कैलालीमा डल्फिन महोत्सव हुँदै
प्रकाशित मिति : २०७६, २५ भाद्र बुधबार १८:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगंज।मानिसको थलको सबै भन्दा नजिकको मित्र जनावर कुकुर हो भने जलमा पाउँने मानिसको नजिकको जनावर डल्फिन हो । यसरी मानिसको नजिक एवं विश्वमा नै संकट अवस्थामा रहेको जनावर डल्फिनको यही भदौ २८ गते देखी तिन सम्म महोत्सव कैलालीमा हुने भएको छ । कैलाली पुर्वी भागमा पर्ने टीकापुर नगरपालिका भजनी नगरपालिका र जोशीपुर गाउँपालिका अन्तरगत पर्ने पथरैया ,काँडा र मोहनीनदीको पानीको वहाव बढ्दा डल्फिन देखीने भएको हुदाँ यही क्षेत्रको विकास तथा प्रसारप्रचार गर्नका लागि बाँकेमा पुगेको टिमले पत्रकार सम्मेलन गरेको छ ।
Advertisement
डल्फिनको धार्मिक महत्व लगाएत अन्य सुचकको रुपमा रहने डल्फिनको महत्वलाई अगाडि बढाउँनका लागि महोत्सवको आयोजना गरेको कार्यक्रमको सहयोजक पर्यटन प्रवद्धन तथा वातावरण संरक्षण केन्द्रका प्रमुख भोजराज ढुङगानाले बताए । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सुचीमा राखेको २६ वाट स्तनधारी जन्तु मध्ये डल्फिन एक मात्र हालमा पाइने स्तनधारी वन्यजन्तु हो । ३० वर्ष पहिले डल्फिन नेपालका कोशी,गण्डकी महाकालीमा देखिए पनि हाल कर्णालीको चिसापानी देखी कोठियाघाट सम्म वर्षायाम कैलाली जिल्लाको मोहना,कन्द्रा,पथरैया र काढाँ नदीमा मात्र देखीने हुदाँ कैलालीमा महोत्सवको आयोजना गर्न लागिएको ढुङगाना टोल डल्फिन संरक्षण केन्द्रका सचिव जयप्रसाद ढुङगानाले बताए ।
यसैगरी कार्यक्रममा बोल्दै मुख्य आयोजकको रुपमा रहेको कैलाली होटल व्यवसायी संघ का अध्यक्ष भोजराज शाहीले विगतका दिनमा अन्य संस्थाले आयोजना गर्ने गरेको भएता पनि यस वर्ष कसैले गर्न भन्ने योजना नल्याउँदा होटल व्यवसायी संघले जिम्मा लिएको बताए। पत्रकार सम्मेलनमा बोल्दै बाँके होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बाँके अध्यक्ष उमा ग्राण्डनले डल्फिन नेपालका लागि नै महत्वपुर्ण जनावर भएको हुदाँ कैलाली होटल व्यवसायीले थालनी गरेको डल्फिन महोत्सवलाई सबैले सहयोग गर्नु पर्ने बताइन ।
ढुङगाना टोल डल्फिन संरक्षण केन्द्रका सचिव ढुङगानाले संचालन गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाँकेका सदस्य देवेन्द्र पौडेल,दिनेश ठाकुर, थारु पत्रकार संघ बाँकेका सचिव शम्भु प्रसाद थारु,बाँके होटल तथा व्यवसायी संघका सचिव गोपाल प्रसाद गिरी,सहसचिव रतन बुढाक्षेत्री लगाएको उपस्थिति रहेको थियो ।