प्रदेश ५मा रहेका समाचारहरु

बाल्यकालको बर्दिया सम्झना : दिनभर पौडी र बालुवाको तातो

तुला अधिकारी । कर्णाली नदीको दुई भंगालोले घेरेको थियो, हाम्रो गोलालाई । हाम्रो स्कुललाई । हाम्रो घर भएको खोनपुर गाउँलाई । माघीमा ठाकुरद्धारा मन्दिरमा मेला भर्न जांदा पनि कर्णालीको गेरुवा भंगालो छिमल्नु पर्ने । शनिबार पारेर टिकापुरको राज सिनेमा हलमा फिल्म हेर्न जांदा पनि कर्णाली नदीको पश्चिम भंगालो तर्नु पर्ने । घरै वरीपरिका वन्जरिया झरन, चारगाउं कुलो, बुढिकुलो त दैनिकी भै हाले । श्रीलंकाको टापु नाउं पाएको थियो तत्कालिन एघार...

दशै मनाउन घर तर्फ गएका यात्रुहरुको गाडीमा भएको पिडा

यमकला भुसाल,/दाङ  । दशै मनाउन घर तर्फ  गएका धेरै जसो यात्रुहरुले आफ्नो बसमा दुखद यात्रा भएको बताएका छन् । दाङको तुलसीपुरको बस पार्कमा भेटिएका अधिकाँस यात्रुले बसमा सिट नपाएको तथा उभिएर लामो दुरीको यात्रा गर्नु परेको गुनासो गरेका छन् । सिट उपलब्ध गराउँछौं भन्दै टिकट काटेपनि पछि मुढा र बनटमा बस्न भनिएको यात्रु सुन्तली कुवरले गुनासो गरिन। तुलसीपुर बसपार्कमा भेटिएकी उनी दशैँ मनाउन काठमान्डौंदेखि सल्यान घर जान हिडेकी थिइन । ‘कति मानिस...

कोहलपुर नेबिसंघ अध्यक्ष माथी आक्रमणको प्रयास गर्ने दुई जना टोले गुंडा कोहलपुर प्रहरीद्वारा पक्राउ

कोहलपुर । नेबिसंघका कोहलपुर अध्यक्ष बिभेक शाहीले आफ्ना साथि बिश्वाश बुढाको जन्मदिन मनाइरहेको बेलामा बाहिर बाट आएर आक्रमण गर्न खोज्ने दुई जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। बुढाको जम्नदिन मनाइदा बुढाको सबै परिवार सहित नेबिसंघ अध्यक्ष त्यहाँ रहेको अवस्थामा काम छ भन्दै नेबिसंघ अध्यक्ष लाई बाहिर बोलाएर आक्रमण गरेको बुढाले बताए।आक्रमणको प्रयास गर्दै गर्दा कोहलपुरका टोले गुंडा दिपेन्द्र कुवर र सुरेश अधिकारीलाई  कोहलपुर प्रहरीले पक्राउ गरेको हो। पक्राउ गर्न...

नेपालगन्जको रानी तलाऊमा डुबेर एक जनाको मृत्यु

नेपालगन्ज । नेपालगन्जको वडा नम्बर ८ स्थित  रानी तलाऊमा डुब्दा आज एक जनाको मृत्यु भएको छ। रानी तलाऊमा  डुबेर मृत्यु हुनेमा नेपालगन्ज  वडा नं ७ का सुनिल भित्रकोटी रहेका छन् ।दिनमा  मात्र खुल्ने  तलाऊमा रातीको समयमा प्रवेश गरेका सुनिलको बिहान ९ बजेतिर शब निकालिएको हो । ...

अष्ठमीमा नेपालगञ्जमा गरियो सरकारी पूजा

नेपालगञ्ज । दशैैको  अष्ठमीको दिननमा  नेपालगञ्जको  वागेश्वरी मन्दिरमा विधिवत पूजाआजा गरी पञ्चबली दिईएको छ । सो अवसरमा आइतबार बिहानै बागेश्वरी व्यवस्थापन गुठी समितिका पदाधिकारी , बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत हरि प्याकुरेल, बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर ओली लगायतले करिव डेढ घण्टा लगाएर सरकारी पूजा र खुलादर्शन गरेपछि पञ्चबली दिईएको थियो । बागेश्वरी मन्दीरका मूल महन्त चन्द्रनाथ योगीले सरकारी पूजापछि मात्र अन्य सर्वसाधरणको लागि पूजा...

