प्रदेश ५मा रहेका समाचारहरु

दशैं अवधिभर नेपालगञ्जमा १ सय १३ सवारी साधन कारबाहीमा

नेपालगञ्ज । दशैं अवधिभर ट्राफिक प्रहरीले नेपालगञ्जमा १ सय १३ सवारी साधनलाई कारबाही गरेको छ । नियम विपरित सञ्चालित सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका प्रमुख भीमराज ओलीले बताउनुभयो । ट्राफिक नियम पालना नगर्ने, कागजपत्र साथमा नराखेका र क्षमता भन्दा बढी सामान ढुवानी गर्ने १ सय १३ सवारी साधन कारबाहीमा परेका हुन् । त्यस क्रममा ६७ हजार ५ सय रुपैयाँ जरिवाना स्वरुप राजश्व संकलन गरिएको ओलीले जानकारी...

उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक हिरेन्द्र रोकाया महानिरीक्षकबाट सम्मानित

काठमाडौं ।६४ औं प्रहरी दिवस अवसरमा नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरी अधिकृतहरु सम्मानित भएका छन् । त्यस्तै सम्मानित हुनेमा प्रहरी निरीक्षक हिरेन्द्र रोकाया समेत रहेका छन् । प्रहरी निरीक्षक रोकायालाई प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले उत्कृष्ट  गरेकोले सम्मान गरेका हुन् । निडर र सहासी प्रहरी अधिकृत रोकायालाई बाँके ट्राफिकमा रहेको बेलामा उत्कृष्ट ट्राफिक ब्यबस्थापन लगायत संगठन प्रती असल कार्य गरेको भन्दै नेपाल प्रहरीले सम्मान गरेको हो।निरीक्षक रोकायाले बाँकेमा ट्राफिक प्रमुख हुँदा कयौं असल...

तुलसीपुर घुम्न जाउँ अभियान सुरु

तुलसीपुर।घुम्न जाउँ तुलसीपुर अभियान सुरु भएको छ।  भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाउँ तुलसीपुर अभियानको सुरुवात गरेको हो । तुलसीपुरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले यस्तो अभियानको सुरुवात गर्न लागेको नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले साँस्कृतिक , प्राकृतिक र ऐतिहासिक नगरका रुपमा तुलसीपुरलाई स्थापित गर्नका लागि विभिन्न योजना निर्माण गरिएको पनि वताए ।तुलसीपुर थारुहरुका राजा दंगिशरण थारुदेखि मल्ल राजाहरुले राज्य गरेको ठाउँ मानिन्छ...

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि आइतबार सार्वजनिक बिदा

काठमाडौं ।आइतबार देशैभर सार्बजनिक बिदा दिने भएको छ।  संघीय सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ ।गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो।सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र...

कोहलपुरका कैदी भन्छन् “डिएसपी होस् त हेम शाही जस्तो”!

कोहलपुर । हिरासतमा रहेका (कैदी) थुुुुनुवाहरुलाई समेत दशैको रौनक दिईएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरले दशैमा कैदीहरुलाई टीका लगाएर खानेकुरा समेत दिएको छ।उनिहरुलाई कोहलपुरका डिएसपी हेम बहादुर शाहीले कैदीहरुलाई दशैको टीका लगाएर उनिहरुको दशैलाई  घर भित्रको रौनक दिएका छन् ।”जे जस्तो अपराध गरे पनि उनिहरु नेपाली हुन् -दशै उनिहरुले मान्न पाउने अधिकार छ । घर परिवारबाट टाढा भए पनि मैले उनिहरुलाई आफ्नो दाजु भाईको नाताले दशैको टीका लगाए, डिएसपी शाहीले...

नेपालगञ्जमा सञ्चालित रामलीला औपचारिक रुपमा समापन

नेपालगञ्ज।  नेपालगञ्जमा सञ्चालित रामलीला श्री रामको शुभराज्याभिषेक गर्दै समापन गरिएको छ । रामलीला संचालक समिती नेपालगञ्जको आयोजनामा असोज १२ गदेखि नेपालगञ्ज–१३ रामलीला मैदानमा जारी रामलीला बुधबार राती औपचारिक रुपमा समापन गरिएको हो । १५२ औं श्रंखलाका रुपमा आयोजित रामलीला महोत्सवको शहरी विकास मन्त्री मो इस्तियाक राईले श्री राम(कलाकार)लाई तिलक लगाएर राज्याभिषेक गराउनु भएको हो । मर्यादा पुरुष रामको समग्र लीला प्रस्तुतीले धार्मीक, सास्कृतिक सन्देश मात्र नभई एकता र भातृत्व समेत...

नेपालगन्जमा मुर्ति बिसर्जनमा हिडेका भक्तजनलाई अध्यक्ष बेहनाले खुवाए फलफूल र पानी

नेपालगन्ज । नब दुर्गा भगवतीको मुर्ति  बिसर्जनका क्रममा सदाझै नेपालगन्जका एक वडा अध्यक्षले आफ्नो दयालु मन देखाएका छन् ।एकादशीका दिन मुर्ति बिसर्जन गर्न हिंडेेका भक्तजनहरुलाई पानी र फलफूलले सहयोग गर्ने अध्यक्ष हुन् मो. सफिक बेहना। नेपाालगन्ज वडा नम्बर ४ का मनकारी अध्यक्ष बेेेहनाले बिगत दश बर्ष देखि यो दिनमा सहयोग गर्दै आईरहेका छन् ।अध्यक्ष बेहनाले भक्तजनलाई ५००० लिटर जारको पानी, एक सय किलो स्याउ र  १०० दर्जन केरा वितरण...

दशैैंको दिन दाङमा दुर्घटनामा परि १७ घाईते

तुलसीपुर(दाङ ) ।  दशैैंको दिनमा दाङमा  विभिन्न दुर्घटनामा परि १७ जना घाईते भएका छन् । दुर्घटनाका घाईते मध्य सात जनाको गम्भीर अवस्थाका घाइतेहरुको उपचार बाँके, बुटवल र काठमान्डौंका विभिन्न अस्पतलाहरुमा भइरहेको छ । दशैंको दिन बढी दुर्घटना पूर्व पश्चिम राजमार्गमा भएको छ । दुर्घटनाको प्रमुख कारण भने तीव्र गति र ओभरट्याक गर्ने क्रममा भएको पाइएको छ ।दुई अटो आपसमा ठोक्किदा एक बालक गम्भीर घाइते तुलसीपुरमा दुई अटो एक आपसमा ठोक्किदा...

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु,६ जना घाइते

कपिलवस्तु । जीप सडकबाट तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ।अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु सगै ६ जना घाइते भएका छन्।कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नं को स्कार्पियो जीप सोमबार अपरान्ह   सन्धिखर्क नगरपालिका वडा नंं ६ घुम्ती नजिकै दुर्घटनामा परेको हो ।दुर्घटनामा परी मृत्यु हुनेमा एक जना महिला र दुई जना पुरुष रहेका र उनीहरूको पहिचान भने नखुलेको प्रहरीले...

दशैंको टीकाको साइत बिहान १०:३५ बजे

नेपालगन्ज । यसवर्ष दशैंको टीकाको साइत भोलि (असोज २१ गते मंगलवार) बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत निर्धारण गरेको समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए । विजया दशमीको दिन देवी बिसर्जन गर्ने साइत भने मंगलवार बिहान ८ बजेर ४५ मिनेटमा निर्धारण गरिएको छ । बिहान १० बजेर ३५ मिनेटमा उत्तम साइत रहे पनि विजया दशमीको दिनभर नै टीका...