प्रदेश ५मा रहेका समाचारहरु

भारतीय विनविन नेटवर्किङ कम्पनी डुवायो दाङकि महिलालाई

दाङ ।घोराही उपमहानगरपालिका १३ बडहराकी उमादेवी नेपालीलाई महिनाको एक लाख कमाइ हुने प्रस्ताव घरमै आइपुग्यो। घरव्यवहार र आर्थिक समस्याले थिचिएकी उमाका लागि त्यति पैसा कमाउने अवसर चानचुने थिएन। त्यसका लागि दुई लाख रूपैयाँ तिरेर कम्पनीको सदस्य बन्नुपर्ने भनिएको थियो । दायाँबायाँ विचारै नगरी उनले प्रस्ताव ‘ओके’ गरिदिइन्।मासिक एक लाख तलबदेखि ठूलो गार्मेन्ट कम्पनीको सेयर सदस्य पनि बनिने र पाँच वर्षपछि पेन्सन हुने प्रलोभनमा उनी फसेकी थिइन्। ‘मासिक एक लाख...

सम्वाद समूहको पहलमा रजिष्ट्रेशन शुल्कको ब्यवस्था लैंगिकमैत्री बनाउन माग

नेपालगञ्ज। प्रदेश सरकार प्रदेश नं. ५ ले ल्याएको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकको रजिष्ट्रेशन शुल्कको ब्यवस्था  लैंगिकमैत्री बनाउन माग गरिएको छ । प्रदेश नं. ५ ले बनाएको आर्थिक बर्ष २०७६÷०७७ को आर्थिक ऐन २०७६ को दफा २ (१) को अनुसुची सि.नं. ३ को हालैदेखिको बकसपत्रको लिखतको थैली अंकमा उल्लेख (बाबुको तर्फका) वाक्यांशले लैगिक विभेद र अन्यौलता सिर्जना गर्न सक्ने ठहर गर्दै सम्वाद समूह बाँकेले सो दफा सच्याउनका लागि माग...

नेपालगञ्जमा आजदेखि गुडे नगर बस

नेपालगञ्ज।नेपालगञ्ज उपमहानगरपालिकाले खरिद गरि ल्याएका नगर बसहरु बुधबारदेखि सडकमा गुड्न थालेका छन् । नेपालगञ्ज–कोहलपुर सडक खण्डमा बुधबार परीक्षणका लागि बसहरु गुडाइएको हो । बसहरु मुख्य मन्त्री शंकर पोख्रेलले असोज १८ गते सेवा सुभारम्भ गर्ने कार्यक्रम रहेको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले जानकारी दिनुभयो । गत असारमै बसहरु खरिद गरि ल्याइएको भएपनि रुट परमिट लगायतको तयारीका कारण संचालनमा ढिलाई भएको हो । बसमा महिलाहरुलाई सहचालकको रुपमा राखिएको छ...

बाँके हुलाकले विश्व हुलाक दिवस मनायो

नेपालगञ्ज । नेपालगञ्जमा पनि विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय बाँकेले आज एक कार्यक्रम गरी १४५औं विश्व हुलाक दिवस मनाएको हो । विश्व हुलाक दिवस अक्टोबर ९ तारिखमा पर्ने भएपनि यसपाली त्यस दिन नेपालमा सार्वजनिक विदा परेकाले आजै दिवस मनाइएको हो । कार्यालय परिसरमा आयोजित कार्यक्रममा सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारी, अतिरिक्त हुलाक कार्यालयका प्रतिनिधि तथा सेवाग्राहीलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि...

रोजगारको लागि भारतबाट चाडपर्बमा फर्कदा लुटिने क्रम यथाबत

बुटवल ।रोजगारको लागि भारत गएर चाडपर्बमा फर्कदा लुटिने क्रम यथाबत नै रहेको छ। दसैं तिहार मनाउन घर फर्किंदा सीमा क्षेत्रमा लुटिन थालेका छन्।विगतदेखि नै घर फर्कने क्रममा भारतीय भूमिमा लुटिँदै आएका छन्। यसवर्ष पनि दसैं मनाउन घर फर्कंर्दै गर्दा दुई जना व्यक्ति भारतीय भूमिमा लुटिएका छन्।भारतमा रोजगारी गरी नेपाल आउँदै गरेका नवलपरासी डेढगाउँका ४१ वर्षीया हरिबहादुर विश्वकर्मा गुल्मी रिडीका ४९ वर्षीय वीरेन्द्रप्रसाद पाण्डे लुटिएका हुन्। उत्तर प्रदेश परिवहनमा आएका उनीहरू...

