सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु
धनगढी । ठुलो धनराशीको फूटबल प्रतियोगिता कैलालीमा हुँदै छ।कैलालीको गोदावरी नगरपालिकामा गोदावरी राजधानी कप फुटबल प्रतियोगिता हुने भएको छ । पिएफए स्पोर्ट क्लव अत्तरियाको आयोजनामा जेठ १८ गते देखि २८ गते सम्म प्रतियोगिता सन्चालन हुने भएको हो । प्रतियोगितामा बिजयी हुने टिमले ४ लाख, उपबिजेताले २ लाख नगद पाउने क्लवका खेल सयोजक शिवराज भट्टराईले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडिले २५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाईकर, सर्वाधिक गोलकर्ता र उदयमान...
धनगढी । धनगढीबाट काठमाडौं हवाई उडान हुने एक मात्र धनगढी विमानस्थल आइतबादेखि एक महिनाका लागि बन्द भएको छ । विमानस्थल बन्दसँगै यस प्रदेशबाट हवाईमार्ग भएर काठमडौं ओहोरदोहोर गर्ने यात्रु समस्यामा परेका छन् ।काठमाडौंलगायत राम्रा अस्पतालमा उपचार गराउन जानुपर्ने बिरामीलाई सबैभन्दा बढी गाह्रो भएको छ । हृदयघातलगायत केही गम्भीर बिरामीको सूदुरपश्चिममा उपचार उपलब्ध नभएकाले हवाई मार्गमार्फत उपचारका लागि बिरामी काठमाडौं जाने गर्थे । नागरिकबाट। ...
नेपालगन्ज । बिप्लब समूह ल्ले भोलि बन्द नरहेको जनाएको छ।बैशाख २३ गते नेपाल बन्दको हल्ला चले विप्लव नेतृत्वको नेकपाले त्यसको खण्डन गरेको छ । सामाजिक सञ्जालमा बन्दको खबर ब्यापक रुपमा फैलिएपछि विप्लव नेतृत्वको नेकपाले त्यसको खण्डन गरेको हो । अधिकाशंलाई नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको भ्रम परेको तर्फ पार्टीको ध्यानाकर्षण भएको जनाउँदै नेकपाले आफ्नो कुनै बन्दको कार्यक्रम नरहेको स्पष्ट पारेको हो । नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेका आफ्ना कार्यक्रहरु...
धनगढी। कैलालीका एकजना पत्रकारमाथी निर्घात कुटपिट भएको छ।दिनेश संचार गृहमा सहायक सम्पादकमा कार्यरत जनक विष्टमाथि धनगढीका व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका हुन्। थापा तत्कालिन एमालेका जिल्ला कमिटी सदस्य हुन्। धनगढीको मुख्य बजारमा रहेको त्रिनगर माविले भाडामा दिएका सटरको रिर्पोटीङ गर्न गएका विष्टमाथि त्रिनगरकै भवनको सटरमा व्यवसाय गरिरहेका थापाले कुटपिट गरेका हुन्। थापाले त्रिनगर माविको प्रधानाध्यापकको कार्यकक्षमा तथ्याङक संकलन गरिरहेको बेला विष्टमाथि कुटपिट गरेका हुन्। सँगै रहेका पत्रकार कैलाश जोशीले विद्यालयका प्रधानाध्यापकसँग सटरका...
डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् ।सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन् ।बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ लाई दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतलामा उपचारका लागि ल्याइएको छ भने बाँकी तीन जनाको स्थानीय मौवा स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका...
नेपालगन्ज । आज आमाको मुख हेर्ने दिन।जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाइँदैछ। प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो । पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा। डा। रामचन्द्र गौतमका अनुसार औंसीका अवसरमा बिहान सबेरै स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा...
नेपालगन्ज । पेट्रोलीयम पदार्थमा फेरि मूल्य बढेको छ।नेपाल आयल निगमले पेट्रोल र डिजेलरमटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मुल्य लागू भएको छ । ...
धनगडि । कैलालीको लम्कीमा ट्रकले ठक्कर दिँदा ज्यान गुमाएकी युवतीको परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाही गर्ने सहमतिपछि पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ । दोषीलाई कानुनबमोजिम कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने सहमतिपछि स्थानीयले प्रदर्शनका कार्यक्रम फिर्ता लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले उक्त सहमतिपछि राजमार्ग सुचारु भएको जानकारी दिनुभयो । राजमार्ग सुचारु भएसँगै सडकमा रोकिएका सवारी–साधन गन्तव्यतर्फ लागेका छन् ।आज ट्रकको ठक्करबाट...
धनगढी । ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि कैलालीको लम्की बजार तनावग्रस्त भएको छ।लम्कीचुहा नगरपालिका–३ मा ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा १९ वर्षकी सुनिता रावलको मृत्यु भएको थियो। उनको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थानीयले राजमार्ग अवरुद्ध गराएपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको हो। अहिले पनि आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन्। जसकारण लम्की बजार तनावग्रस्त छ। बजार बन्द छन् भने यातायातका साधन पनि चल्न सकेका छैनन्। आक्रोशित विद्यार्थी...
डडेलधुरा । डडेलधुराको गन्यापधुरा गाउँपालिका १ साहुखर्कमा आज बिहान यात्रु बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले ६ जनाको मृत्यु भएको जानकारी दिएका थिए । ना ६ ख १८३१ नम्बरको बस आज बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा ३ पुरुष र २ महिलाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पुष्टि गरे । धनगढीबाट बझाङ जाँदै गरेको बस सडकबाट करिब...