सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु
मङ्गलसेन (अछाम) । मङ्गलसेन नगरपालिकाको गााडमा आगजनी भएको छ। मङ्गलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा२ झ ३६९४ नंको गाडीमा गएराति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाएलगत्तै नियन्त्रणका लागि प्रहरी टोली घटनास्थल पुगे पनि आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको छ ।आगो कसले र किन लगायो भन्ने खुलेको छैन । पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढङ्गले...
धनगढी ।सुदूरपश्चिममा रासायनिक मलको चरम अभाब बढीरहदा किसानहरु समस्यामा पर्दै गएका छन् ।आवश्यकता अनुरुप मल नआएकाले सुदूरपश्चिम प्रदेशभरी रासायनिक मल अभाव भएको हो। किसानले हरेक सिजनमा रासायनिक मलको अभाव खेप्दै आएका छन् । यसअघि, गहुँ सिजनमा पनि मलको चरम अभाव भएको थियो । धानको बीउ छर्नका लागि मल नपाएपछि कृषकको दौडधुप बढेको छ । मल खोज्नका लागि भारतीय बजारसम्म पुग्ने गरेको उनीहरुले बताएका छन् । ‘आवश्यक परेको बेला जहिल्यै मल अभाव...
धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश स्तरीय युवा सम्मेलन हुने भएको छ । युवा सम्मेलनका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाहरुबाट दुई सय ४४ युवा जेठ १ र २ गते धनगढी आउने भएका छन् सो प्रदेश स्तरीय युवा सम्मेलन युवाहरुलाई नेपाल युवा परिषदले युवा सशक्तीकरणको बारेमा तालिम दिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । नेपाल भमर्ण बर्ष २०२०, जलवायु परिवर्तन तथा युवा नेतृत्वका बारेमा परिषदले युवाहरुलाई प्रशिक्षण दिने...
काठमाडौं ।नेपाल पत्रकार महासंघ आजदेखि आन्दोलन शुरु गरेको छ।सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ। मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन सुरू गरेको हो। महासंघका महासचिव रमेश बिष्टका अनुसार आज दिउँसो २:३० बजे महासंघका पूर्वपदाधिकारी, सम्पादक, कानुनविद् र विज्ञसँग महासंघको केन्द्रीय कार्यालयमा छलफल गर्ने कार्यक्रम छ। सरकारले प्रेस काउन्सिलको...
नेपालगन्ज । आजदेखि देशभरि कै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ । भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिनसम्म देशभर मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन । देशभर कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ । देशभरि बढेको गर्मी केही...
नेपालगन्ज । विश्वभर पत्रकारितामा स्वनियमनको अभ्यास भइरहेका बेला नेपालमा कानुनबाट पत्रकारलाई कस्ने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता भएपछि पत्रकारसम्वद्ध संघ संस्थाले बिरोध गरेका छन् । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । पत्रकारितामा दुई दशकभन्दा बढी बिताएका गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला सरकारमार्फत प्रेसलाई नियमन गर्ने ढंगले आएको विधेयक शुरुमै आलोचित बनेको छ । संसदमा आउन बाँकी रहेको आमसञ्चारसम्बन्धी छाता ऐनको विधेयकमा झन धेरै आपत्तिजनक...
अछाम । अछाममा जमिन खन्दा सुन फेला परेको छ।क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा शुक्रबार थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो । भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरबीच भागबण्डा नमिलेपछि...
धनगढी । सशस्त्र प्रहरीले अबैध कपडा बरामद गरेको छ।कैलालीको धनगढी उपमहानगरापालीका वडा नम्बर ४ बषपार्क ईलाकाबाट सशस्त्र प्रहरीले अबैध कपडा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट सशत्र प्रहरी नायव निरीक्षक केशब बहादुर शाहीको कमान्डमा खटिएको टाली उक्त सामान बरामद गरेको हो । भारतबाट भन्सार छलेर ल्याएको करीब १ लाख २७ हजार ८ सय ९ रुपया बराबरको लेडीज कपडा र किरानाका सामान सशस्त्र प्रहरीले बामद गरेको छ...
दार्चुला ।आफ्नै १० महिनाकी छोरीलाई जलाएर हत्या गरेको आरोपमा दार्चुलामा बुबाआमा पक्राउ परेका छन् । बिहीबार राति खरको थुप्रोमा राखेर आगो लगाई छोरीको हत्या गरेको आरोपमा प्रहरीले व्याँस गाउँपालिका–५ चुकपानीका नवीन र आमा शिला विष्ट दम्पत्तिलाई पक्राउ गरेको हो ।घटनापछि भाग्दै गरेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए । स्थानीयले खबर गरेपछि उनीहरुलाई धौलाकोट प्रहरी चौकीका असई अमीर रावलको टोलीले पक्राउ गरेको...
काठमाडौं । सरकारले समाचारका कारण व्यक्तिको प्रतिष्ठामा आँच पुगे १० लाखसम्म जरिबाना हुन सक्ने गरी कानून बनाउन लागेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेको ‘मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले समाचारका कारण प्रतिष्ठामा आँच पुगेमा १० लाख जरिवाना हुनसक्ने व्यवस्था गरेको हो । कुनै समाचार सामाग्रीले व्यक्तिको मर्यादा र प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददातालाई...