सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु

निर्मला पन्त हत्या प्रकरणमा बर्खास्त एसपी विष्ट अदालतमा हाजिर

कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् ।यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । ‘दुई जनामध्ये विष्ट मात्र अदालतमा आउनु भएको छ,’ अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले  भने । निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् । न्यायाधीश...

प्रदेश सांसद देवकी मल्ल अपहरणपछि मुक्त

बझाङ । प्रदेश सांसद देवकी मल्ल  शुक्रवार अपहरणपछि मुक्त भएकी छिन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङका सेक्रेटरी भरत मल्लको समूहले आफूलाई अपहरण गरेको सांसद मल्लले बताइन्। भरत सांसद देवकीका भाइ हुन्। बुगल नगरपालिकाबाट बिथ्डचिर गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा आफूलाई केदारस्यु गाउँपालिका ५ बगडी (पाउटा) बाट नेकपाका कार्यकर्ताले शुक्रबार बिहान ९ बजे अपहरण गरी बेलुका ४ बजे छोडिदिएका सांसद देवकीले बताइन्। बझाङ...

सुशासनका लागि युवा चासो वृद्धि गर्न मेरो पालिकाः मेरो चासो अभियान

महेन्द्रनगर(कन्चनपुर)।स्थानीय तहको बजेट तथा यसको खर्च प्रक्रियाको बारेमा युवाहरुको चासो वृद्धि गर्न कन्चनपुरमा विविध कार्यक्रमहरु गरिएको छ । स्थानीय तहका सरकारले बजेट बनाउने र त्यसलाई खर्च गर्ने प्रक्रियाका बारेमा जानकारी तथा जनचासो वृद्धि गरी भ्रष्टाचार तथा अनियमितता हुन नदिनका लागि अभियानको सन्चालन गरिएको हो । पारस्परिक जवाफदेहिता कार्यक्रम अन्र्तगत सन्चार पैरवी गर्ने संस्था इक्वेल एक्सेसले बिहिबार र शुक्रबार महेन्द्रनगरमा जारी महोत्सव, क्याम्पस तथा कुष्णपुर नगरपालिकामा रहेको साझा सभा र रेडियो...

कैलाली कांग्रेसले थाल्यो जनजन काँग्रेस अभियान

धनगढी । नेपाली कांग्रेस, कैलालीले जिल्लाका सबै १ सय २६ वडाहरुमा बुधवारदेखि ‘तनमन कांग्रेस, जनजन कांग्रेस” अभियान थालेको छ । नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुका अनुसार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई उक्त नाराका साथ साथ एक महिने अभियानका लागि खटाइएको छ । अभियानमा ६९ जनालाई जिल्ला प्रतिनिधि बनाई खटाएको छ । जिल्ला कार्य समितिको बुधवार केन्द्रीय उपसभापति एवं पूर्व उपप्रधानमन्त्री माननीय विजयकुमार गच्छदारको उपस्थितिमा बसेको विस्तारित बैठकले उक्त निर्णय...

निर्मला प्रकरणमा प्रहरीबाट गल्ती भएको हो : गृहमन्त्री

धनगढी : गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या काण्डका हत्यारा चाडै पत्ता लाग्ने बताएका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी पुगेका गृहमन्त्री थापाले बुधवार धनगढीमा पत्रकारसँग कुरा गर्दै निर्मला प्रकरणबारे अनुसन्धान जारी रहेकोले घटनाको सत्यतथ्य सार्वजनिक हुने बताएका हुन् । उनले घटनाको अनुसन्धानका क्रममा शुरुवाती चरणमा प्रहरीबाट गल्ती भएका कारण हत्यारा पत्ता लाग्न समय लागेको स्वीकार गरेका छन् । ...

सेनाका जवानद्वारा बन्दुक प्रहार गरी आत्महत्या

कञ्चनपुर । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताए । “आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ” उनले भने । के कारण आत्महत्या...

आज महाशिवरात्रि पर्व मनाइँदै

नेपालगन्ज । आज महाशिवरात्रि पर्व मनाइदै छ ।महाशिवरात्रिमा आज शिवको पूजा आराधना गरी  बाँके लगायत देशभर मनाइँदैछ । महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र...

राजपा नेपालको प्रदेशस्तरीय बैठक प्रदेश ५, ७ नेपालगञ्जमा सम्मपन
"जिल्लामा केही केन्दिय नेताका कारण पार्टी बदनाको आरोप  "

नेपालगञ्ज । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका नेताहरुले नै प्रदेश ५ लाई नेतृत्वले हेला गरेको गुनासो गरेका छन् । राजपा नेपालको प्रदेशस्तरीय बैठक प्रदेश ५,७ नेपालगञ्जमा बसेको थियो । सो बैठकमा सहभागी हरेक नेताले राजपा नेपालका शीर्ष नेतालाई गुनासो गर्दै भनेका थिए, ‘राजपा नेपाल प्रदेश २ मा मात्र केन्द्रीत भएको र प्रदेश ५,७ लाई बेवास्ता गरेको छ ।’ राजपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने अभियानमा लागेको राजपा नेताहले बताउँदै उनले प्रदेशस्तरीय...

जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

दार्चुला : दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । ७ महिला सहित ११ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म १ ज २८० नम्बरको जीप महाकाली नदीमा खसेको हो । सख्त...

सरकारी अस्पतालमा आकस्मिक बाहेक सबै सेवा ठप्प, विरामी मर्कामा

नेपालगञ्ज । डाक्टरहरुको आन्दोलनका कारण सरकारी अस्पतालहरुको सेवा ठप्प भएको छ । डाक्टरहरु नै आन्दोलमा उत्रिएपछि बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । स्वास्थ्य सेवा नपाउँदा अस्पताल पुगेका विरामीहरु मर्कामा परेका छन् । नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा पनि आजदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । देशभरका सरकारी डाक्टरले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेपछि बिरामीको उपचार प्रभावित भएको हो । कर्मचारी समायोजन विधेयकमा आफूलाई अन्याय गरेको...