मृत गाई प्रकरण बारे प्रतिबेदन बुझाईयो

नेपालगञ्ज । नेपालगञ्जबाट दैलेखको श्रीस्थान लैजाने क्रममा सुर्खेतको कटकुवालगायतका स्थानमा केही गाई मृत र घाइते भेटिएको घटनाको छानबीनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको समितिले उपमहानगरलाई आफ्नो प्रतिवेदन बुझाएको छ । वडा नं २१ स्थित बिर्तामा रहेको निर्माणाधीन कान्जीहाउसबाट गत भदौ १२ गते २९१ वटा गाईगोरुलाई ८ वटा ट्रकमा राखेर लैजाने क्रममा भएको घटनाको प्रतिवेदन तयार गरी छानबीन समितिले सोमवार बेलुका नेपालगञ्ज उपमहानगरपालिकालाई बुझाएको हो । समितिका अध्यक्ष अधिवक्ता विकास आचार्यले...

४० हजार घुससहित दुईजना अख्तियारको फन्दामा

कपिलवस्तु ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित दुईजनालाई पक्राउ गरेको छ।कपिलवस्तुको बालज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी रामकुमार लुनिया ४० हजार घुस रकम सहित पक्राउ परेका हुन्।विद्यालयको अनुदान कोटामा विज्ञान शिक्षक नियुक्त गर्नका लागि उनीहरुले घुस रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।मंगलबार बिहान पौने ११ बजेको समयमा उनीहरुलाई चन्द्रौटास्थित एक होटेल अगाडिबाट रंगेहात पक्राउ गरेको भुसालले बताए। पक्राउ परेका...

आफ्नो बार्षिकोत्सबमा सनराइज बैंकले नरैनापुरमा झुल बाँड्यो

नरैनापुर(बाँके)। बाँकेको नरैनापुर गाउँपालिकामा डेंगुबाट जोगिन सचेतना कार्यक्रमसंगै झुल वितरण गरिएको छ । नरैनापुर गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुरका स्थानीयलाई डेंगुको संक्रमण र यसबाट जोगिने उपायबारे जानकारीसंगै पचास विपन्न घरपरिवारलाई झुल वितरण गरिएको हो । सनराइज बैंकको १२औं बार्षिक उत्सबका अवसरमा नरैनापुरस्थित सनराइज बैंक शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् कार्यक्रम गरेको शाखा प्रबन्धका खडक प्रसाद देवकोटाले जानकारी दिनुभयो । स्थानीयहरुलाई गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, वडा अध्यक्ष मसुद अहमद...

नेपालगन्जको बैंकबाटै सेवाग्राहीलाई नक्कली नोट

नेपालगन्ज ।नेपालगन्जको धम्बोझीमा रहेको सिद्धार्थ बैंकबाट सेवाग्राहीले चेक साटेर लिएको १ हजार दरको ५० वटा नोट मध्येबाट एउटा नोट नक्कली फेला परेको हो ।आईतबर चेक साटेर ल्याएको पैसा सोमबार नेपाल ईन्भेष्टमेण्ट बैंकमा जम्मा गर्न जाँदा बैंकले नक्कली नोट भनेर फर्काएपछी सेवाग्राही झसङ्ग भएका थिए। नोट नक्कली भएको जानकारी पाएपछी सेवाग्राही सिद्धार्थ बैंक शाखाका प्रमुखलाई भेट्न पुगे । सिद्धार्थ बैंक शाखाका प्रमुख मेघनाथ ढकालले बैंकबाट नोट लगिसकेपछी अर्को नोट दिन...

बस खोलामा खस्दा दुई जनाको मृत्यु

रोल्पा। रोल्पामा बस खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ।  बस फर्काउने क्रममा ब्याक गर्दै गर्दा ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा लुङ्ग्री गाउँपालिका ३ का २२ वर्षीय चालक यामलाल घर्ती र लुङ्ग्री गाउँपालिका २ का १८ वर्षीय यात्रु सूर्यलाल जीएमको घटनास्थलमै मृत्यु भएको सुनिल स्मृति गाउँपालिका ३ का वडा सदस्य सुरेन्द्र थापाले जानकारी दिए । रुइनिबाङबाट लुङ्ग्री गाउँपालिकाको सिर्पका लागि छुट्ने तयारीमा...