प्रदेश ३मा रहेका समाचारहरु

दशैंको टीकाको साइत बिहान १०:३५ बजे

नेपालगन्ज । यसवर्ष दशैंको टीकाको साइत भोलि (असोज २१ गते मंगलवार) बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत निर्धारण गरेको समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए । विजया दशमीको दिन देवी बिसर्जन गर्ने साइत भने मंगलवार बिहान ८ बजेर ४५ मिनेटमा निर्धारण गरिएको छ । बिहान १० बजेर ३५ मिनेटमा उत्तम साइत रहे पनि विजया दशमीको दिनभर नै टीका...

सुरक्षालाई दृष्टिगत गरी महरालाई प्रहरीकै खाना

काठमाडौं । प्रहरी हिरासतमा रहेका कृष्णबहादुर महरालाई बाहिरको खाना खान दिइएको छैन । महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएका उनको सुरक्षालाई दृष्टिगत गरी बाहिरको खाना नदिइएको बुझिएको छ । महरालाई उनको परिवारका सदस्य र स्वकीय सचिवसँग मात्र भेट्न दिइएको छ । सुरक्षा र अनुसन्धान प्रभावित हुनसक्ने भन्दै परिवारका सदस्य र स्वकीय सचिवसँग मात्र भेट्न दिइएको प्रहरी स्रोतले जानकारी दिएको छ । महराको स्वास्थ्यमा समस्या आएको छ । उनको प्रहरी अस्पतालका डाक्टरहरुले चेकजाँच...

गैंडा आक्रमणमा एक जनाको मृत्यु

चितवन ।  गैंडाले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु भएको छ। गैंडा आक्रमणमा परि  मृत्यु हुनेमा कालिका नगरपालिका ४, पदमपुरका ७२ वर्षीय गोरे कुमाल छन् ।जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी  अनुसार कुमाललाई पञ्चकन्या सामुदायिक वन क्षेत्रको खगेरी खोलामा आइतबार साँझ आक्रमण गरेको थियो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।उनी पिकनिक स्पट गएको बेल  गैैंडाले आक्रमण गरेको थियो। ...

पुर्व सभामुख महरा पक्राउ

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दूराचारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया आजैबाट थाल्ने भएको छ।पक्राउ परेसँगै उनको संसद पद पनि निलम्वनमा परेको छ। यसअघी उनले सभामुख पदबाट दिएको राजिनामा स्विकृत भइसकेको छ। काठमाडौं जिल्ला अदालतले आइतबार महराविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । अदालतका न्यायाधीश...

करेन्टले लियो आमाछोराको ज्यान

हेटौंडा ।करेन्ट लागेर  आमाछोराको मृत्यु भएको छ।हेटौंडा उपमहानगरपालिका१७, राजदेवीमा आज  करेन्ट लागेर आमाछोराको मृत्यु भएको हो भने बुहारी घाइते भएकी छन् ।मृत्यु हुनेमा स्थानीय ५५ बर्षीया लेखमाया पराजुली र उनका २८ बर्षीय छोरा मदन रहेका छन् ।उनीहरुको उपचारको क्रममा हेटौंडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।विद्युत प्रवाह भइरहेको तार छिनेर बारीमा झर्दा घाँस काट्न गएकी लेखमायालाई करेन्ट लागेको थियो ।आमालाई करेन्ट लागेपछि बचाउन...

कृष्ण बहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले दियो आदेश

काठमाडौं । निबर्त्तमान  सभामुख कृष्ण बहादुर महरालाई पक्रन प्रहरीलाई अदालतले अनुमति दिएको छ।आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको  हो।अदालतको आदेशसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ। अदालतबाट पक्राउको अनुमति पाएको प्रहरीले सम्भवत आज साँझसम्म नै महरालाई पक्राउ गर्नेछ।नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ।बलात्कारको प्रयास गरेको भन्दै रोशनी...

कृष्णबहादुर महरालाई बलात्कार प्रयास अभियोगमा ५बर्ष जेल सजाय हुन सक्ने

काठमाडौं ।निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा कानुनअनुसार ५ वर्षसम्म जेल सजाय हुन सक्छ।मुलुकी फौजदारी संहिता २०७४ अनुसार १८ वर्षभन्दा माथि उमेरका महिलालाई जबरजस्ती करणी गरेको अवस्थामा ७ देखि १० वर्षसम्मको कैद हुने व्यवस्था छ।जबरजस्ती करणीको प्रयास गरे त्यसको आधी सजाय हुने व्यवस्था संहिताले गरेको छ। यो कानुन अनुसार निवर्तमान सभामुख महराले रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास प्रमाणित भएमा साढे ३ देखि ५ वर्षसम्म जेल सजाय...

महराविरुद्ध प्रहरीमा उजुरी, पक्राउ पर्ने सम्भावना बढ्यो
"गृहमन्त्रीले भने– अनुसन्धान गर्नुस्, डराउनु पर्दैन "

काठमाडौं : तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा जाहेरी दिएकी छन् । पटक–पटक बयान परिवर्तन गरिरहेकी शाहीले शुक्रवार महराविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएकी हुन् । रोशनीको जाहेरी दर्ता नभएकाले प्रहरी अधिकारीले आधिकारिक रुपमा यसबारे जानकारी दिइरहेका छैनन् तर रोशनीले प्रहरीमा जाहेरी भने बुझाइसकेकी छन् । रोशनीले हाम्राकुरा डटकमसँग कुरा गर्दै महराले यौन दुर्व्यवहार गरेको खुलासा गरेकी थिइन् । जसका कारण महराले सभामुख...

बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

सिन्धुली : विपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट सिरहातर्फ जादै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा अन्य ५ जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर शिंहले जानकारी दिए । ...

कठै मेरो देश! सडकको खाल्डा पुर्न पनि बिदेशी भीभीआईपी कुर्नुपर्ने

काठमाडौं । के वर्षा, के हिउँद काठमाडौंका सडकमा खाल्डाखुल्डी नभएको समय छैन । झ्यारर् पानी पर्‍यो भने सडकमा पोखरी बनिहाल्छ । जनताले सडकका खाल्डाखुल्डी पुर्नपर्‍यो भन्दा सरकार कहिले बजेट छैन, कहिले कामदार पाइएन, त कहिले निर्माण सामग्रीको अभाव भयो भन्छ । तर, जब काठमाडौंमा विदेशबाट अतिविशिष्ट अतिथिको आगमन तालिका तय हुन्छ, त्यसपछि रकेटको गतिमा काम हुन्छ, सडकको खाल्डाखुल्डी पुरिन्छ ।अहिले काठमाडौंमा त्यही भइरहेको छ । बिहीबार रातको १२ बजिसकेको थियो...