प्रदेश ३मा रहेका समाचारहरु

पत्रकार अजयबाबु सिवाकोटी प्रहरीको सुरक्षा निगरानीमा

काठमाडौं ।संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले सभामुख रहेका कृष्ण बहादुर महराले आफूलाई बलात्कार गरेको आरोप पहिलोपटक प्रकाशित गरेका पत्रकार अजयबाबु सिवाकोटीलाई अहिले प्रहरीले सुरक्षा दिएको छ।काठमाडौं प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले सिवाकोटीको सुरक्षाबारे सचेत भएर सामान्य निगरानी गरिरहेको बताए। ‘पछिल्लो समय उहाँले उठाएको इस्यु चर्चामा छ। यस्तो इस्यु परेको मानिसलाई असुरक्षा छ कि भनेर हेर्नु सामान्य हो। सुरक्षाका दृष्टीले हामीले निगरानी गरेको मात्र हो। सुरक्षाकर्मी नै खटाएको भने छैन,’...

बन्दुक समातेको तस्बिर राख्दै महराका छोराहरुले लेखे फेसबुक स्टाटस

काठमाडौं ।कृष्ण बहादुर महराका दुुुबैै छोराहरु निर्मल महरा र राहुल महराले फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् ।उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन्।हेर्नुहोस राहुलको स्टाटस।रातोपाटीबाट साभार। ...

रोशनी शाहीको सुरक्षामा प्रसनी र महिला प्रहरी खटाइयो

काठमाडौं ।कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ। शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको प्रहरी स्रोतले जानकारी दियो। उनीमाथि निगरानी राख्न र भवितव्य केही पनि नहोस् भनेर सुरक्षा दिन परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ती महिलाले एक वर्षअघि विष सेवन गरेकी थिइन्। सात दिनसम्म आइसियुमा बसेर निको भएपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ। रोशनी शाहीले पनि बिहान...

१२ लाखको अबैध सुनसहित दुई जना पक्राउ

काठमाडौं । १२ लाखको सुनसहित दुई जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौँ, उनले भने।पक्राउ परेकासँग प्रहरीले १६...

नेकपाले सभामुखलाई भन्यो पदबाट राजीनामा देऊ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले बलात्कारको आरोप लागेका कृष्णबहादुर महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले महरालाई पदबाट राजीनामा दिन भनेको हो। सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले  भने अनुसन्धानका लागि मार्गप्रशस्त गर्न सभामुख र सांसदबाट महराले राजीनामा दिनु पर्ने पार्टीले गरेको छ। ...

सभामुख कृष्ण बहादुर महरामाथी बलात्कारको आरोप

काठमाडौं/ अजय बाबुु शिवाकोटी।संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन्। महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेका छन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा ९नाम परिवर्तन०लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेका हुन्। मदिराले लठ्ठ भएर स्नेहाको डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत...

नेपालमा संगठित अपराधको जालो

निराजन शर्मा।आधुनिक विज्ञानले मानिसको जीवनलाई सहज र सजिलो मात्रै बनाएको छैन नयाँ खाले समस्याहरू पनि सँगसँगै सिर्जना गरेको छ। विज्ञान र प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्दा त्यसले सहजता प्राप्त हुन्छ भने त्यसको गलत प्रयोग हुँदा समाजमा नयाँ खाले अपराध र अपराधीहरूको विकास हुन पुग्छ । यहाँ त्यस्तै भएको छ, विज्ञान र प्रविधिको प्रयोग गरी संगठित रुपमा अपराध गर्ने प्रचलन वढेको छ जसलाई हामिले संगठित अपराधको संज्ञा दिएका छौ ।...

बिजया दशमी सुरु, आज घटस्थापना

नेपालगन्ज ।नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । आज घर घरमा जमरा राखिदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई...

नेकपाका विद्यार्थीहरुले बिथोले ज्ञानेन्द्र शाहीको कार्यक्रम

चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम विथोलेका छन् ।अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो, जसमा अधिवक्ता सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही लगायत सहभागी हुने कार्यक्रम थियो ।तर नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथोलेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।अनलाइनखबरबाट। ...

डीआइजीको दरबन्दीमा एआइजी किन राखियो…

काठमाडौं । नेपाल प्रहरीमा डीआइजीको दरबन्दीमा एआइजी राखिएको बिषयले निकै चर्चा छाएको छ।नेपाल प्रहरीबाट राष्ट्रिय सुरक्षा परिषदमा डीआइजीको दरबन्दी छ । तर ४ महिनादेखि एआइजी धिरु बस्नेत राष्ट्रिय सुरक्षा परिषदमा काजमा कार्यरत छन् । बुधबार भएको एआइजीहरुको सरुवामा पनि उनलाई राष्ट्रिय सुरक्षा परिषदमै काजमा राखिएको छ। बुधबार भएको ३ एआइजीको सरुवामा मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखी उनलाई राष्ट्रिय सुरक्षा परिषदमा काज खटाइएको छ ।डीआइजीको दरबन्दीमा एआइजी बस्नेतलाई काजमा राखिएको...