सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु
नेपालगन्ज।देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ ।वीर शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको स०घर्षमय जीवन र वलिदानको गाथा र प्रजातान्त्रिक...
नेपालगन्ज।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सोमबार सार्वजनिक गरेको हो ।परीक्षा तालिका अनुसार, ०७६ वैशाख १५ बाट सुरु हुने कक्षा १२ को परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा १२ को सकिएलगत्तै वैशाख २९ बाट सञ्चालन...
नेपालगन्ज,१० माघ । द्वन्द्वका मानव अधिकार उल्लंघन दोषीलाई उन्मूक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी गरेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक’ मा पीडकलाई जेल जान नपर्ने व्यवस्था गरिएको छ । द्वन्द्वकालमा भएका जुनसुकै घटनाका दोषीलाई नेपालको प्रचलित कानुनअनुसार सजाय नहुने विधेयकमा उल्लेख छ । ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि,’ प्रस्तावित मस्यौदामा भनिएको छ , ‘दफा ३० कसुरमा दोषी...
कैलाली, ९ माघ । काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले राष्ट्रियता र जनादेश विरूद्ध सरकारसंग कुनै पनि संझौता नगर्ने वताउनु भएको छ ! अाज नेपाली काँग्रेस कैलाली क्षेत्र नं. २ ले कैलालीको लम्कीमा अायोजना गरेको सम्मेलनलाई संवोधन गर्नुहुँदै गिरीले चौतर्फी दृष्टिकोणले सरकारले राष्ट्रलाई अभावै अभावको दलदलमा फसाएको जिकिर गर्नु भयो । सरकारले दुई तिहाईको बेथिति गरेर राज्यका हरेक निकायहरूमा विधिशास्त्र विपरित कार्य गरेको , कर्मचारी समायोजनका नाममा ब्यूरोक्रेसीमा भाँडभैलो मच्याएको, समाजमा हिंसात्मक...
नेपालगन्ज,७ माघ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी...
बैतडी, २ माघ ।बैतडीका पाँच स्थानीय तहमा अझै बिजुली पुगेको छैन । पुर्चौँडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा अझै पनि विद्युत् विस्तार भएको छैन् । यी स्थानीय तहका अधिकांश बासिन्दा विद्युत् सेवाबाट वञ्चित छन् । सोलारको सहायताले काम गरिरहेका छन् । बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । राष्ट्रिय प्रशारणको पहुँच नहुँदा सोलारको भरमा गाउँपालिकाको काम गरिरहेको र अरु कार्यालयका...
काठमाडौं, २ माघ । देशका कुनै पनि सुरक्षा निकाय परिचालनमा सिंगल कमान्डका आधारमा गरिन्छ । तर प्रदेशमा भने दोहोरो मापदण्ड हुने गरी सरकारले विधेयक तयार गरेपछि प्रहरी परिचालनमा समस्या उत्पन्न हुने देखिएको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभामा पेस गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको छ । विधेयकको दफा १५ मा सीडीओको निर्देशनमा प्रदेश प्रहरी...
दार्चुला, १ माघ । दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र बरमुडेमा उत्खनन् शुरु गरिएको सिसाखानी विगत दुई वर्षदेखि रोकिएको छ । सिसाखानी उत्खनन् हुँदा गाउँमै रोजगारी पाउने आशामा बसेका स्थानीयवासी खानी उत्खनन् कार्य रोकिएपछि स्थानीयवासीमा निराशा छाएको छ । सिसा उत्खनन् शुरु गरेको ब्ल्याकहेड माइन्स प्रालि नेपाल सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । झण्डै डेढ वर्ष सम्भाव्यता अध्ययन र गुणस्तर मापन गरिसकेपछि सिसाखानी उत्खनन् शुरु गरिएको थियो । खानीबाट...
नेपालगन्ज,२८ पुस।हवाई इन्धनको मूल्यको घटेसंगै देशका आन्तरिक हवाई उडानको भाडा घटेको छ। आन्तरिक हवाई उडानका घटेको भाडा भोली आइतबारबाट लागू हुनेछ । नयाँ भाडादर अनुसार सबै भन्दा कम भाडामा काठमाडौं–सिमरा ३ हजार १ सय २० र अत्यधिक बढी भाडा अन्तर्गत काठमाडौं–धनगढीको १२ हजार ६ सय ७५ रुपैयाँ लाग्नेछ । नयाँ भाडादर अनुसार काठमाडौंबाट पोखरा ५ हजार ५० ,विराटनगर ७ हजार ५ सय ५०,जनकपुर ४ हजार ३ सय,भैरहवा ६ हजार २ सय, नेपालगञ्ज...
काठमाडौँ, २६ पुस। सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ । साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ । निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै...