प्रदेश ३मा रहेका समाचारहरु

उपचारका लागि लैजादै गरिएका बिरामीको ट्राफिक जामले गर्दा मृत्यु

नौबिसे( धादिङ ) । नागढुङ्गाको ट्राफिक जामले उपचारका लागि काठमाडौं ल्याइँदै गरिएका एक बिरामीको  मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका ७ का ३५ वर्षीय रुपलाल साह रहेका छन् । दुबै मिर्गौला रोगी साहलाई रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका २ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र मृत्यु भएको महादेवबेँसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बाबुलाल...

सासंद विकास कोषमा अब देखि समानुपातिक सांसद पनि हिस्सेदार

काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष निर्वाचित सांसदहरुले ल्याएका कार्यक्रममा खर्च गर्न सक्ने गरी ४ करोड रुपैयाँका दरले बजेट छुट्याएको छ । विगतमा सासंद विकास कार्यक्रमका नाममा खर्च हुने बजेटलाई गत आर्थिक वर्षबाट ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ नामाकरण गरिएको थियो । समानुपातिक सांसदहरुले भने यो कार्यक्रममा आफूहरुलाई हिस्सेदार नबनाइएको भनेर गुनासो गर्दै आएका थिए । उनीहरुको गुनासो सम्बोधन गर्दै सरकारले नियमावली संशोधन गरेको छ ।प्रत्यक्ष निर्वाचित सांसदको...

कसको स्वार्थको निम्ती हुँदैछ आइजीपीलाई प्रहार गर्ने खेल!

काठमाडौं ।नेपाल प्रहरीमा कार्यरत वाहलवाला हुन्  वा भूतपूर्व हुन्  अथवा प्रहरी बुझेका जोसुकै हुन् , उनीहरुसंग नेपालको इतिहासकै निर्विवाद तथा सम्मानित गृहमन्त्रीहरुको नाम सोधियो भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अग्रपङ्क्तिमै आउंछ ।त्यसो हुनुको पछाडी उहाँले गृहमन्त्री हुँदा देखाउनु भएको निस्पक्षता , आफु मातहतका सुरक्षा निकायलाइ ठिक काम गर्न प्रेरित गर्ने र गलत गर्दा दण्डित गर्ने तर हस्तक्षेप नगर्ने नीति लगायतका थुप्रै कारण थिए ।अनि उहाँ पदमा हुँदा...

भारतीय नक्कली लाइसेन्सलाई नेपालीकरण गर्ने दुई अधिकृतसहित चार बिरुद्ध मुद्दा दायर

काठमाडौं ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भारतीय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लाई नेपालीकरण गर्ने यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरका दुई शाखा अधिकृतसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको छ।शाखा अधिकृतद्वय अनोजकुमार घिमिरे, कोमलराज निरौला, नायब सुब्बा हेमकुमार बस्नेत र निवेदक सुन्दर अधिकारीविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।अधिकारीले नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरणको लागि कार्यालयमा निवेदन दिएका थिए।‘मोटो रकम लेनदेन गरी नक्कली भारतीय सवारीचालक अनुमतिपत्रलाई...

नेपाल प्रहरीका तीन जना एआईजीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका तीन जना एआईजीको सरुवा भएको छ।सरकारले नेपाल प्रहरीका तीन अतिरिक्‍त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राख्ने निर्णय गरेको हो । ...

२० करोड अनियमितता आशंकामा प्रहरी बिरुद्द अख्तियार सक्रिय हुँदै

काठमाडौं। नेपाल प्रहरीले बन्दोबस्तीका सामान खरिदमा अनियमितता गरेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजातहरु नियन्त्रणमा लिएपछि असोज ४ मा टुंगो लगाउनुपर्ने बोलपत्र अलपत्र परेको छ। नेपाल प्रहरीले चुस्ता, डीएमएस बुट, पन्चा, ऊलन सर्ट, ऊलन पाइन्ट, कटन सर्ट, कटन पाइन्ट, झुल, पार्का ज्याकेट लगायतका सामानको गएको साउन २६ मा टेण्डर गरेको थियो। भदौ २६ मा खोलिएको टेण्डरमा ज्ञानेन्द्र बस्नेत, टोपेन्द्र बीसी, पिताम्बर मुन्का, रितेश अग्रवाल लगायतले सेटिङ गरी लागत मूल्यकै...

मेडिकल कलेजले एमबीबीएस र बीडीएसमा भर्ना नलिने

काठमाडौं । मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६र७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् ।त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेका बेला मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना नलिने घोषणा गरेको हो ।राष्ट्रिय चिकित्सा ऐन २०७५, संघीय संसद्, प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशन...

म:म का लागि ल्याइएको राँगो फुत्केर मान्छेलाई हान्दै गर्दा प्रहरीले ठोक्यो गोली

काठमाडौं । म:म बनाउन तराईबाट ल्याइएको राँगा फुत्केर उपध्रो मच्चाएपछि प्रहरीले त्यसलाई गोली हानेर मारेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार बिहान चार बजे स्वयम्भू क्षेत्रबाट राँगा फुत्केको हो। मान्छेलाई हान्दै न्युरोड आइपुगेको राँगालाई प्रहरीले गोली हानेर मारेको थियो।साढे ६ बजे बिहान न्युरोड पुगेको राँगोलाई प्रहरीले गोली हानेको थियो।बिहानैको घटना भएकाले ठूलो क्षति भने हुन पाएन। महानगरीय प्रहरी बृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाका अनुसार राँगाले हानेर तीन जना...

विप्लव समुहका काठमाडौं उपत्यका ब्युरो इञ्चार्ज पक्राउ

काठमाडौं । प्रहरीले बिप्लब समुहका नेता कार्यकर्तालाई पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएको छ। सोही कार्य अन्तर्गत विप्लव समुहका काठमाडौं उपत्यका ब्युरो इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा इन्चार्ज नवीन बीके पक्राउ रहेका छन् । उनि पूर्व राज्यमन्त्रीसमेत हुन् ।प्रहरीको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले बीकेलाई ललितपुरबाट पक्राउ गरेको हो ।गएराति बिक पक्राउ परेका हुन् । उनलाई कहाँ राखिएको छ भन्नेबारे प्रहरीले केही खुलाएको छैन । उनको बारेमा अनुसन्धान...

सामान खरिद अनियमिताको आशंकामा प्रहरीको कागजात अख्तियारको नियन्त्रणमा

काठमाडौँ ।लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ ।अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो । प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदा अटेर गरिएकाले आफैं गएर नियन्त्रणमा लिइएको अख्तियार उच्च स्रोतले जानकारी दिएको छ ।...