कोहलपुर प्रहरीले पक्राउ गर्यो ८ जना जुवाडे

(बाँके )कोहलपुर ।  जुवातास खेलिरहेका ८ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयले  बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।उनका अनुसार, उनीहरुलाई जुवाखालसहित ९० हजार रूपैयाँभन्दा बढी रकमसहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । ...

मुख्यमन्त्री पोखरेलद्वारा नेपालगन्जको आधुनिक बसपार्क र नगर बसको उद्घाटन
"मुख्यमन्त्री पोखरेलद्वारा नेपालगन्जमा भइरहेको विकासको मुक्तकण्ठले प्रशंसा "

नेपालगन्ज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जले गरिरहेको विकासको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । आज नेपालगन्जको आधुनिक बसपार्क र नगर बसको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले जनप्रतिनिधि आइसकेपछि नेपालगन्जले पकडेको विकासको लयदेखि आफू खुसी भएको बताउनुभयो । ‘केही भएको छैन भन्ने मनोगत व्याख्या नगरौं, नेपालगन्जको विकास निकै दु्रत गतिमा भइरहेको छ, दुई बर्ष अघिको नेपालगन्ज र अहिलेको नेपालगन्जमा निकै फरक भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘निराशाबादी नबनौं….मुलुकका अन्य स्थानीय...

उपनिर्वाचनको लागि कोहलपुरमा ६ मा राप्रपाबाट श्रीधर सुवेदी उम्मेदवार चयन

कोहलपुर ।राप्रपा बाँकेले उपनिर्वाचनको लागि उम्मेदवार चयन गरेको छ । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनकालागि राप्रपा बाँकेले उम्मेदवार टुङ्गो लगाएको हो । कोहलपुर नगरपालिका वडा ६ को अध्यक्षमा राप्रपाको तर्फबाट श्रीधर सुवेदीले उम्मेदवारी दिने भएका छन ।बाँके जिल्ला कार्यसमितिका अध्यक्ष नरेन्द्र कुमार पौडेलका अनुसार राप्रपाको आधिकारीक उम्मेदवारका रुपमा सुवेदीलाई चयन गरिएको हो ।कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राम सोहन थारुको असामायिक निधन पछी रिक्त पदका...

बाँके ट्राफिक प्रहरीले थाल्यो सवारी साधनमा ठाऊँको ठाऊँ नम्बर लेखाउने अभियान

नेपालगन्ज । जिल्ला ट्राफिक प्रहरीले सवारी साधनमा ठाऊको ठाऊ नम्बर लेखाउने अभियान थालनी गरेको छ।नेपालगन्जका विभिन्न स्थानहरुमा सवारी साधनमा नम्बर प्लेट नबुझिने, नम्बर नभएकालाई सोही स्थानमै नम्बर लेखाएर छोडेको। बाँके  ट्राफिक प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमका अनुसार केही दिन अघि देखि यो अभियान सुरु गरिएको हो।नेपालगन्जको बिपि चोकमा बिहीवार  धेरै जसो ई रिक्साहरुमा   नम्बर प्लेट लेखाइएको ट्राफिक प्रहरी जवान प्रकाश बुढाथोकीले बताए। चोरी लगायत दुर्घटनामा कमिका लागि यो अभियान...

भारत गएका नेपाली दशैं मनाउन घर फर्किदै, जमुनाहा नाकामा लर्को लाग्दै

नेपालगञ्ज। दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा लर्को शुरू भएको छ । जमुनाहा नाकाबाट दशैँ मनाउन घर फर्किने नेपालीको संख्या दैनिकरूपमा बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरिक्षक माधव रिजालले बताउनुभयो । उहाँले हिजदेखि करिब १७ सय नेपाली जमुनाहा नाका हुँदै दशैँ मनाउन घर फर्किने गरेको बताउनुभयो । रिजालका अनुसार दैनिक बिहान भारतबाट आउने संख्या बढी हुने गरेको छ।पश्चिम नेपालको सुर्खेत, दैलेख,...