सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु

धनगढीको वडा नंं ८ मा आगजनी

धनगढी । कैलालीको धनगढीको एक वडामा आगजनी भएको छ।धनगढीउपमहानगरपालिका वडानम्बर ८ को कार्यालयमा आगजनी भएको छ । गएराति करिब १० बजेतिर अज्ञात समूहले आगजनी गरेको हो ।झ्यालको सिसा फुटाएर कोठाभित्र आगजनी गरेको पाइएको वडा अध्यक्ष नारायण बरालले बताए ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए । ...

सीडीओ साब कता तिरको….?

काठमाडौं । संविधानको अनुसूची ६ मा प्रदेश प्रहरी–प्रशासन र शान्तिसुरक्षा प्रदेश सरकार मातहत रहने प्रावधान छ। संविधान जारी भएको चार वर्ष बित्यो। जिल्लाको शान्तिसुरक्षासहित प्रशासनिक जिम्मेवारी भने स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम प्रमुख जिल्ला अधिकारी (सीडीओ) मै छ। उनीहरू केन्द्र सरकार मातहत छन्। प्रदेश सरकारहरू आफ्नो किल्लाभित्रका जिल्लाका सीडीओ आफूले चलाउन पाइयोस् भन्ने ठान्छन्। सीडीओहरू भने यसलाई खुम्चिएको मान्छन्। यही मान र तानातानले कार्य सम्पादन जटिल बन्दै गएको छ। कतिपय...

मेडिकल कलेजहरूमा अझै चर्को शुल्क असुली धन्दा यथाबत

काठमाडौँ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरूले मनपरी असुलिरहेका हुन् ।निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्यकाभित्र एमबीबीएस अध्ययन...

रामारोशन गाउँपालिकाका अध्यक्षमाथी गोली  प्रहार

अछाम । अछामको रामारोशन गाउँपालिकाका अध्यक्षमाथी गोली  प्रहार भएको छ। अध्यक्ष  झङ्करबहादुर साउदमाथि आइतबार साँझ गोली प्रहार भएको हो।दुईजना अज्ञात व्यक्तिले गाउँपालिकाको वडा नं ३ मुजाबगरस्थित कार्यालयको आवासमा बस्दै आएका साउदलाई गोली हानेका हुन् ।अध्यक्ष साउदले प्रतिकार गर्न खोज्दा गोली भुइँमा खसेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। उक्त समयमा शान्तडा प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकायासमेत अध्यक्ष साउदसँगै रहेका थिए ।“हामीले हतियार खोस्न खोज्दा दुवै...

उच्च प्रहरी अधिकृतसहित एक हजार आठ सय प्रहरी कारबाहीमा

काठमाडौं । नेपाल प्रहरीमा गत बर्ष एक हजार आठ सय प्रहरीहरु कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा जवानदेखि उच्च अधिकृत सम्म रहेका छन् । गत आर्थिक वर्ष ०७५/७६ मा कारबाहीमा परेका हुन्।प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २ सय ४९ जनालाई नोकरीबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ । नोकरीबाट हटाइएका व्यक्ति भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिँदैनन् । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका...

यात्रुबहाक बसमा आगलागी,मानबीय क्षति भने भएन्

बुटवल । कञ्चनपुरबाट काठमाडौं छटेेेेको बसमा आगलागी भएको छ।बेलौरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको यात्रुवाहक बसमा आज बिहान बर्दघाट नगरपालिका वडा नं ४ खुर्सानी खोला भन्ने स्थानमा आगलागी भएको हो। उक्त बस पूर्णरूपमा क्षति भए पनि मानवीय क्षति केही नभएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। “त्यहाँबाट आउँदै गरेको बस दाउन्ने पुगेर बिग्रिएको र यात्रुहरूलाई अर्को गाडीमा राखेर पठाएको थियो। पछि खाली गाडी बिग्रिएर बनाउन लग्ने...

कैलालीमा डल्फिन महोत्सव हुँदै

नेपालगंज।मानिसको थलको सबै भन्दा नजिकको मित्र जनावर कुकुर हो भने जलमा पाउँने मानिसको नजिकको जनावर डल्फिन हो । यसरी मानिसको नजिक एवं विश्वमा नै संकट अवस्थामा रहेको जनावर डल्फिनको यही भदौ २८ गते देखी तिन सम्म महोत्सव कैलालीमा हुने भएको छ । कैलाली पुर्वी भागमा पर्ने टीकापुर नगरपालिका भजनी नगरपालिका र जोशीपुर गाउँपालिका अन्तरगत पर्ने पथरैया ,काँडा र मोहनीनदीको पानीको वहाव बढ्दा डल्फिन देखीने भएको हुदाँ यही क्षेत्रको विकास...

१७ वर्षीय किशोरी बलात्कारको आरोपमा नगरपालिकाका एक जना इन्जिनियर पक्राउ

डडेल्धुरा। बलात्कारको आरोपमा एक जना इन्जिनियर प्रहरीले  पक्राउ गरेको छ।पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । “सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ”, उनले भने, “अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।” किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा...

आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटयो

काठमाडौं । आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको छ।पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । आज दिउसो १२...

कैलालीमा तीन सय करोडको नक्कली चेकसहित तीन जना पक्राउ

(धनगढी) कैलाली । कैलाली प्रहरीले ३ सय करोडको नक्कली चेक र पेस्तोलसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका ३ को एउटा घरबाट चार थान पेस्तोलसहित उनीहरूलाई पक्राउ गरिएको हो।कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार उनीहरूको साथबाट तीन सय करोडको नक्कली चेक पनि बरामद भएको छ। प्रहरीले उनीहरूमाथि अनुसन्धान भइरहेको भन्दै नाम सार्वजनिक गरेको छैन।उनीहरूको साथबाट नेपाल राष्ट्र बैंकका नक्कली कागजात, तमसुक तथा सुनका गरगहनासमेत बरामद गरिएको प्रहरीले जनाएको...