प्रदेश ३मा रहेका समाचारहरु

काठमाडौं । डा. गोविन्द केसी फेरी अनशन बस्ने भएका छन् । उनले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म ११ दिने अल्टिमेटम दिएका छन् ।सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा। केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ।’ उनले स्वास्थ्य क्षेेत्रमा भएका गल्तीहरुलाई यथाशिघ्र...

काठमाडौं ।चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो नेपालको दुईदिने भ्रमण पूरा गरी सवा २ बजेपछि स्वदेश फर्किएका हुन् ।राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरिन्। शनिबार राष्ट्रपति भण्डारीले नै समकक्षी सीलाई स्वागत गरेकी थिइन् । ...

काठमाडौं ।महानगरीय प्रहरी बृत्त बौद्धले ठुलो जुवा खालमा छापा मारेको छ। आरुबारीमा ठुलो जुवा भइरहेको छ भन्ने बिशेष सुचनाका आधार बौद्ध प्रहरी प्रमुख डिएसपी रमेश बहादुर सिंहको कमान्ड गएको टोलीले गए राती १८ लाख ९२ हजार रुपियाँ सहित २१ जना जुवाडे पक्राउ गरेको हो । डिएसपी सिंहका अनुसार जुवाडेहरुका तीन वटा गाडी र चौध थान मोटरसाइकल समेत बरामद गरि बौद्ध बृत्तमा लगिएको छ। हामीलाई आरुबारी बौद्धका रमेश तामाङले घर भाडामा...

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो ।त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको टोलीले गार्ड अफ अनर प्रदान गर्ने परम्परा छ । ...

काठमाडौं ।चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गरेकी छिन्। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा समकक्षी राष्ट्रपति सीलाई भण्डारीले स्वागत गरेकी हुन्।नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपालमा आएका उनको स्वगतामा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित रहेको छन्। चिनियाँ राष्ट्रपति सी साढे चार बजेर १५ मिनेटमा काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्। ...

काठमाडौं ।सीता एयरवेज जहाजले आपतकालीन अवतरण गरेको छ।जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरेको छ।सीता एयरवेज जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरेको छ।शनिबार बिहान ९ बजे रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको जहाज मन्थलीमा आकस्मिक अवतरण गरिएको हो।मन्थलीबाट उड्नेबित्तिकै जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको रामेछापका डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए।जहाजमा १३ यात्रु र ३ कर्मचारी सवार थिए। जहाजभित्रका सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यलयले...

काठमाडौं ।चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकिय नेपाल भ्रमणका क्रममा त्रिभुवन बिमानस्थलमा ५४ विमानको उडान प्रभावित हुनेे भएका छन् । शनिबार अपराह्न १४ः५५ देखि १७ः२५ बजेसम्म बन्द हुने नोटाम जारी गरिएको छ । शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् ।विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ...

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आज अपराह्न ४:३० बजे नेपाल आउँदै छन् । २ दशक पछि हुन लागेको चीनको सबैभन्दा ठुलो सवारीका लागि नेपाल सरकारले बिशेष चासोका साथ हेरेको छ। सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि २५ हजार सुरक्षाकर्मी परिचालन गरेको छ। जिनपिङको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेनाको कमान्डो दस्ता हुनेछ भने दोश्रो घेरामा नेपाल प्रहरीको टोली र तेस्रो घेरामा सशस्त्र प्रहरी बल हुने छ।त्यस्तैै सुरक्षामा अनुसन्धान...

काठमाडौँ । पूर्वमन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक बस दुर्घटनाका घाइतेहरुको उपचारमा सहयोग गरेका छन् । नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक दुर्घटनामा घाइतेको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् । पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा शुक्रबार भएको दुर्घटनामा घाइते भएकाको उपचारका लागि तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरेका हुन् । पूर्वमन्त्री बस्नेतले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका यात्रुलाई भेटेर उक्त सहयोग गरेका हुन् । “तत्कालका लागि...