प्रदेश ५मा रहेका समाचारहरु

वडा अध्यक्ष बेहना र प्रहरी अधिकृत बस्नेत सम्मानित

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना प्रहरी निरीक्षक हरि बस्नेतलाई सम्मान गरिएको छ।  अध्यक्ष सहित प्रहरी निरीक्षकलाई  नेपाल मोहर्रम तथा कर्बला संरक्षण समिति, बाँकेले उहाँहरले गरेको कार्यको उच्च मुल्यांकन गर्दै सम्मान गरेको हो। अध्यक्ष बेहनाले  आफ्नो वडामा हेर्न लायक बिकासे कार्य गरिसक्नु भएको छ।  अध्यक्ष बेहनाले नेपालगन्जमै पहिलो पटक चिल्ड्रेन पार्क निर्माण , आधुनिक गर्ल्स स्कुल लगायत अन्य थुप्रै कार्य गरिसक्नु भएको छ।त्यस्तै नेपालगन्ज...

नेपालगन्जमा जेएस स्कुल भ्यान दुर्घटना, दुई विद्यार्थी घाइते

नेपालगन्ज । नेपालगन्जमा सोमबार बिहान स्कुल भ्यान दुर्घटना भएको छ। नेपालगन्जको वडा नम्बर ६ फुल्टेक्राबाट कोरियनपुर स्थित जेएस स्कुल लैजादै गर्दा फुल्टेक्राको हडियाबाबा नजिकै दुर्घटना हुँदा २ जना बिद्यार्थी घाइते भएका छन् ।अत्यधिक गतिका कारण आज बिहान ९:४५ मा स्कुल भ्यान दुर्घटना भएको स्थानियले बताएका छन् । स्कुल भ्यानमा ५ जना बिद्यार्थी,एक जना शिक्षक र चालक सवार रहेका थिए।  भ्यान चालक प्रकाश चौधरीलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय नेपालगन्जमा...

एस.आर इन्जिनियरीङ कन्सलटेन्टद्वारा डिपिआर गरिएको क्याम्पसको आधुनिक भवन निर्माण पुरा

नेपालगन्ज । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा आधुनिक भवन निर्माण सम्पन्न भएको छ।  नेपालगन्जको एस.आर इन्जिनियरीङ कन्सलटेन्टद्वारा डिपिआर लागायत सुपरीबेक्षण गरेको भवनको निर्माण रोयल कन्स्ट्रक्सन कम्पनी धनगढीले गरेको हो। आधुनिक शैलीमा निर्माण भएको भवन अपाङ्गमैत्री, भुकम्प प्रतिरोधक रहेको एस. आर इन्जिनियरीङ कन्सलटेन्टका प्रमुख प्रबन्ध निर्देशक सुरेन्द्र बोहराले बताए। यस भेगकै शैक्षिक छेत्रमा आधुनिक तरिकाबाट ४ करोड ९२ लाखमा निर्माण भएको आधुनिक भवनलाई अब केही दिनमा क्याम्पसलाई हस्तान्तरण गरिने भएको छ।...

नरैनापुरमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारी सम्मानित

नरैनापुर/ बाँके । नरैनापुर गाउँपालिकामा पहिलो पटक  उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारी सम्मानित भएका छन् ।सम्मानित हुनेमा सर्वोत्कृष्ट कर्मचारी २०७६ बाट एचए नविन बुढाथोकी क्षेत्री रहनुभएको छ । क्षेत्रीलाई १० हजार नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरियो । यस्तै उत्कृष्ट कर्मचारी २०७६ बाट अनमी विद्या राना, एचए सद्दाम खाँन, वडासचिव जिवनलाल यादव र सहायक चौथौ कर्मचारी जयप्रकाश पाठक रहनुभएको छ । उत्कृष्ट ५ जना कर्मचारीलाई नगद ५ हजार,...

मेरो क्षमताले भ्याए सम्म भ्रष्टाचार गर्न दिन्न: प्रजिअ खड्का- बाँके
"तस्कर, घुसघोर र गुण्डागर्दीसँग आफुले कुनै सम्झौता गर्दैन् : एसपी बाँके  "

नेपालगञ्ज। नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने गराउने सन्दर्भमा स्थानीय प्रशासनसँग सधै सहकार्य र समन्वय गरिरहेको बताउनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीको स्वागतमा उपमहानगरपालिकाले आइतबार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख राणाले स्थानीय प्रशासनसँग आगामी दिनमा पनि सहकार्यका लागि उपमहानगरपालिका सधै तयार रहेको बताउनुभयो । नेपालगञ्जको संवेदनशिलतालाई सधै ख्याल गर्न सुझाव...

