सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु
धनगढी । काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार क्वालिफायर खेलका लागि निर्धारित समयमा काठमाडौं गोल्डेन्सका खेलाडी मैदानमा नआएपछि आईसीसीको नियमअनुसार महेन्द्रनगरलाई विजेता घोषित गरेको रेफ्री समीर खानले जानकारी दिए । काठमाडौं गोल्डेन्सले विदेशी खेलाडी अंकित दबासलाई आगामी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको विरोधमा खेल बहिस्कार गरेको हो । ...
कञ्चनपुर ।नेपाल प्रहरीले बिहीबार कञ्चनपुरको पुनर्वास क्षेत्रबाट १८ किलो सुनसहित एक जनालाई पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट सो परिमाणमा सुन बरामद गरेको थियो। पुनर्वास नगरपालिकाको दशरथबस्तीका शंकर बिकको घरबाट माटोमा गाडेको अवस्थामा १८ किलो सुन भेटिएको थियो। सुनसँगै प्रहरीले एकजनालाई पक्रेको थियो। हिजो राति नै प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा...
धनगढी । धनगढी प्रमियर लिग क्रिकेटमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ । अत्तरियाको यो लगातार दोस्रो जित हो भने रुपन्देहीको दोस्रो जितपछिको हार हो । फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभर खेलेर ९ विकेटको क्षतिमा १सय २१ रन बनाएको हो । जवाफी ब्याटिङमा आएको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो । रुपन्देहीका सुमित महर्जनले सर्वाधिक २२ रन...
कैलाली : कैलालीको धनगढी नजिकैको जंगलमा गोली चलेको छ । कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार भागेका अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । जबर्जस्ती करणी मुद्दाको आरोपमा पक्राउ परेका लम्कीका दिल्प दमाईंलाई जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका बेला प्रहरीलाई झुक्याएर उनी फरार भएका थिए । हतकडी लगाएकै अवस्थामा फरार भएका उनलाई आज बिहान नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि एक राउण्ड गोली चलाएको हो । प्रहरीसँग जम्काभेट हुँदा अभियुक्त भाग्न...
धनगढी । धनगढी प्रिमियर लिग क्रिकेटको तेश्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोल्डेनले धनगढी स्टार्सलाई ४ विकेटले हराएको छ । धनगढीको फाप्ला मैदानमा टस जितेर फिल्डिङ रोजेको काठमाडौंले धनगढीलाई १ सय ३२ रनमा समेटेको हो । धनगढीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनायो । काठमाडौं गोल्डेनले ६ विकेट गुमाउदै १९.५ बलमा १३३ रनको लक्ष्य पुरा गर्यो ।काठमाडौंका लागीबलिङ्ग तर्फ नन्दन यादवले २, ललित राजबंशी र अंकित दबासले...
काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेटको तेश्रो सिजनको पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं गोल्डेनलाई १ सय ३३ रनको चुनौति दिएको छ । धनगढीको फाप्ला मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको हो । उसका लागि अमित श्रेष्ठले सर्वाधिक ५० रन, सन्दीप रजालीले २८, र पवन सराफले १९ रन बनाए । यस्तै सुनिल धमलाले ३ र रोहन मुस्तफा ०...
नेपालगन्ज ।सरकारले फागुन १ गतेदेखि एक करोड रुपैयाँसम्मका बिकासे योजनामा (जेसिबी) डोजर चलाएर काम गर्नमा रोक लगाएको छ। जेसिबी प्रयोग गर्दा देशमा युबाबर्गलाइ रोजगारीको अवस्था सिर्जना गर्न अवरोध गरेको निष्कर्ष निकाल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको निर्देशिकामा १ करोडसम्मका आयोजनामा जेसिबी प्रयोग गर्न नहुने प्रावधान समेटिएको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका’ अन्तर्गत डोजरको बढ्दो अनधिकृत प्रयोगमाथि बन्देज लगाएको छ। प्राविधिक रुपमा असम्भव स्थानमा डोजर...
काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको भोलिका लागि तय भएको उद्घाटन खेल स्थगित भएको छ । लगातारको वर्षाका कारण विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्सबीचको भोलिको खेल स्थगित गरिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी गराएको हो । प्रतियोगिताको अघिल्लो दिन आज आयोजकले डीपीएलको ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगिताका सद्भावना दूत जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी सार्वजनीक गर्नुभयो । प्रतियोगिताको पुरस्कार रकममा यसपटक वृद्धि...
डोटी : अत्तरिया स्याउले जोड्ने भीमदत्तपन्त राजमार्ग अन्तर्गत डोटीको रुपसकाँडामा गए राति १२ बजे लु१च २५०८ नं को जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । बुडर इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी भारतको बरेली घर भएका अन्दाजी ४२ वर्षका बब्लुको मृत्यु भएको र डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँ बस्ने वर्ष १९ का शङ्कर राणा र जिप चालक तथा साहु...
भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्द आह्वानका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि विद्यार्थी सङ्गठनले मङ्गलबारदेखि कञ्चनपुर बन्द गर्दै आएका हुन् । बन्दका कारण बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन् भने भीमदत्तनगर बजार, शैक्षिक सङ्घसंस्था, उद्योग कलकारखानालगायतको कामकाजसमेत प्रभावित बनेको छ । महेन्द्रनगर नगर विकास समितिबाट भाडाका नाममा...