प्रदेश ३मा रहेका समाचारहरु

उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक हिरेन्द्र रोकाया महानिरीक्षकबाट सम्मानित

काठमाडौं ।६४ औं प्रहरी दिवस अवसरमा नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरी अधिकृतहरु सम्मानित भएका छन् । त्यस्तै सम्मानित हुनेमा प्रहरी निरीक्षक हिरेन्द्र रोकाया समेत रहेका छन् । प्रहरी निरीक्षक रोकायालाई प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले उत्कृष्ट  गरेकोले सम्मान गरेका हुन् । निडर र सहासी प्रहरी अधिकृत रोकायालाई बाँके ट्राफिकमा रहेको बेलामा उत्कृष्ट ट्राफिक ब्यबस्थापन लगायत संगठन प्रती असल कार्य गरेको भन्दै नेपाल प्रहरीले सम्मान गरेको हो।निरीक्षक रोकायाले बाँकेमा ट्राफिक प्रमुख हुँदा कयौं असल...

अपडेट: सिन्धुपाल्चोक बस दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा आज बिहान  भएको  बस दुर्घटना हुँदा थप ६  जनाको मृत्यु भएको छ। घाइते मध्य एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो भने  ५ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस अघि घटनास्थलमै ५ जनाको मृत्यु भइसकेको छ। सुपाघाटबाट काठमाडौं तर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो...

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३५ बढी घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।   दुर्घटनामा ३५ जना भन्दा बढी घाइते भएका छन् ।जिल्लाको सुपाघाटबाट काठमाडौं तर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो । दुर्घटनामा ४ पुरुष र १ महिलाको ज्यान गए पनि उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ। बस सडकबाट...

अनुसन्धान गर्दा पद र ओहदा नहेर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीले अनुसन्धान गर्दा कसैको दबाबमा नपर्न निर्देशन  दिएका छन् ।पद या दल विशेष हेरेर अपराध अनुसन्धान प्रभावित नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । ६४ औं प्रहरी दिवसमा आज नेपाल प्रहरी मुख्यालय नक्शालमा सम्बोधन गर्दै प्रहरीले पद, अनुहार या दलको वास्ता नगरी अनुसन्धान गर्नुपर्ने बताएका हुन् । ‘प्रहरीले अनुसन्धान गर्दा ओहदा, कुन पदमा छ, कुन दलको हो वास्ता गर्न हुन्न,’ ओलीले भने, ‘कसैको दबाब मान्नुपर्दैन,...

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

काठमाडौं ।आइतबार देशैभर सार्बजनिक बिदा दिने भएको छ।  संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो।सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र...

चिनियाँ राष्ट्रपतिको भ्रमणमा हेर्ने मुख्य कुरा आर्थिक लाभ नै हो : डा. महत

चिनियाँ राष्ट्रपति सी जिनपिङ भोलि शनिबार नेपाल आउँदैछन् । नेपाल अहिले उनकै भ्रमणको तयारीमा जुटिरहेको छ । काठमाडौंका सडकको स्तरोन्नति र स्वागतद्वारको निर्माणका काम भइरहेका छन् । नेपालले विश्वमा उदाउँदो अर्थतन्त्र भएको चीनका राष्ट्रपतिको भ्रमणलाई निकै महत्व दिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सी भ्रमणका सन्दर्भमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग बिहीबार छलफल गरे । छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वपरराष्ट्र एवं अर्थमन्त्री डा. रामशरण महत पनि सहभागी थिए । महतले...

चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको ब्यानर च्यातने दुुई जना पक्राउ

काठमाडौं । चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको ब्यानर च्यातने दुुई जना पक्राउ परेका छन् ।सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा दुई जना पक्राउ परेका छन् ।बिजुली बजार पुल, तिनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको छ । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले गोपाल सार्की र राजकुमार ठाकुरलाई पक्राउ गरेको हो ।पक्राउ परेका दुबैजनालाई बानेश्वर वृत्तमा राखिएको छ। ...

चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज २५ गते नेपाल आउँदै

नेपालगन्ज  । चिनका  राष्ट्रपति असोज २५ गते नेपाल आउने निश्चित भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ ।राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक...

अव्यवस्थित क्रसरले खोला किनारका सयौँ रोपनी धानखेत नष्ट

नेपालगन्ज  । अव्यवस्थित रुपमा राखिएका क्रसरका कारण खोला किनारका सयौँ रोपनी धानखेत नष्ट भएका छन् । यस वर्षको बाढीले  १५ वर्षयताकै ठूलो विनाश गरेको स्थानीयको भनाइ छ । रोशी खोला किनारमा राखिएका क्रसरले खोला छेउमा थुपार्ने माटो तथा खोलामा बाढी आउँदा माटो बगाउने भएकाले खोलाको सतह बढेको छ । जसले यस वर्ष क्षति बढाएको हो । खोलाले दाप्चादेखि दुम्जासम्मको भागमा ठूलो क्षति गरेको छ । खोला किनारका धान लगाइएका खेतहरु खोलाले...

अमेरिकाबाट पाइने ´ईन्जा साहसी पत्रकारिता पुरस्कार’ अजय बाबु शिवाकोटीलाई

काठमाडौं।नेपाल प्रेस युनियनका केन्द्रिय महासचिब एबम हाम्राकुरा डटकमका  प्रधान सम्पादक अजयबाबु शिवाकोटीलाई यो बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित गरिने भएको छ। ईन्जाले एक विज्ञप्ती निकाली सम्पादक शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गरेको घोषणा गरेको हो। प्रधान सम्पादक शिवाकोटीलाई ईन्जाका निर्देशक किशोर सापकोटाले फोन सम्पर्क समेत गरि पुरस्कार दिइने निर्णय भएको जानकारी गराएका थिए। ईन्जा अमेरिकाको वासिंङ्टन डिसी, अमेरिकामा मुख्यालयमा रहेको नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल हो।  शिवाकोटीले पुरस्कार दिने निर्णयप्रति आभार प्रकट...