यसवर्षको शिक्षा पत्रकारिता सम्मान पत्रकार ओलीलाई प्रदान

नेपालगन्ज।नेपालगन्ज उपमहानगरपालिकाले यसवर्षको शिक्षा पत्रकारिता सम्मान पत्रकार अर्जुन ओलीलाई प्रदान गरेको छ । ४० औं राष्ट्रिय शिक्षा दिवस एवम् ५३ औं अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नागरिक दैनिकका नेपालगन्ज संवाददाता ओलीलाई सम्मान गरेको हो । नेपालगन्ज उपमहानगरपालिकामा लामो समयदेखी शिक्षा तथा बालबालिकाको क्षेत्रमा पत्रकारिता मार्फत पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै ‘४० औं राष्ट्रिय शिक्षा दिवस एवम् ५३ औं अन्र्तराष्ट्रिय साक्षरता दिवस–२०७६’ बाट आइतबार सम्मान गरियो । दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा...

नेपालगन्जदेखि लखनउसम्म सिधा बस सेवा सन्चालनमा आयो

नेपालगन्ज । आजदेखि नेपालगन्जदेखि  भारतको उत्तर प्रदेशको राजधानी लखनउ सम्म सिधा बस सेवा   सन्चालनमा असेको छ।  भेरी यातायात प्रालीले उक्त बस सेवा संचालनमा ल्याएको हो ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले एक औपचारिक कार्यक्रमका बिच बसको ढोकामा बाधिएको रिबन काटेर बस सेवाको उद्घाटन गरेका हुन् ।उनले नेपालगन्जबाट लखनउ हिडेका यात्रुहरुलाई अबिर र माला लगाएर बिदाई गरे । राणाले हरियो झन्डा देखाएर बसलाई प्रस्थान गर्न संकेत गरेपछी बस लखनउका...

तुलसीपुरमा माछा मार्दै गर्दा दुई युवाको डुवेर मृत्यु

दाङ । तुलसीपुरमा माछा मार्ने क्रममा दुई जना युवाको डुवेर मृत्यु भएको छ । सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं ५ निवासी २० बर्षीय अर्जुन बुढा र ओखलढुङ्गा जिल्लाका २६ बर्षीय मिलन लामाको माछा मार्ने क्रममा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहर नाथ योगीका अनुसार सल्यान निवासी बुढा पछिल्लोसमय तुलसीपुर उपमहानगरपालिका वडा नं ८ कट्कुँईयामा बंगुरपालन गरेर बस्दै आएका थिए भने ओखलढुङ्गाका...

बुटवल वडा नं २ का अध्यक्ष नेपालद्वारा आत्महत्या प्रयास

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्या प्रयास गरेका छन् । वडा नंं २ स्थित आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् ।उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पुर्‍याएका थिए । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार  भइरहेको  बुटवल वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नेपालको अवस्था गम्भीर रहेको बताएका छन्।चिकित्सकलाई उद्धृत...

म सबैको साझा ब्यक्ती हो: अध्यक्ष बेहना

नेपालगन्ज ।नेपालगन्जको वडा नम्बर ४ मा विभिन्न ब्यक्तीहरुलाई सम्मान गरिएको छ। वडामा शुक्रबार एकाउन्टिबिलीटील्याबद्वारा आयोजित स्थानिय जनप्रतिनिधी र सरोकारवाला बिच छलफल कार्यक्रममा उनिहरुलाई विभिन्न क्षेत्रबाट योगदान गरेकाले वडा नम्बर ४ ले बिशेष सम्मान दिएको हो। कार्यक्रमा वडा अध्यक्ष मो. सफिक बेहनाले आर्थिक बर्ष २०७६/०७७ को बजेट माथी प्रकाश पार्नु भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष बेहनाले यो बजेट सबैको हितको लागि सुहाउँदो तरिकाले बनाईएको कुरा बताउनु भएको थियो। उहाँले आफ्नो...