माझी र रुद्रलाल श्रेष्ठ फरार...
काठमाडौं । एक युवकले बसमा उभिएकी एक युवतीलाई असली सिरिन्ज हानेका छन् । सिरिन्ज हानेको अभियोगमा स्याङ्जा वालिङ नगरपालिका १३ घर भई बनेपा बस्दै आएका ३४ वर्षीय खगेन्द्रप्रसाद पाठक बनेपाबाट पक्राउ परेका छन्। ‘तीखो’ चिजले घोचेपछि ती महिला बसमै कराएकी थिइन्। आक्रमण गर्ने पाठक महिलाको नजिकै थिए। यात्रुहरुले पाठकलाई कुटपिट गरी बाहिर निकालेका थिए। काभ्रेका प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार बसभित्रै ती युवाले सिरिन्ज हानेपछि यात्रुहरुले कुटपिट गरी बाहिर निकालेका थिए।उनलाई बनेपा...
काठमाडौं । नेपाली कांग्रेसका नेता कार्की बिहे बन्धनमा बाधिने भएका छन् ।पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो पटक बिहे गर्ने भएका छन् । ६२ वर्षीय कार्कीले उत्सव सम्शेर राणाकी नातिनीसँग बिहे गर्न लागेका हुन् । यद्यपि बधुको नाम भने खुलेको छैन । बिहेअघि उनले आइतबार साँझ थापाथलीस्थित एक पार्टी प्यालेसमा टीकाटालो गरेका छन् । बिहेको मिति भने सार्वजनिक गरिएको छैन ।टीकाटालो कार्यक्रममा परिवारका सीमित सदस्यहरुमात्र रहेको स्रोतले बतायो । कार्कीले यसअघि बिहे...
काठमाडौं ।बाढीले २ जना कर्मचारीलाई बेपत्ता बनाएको छ।बर्षाछि आएको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित शिवश्री हाइड्रो पावरमा कार्यरत दुई जना वेपत्ता भएका छन् । घाइते दुई जनालाई उद्धार गरी उपचार गर्न काठमाडौं पठाइएको छ । भोटेकोसी गाउँपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने मार्मिङ खोलामा बगेर साइट इन्चार्ज यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार चौधरी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।डिएसपी काफ्लेका अनुसार कामी...
काठमाडौं ।भारतले वेला–वेला विषादी तथा गुणस्तर परीक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडीबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ । नेपालको अदुवा, अलैँची, चिया तथा जडीबुटी निकासीमा गैरभन्सार अवरोध गर्दै आएको छ । अहिले पनि नेपालका ७९ जडीबुटी निकासीमा रोक लगाएको छ । नेपालबाट निकासी हुने कृषि, खाद्य र पशुपक्षीलगायतको जीवाणु तथा विषादी जाँच गर्ने प्रयोगशाला भारतीय नाकामा पनि छैन । त्यसैले नमुना बोकेर कोलकाता, पटना र लखनउ लैजानुपर्ने बाध्यता छ । ती ठाउँमा लगेर...