सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु
डडेल्धुरा। सुरक्षा नभएको भन्दै एकै पटक डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालका ११ जना चिकित्सकहरु बिदा लिएर बसेका छन् । उपचारका क्रममा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लागेपछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै चिकित्सक आइतबारदेखि विदा बसेका हुन्। डाक्टरहरू ललिल सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभास लामिछाने, विकास दुवाडी, विभव बस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डबल बुढा विदा बसेका छन्। उनीहरूले मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कडेँललाई आफूहरू विदा बसेको...
नेपालगन्ज ।एसईईको नतिजा असारको दोश्रो साता आउने भएको छ।राष्ट्रिय परीक्षा बोर्डका अनुुसार गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को कारणले प्रकाशनमा केही दिन ढिलाइ हुन भएको छ ।प्रदेश २ का प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि त्यहाँ पुनः परीक्षा भएको थियो ।बोर्डका परीक्षा उपनियन्त्रकका अनुसार, देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको छ । हाल नम्बर इन्ट्रीको काम धमाधम भइरहेकाले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने...
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको जानकारी दिएको छ। पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ। आइतबार राति १२ बजेदेखि लागू हुने मूल्य घटाइएको हो। नयाँ मूल्य सूचीअअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजल ९६ रुपैयाँ...
कञ्चनपुर ।कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान जेसिबी एक्साभेटरले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पश्चिम दिशातर्फ आइरहेको से १ त ७३३ नम्बर जेसिबीले ठक्कर दिँदा मे १ ह ७६३ नम्बरको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। त्यसगैरी अटोमा सवार पाँच घाइते भएका छन्। घाइतेमध्ये चार जनालाई धनगढी पठाइएको छ भने रिक्सा चालकलाई भारत लगिएको छ।...
वझाङ । मोटरसाइकल सिक्ने क्रममा दुर्घटना हुँदा एक जनावडासदस्यको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य नरेश भनेर चिनिने नरबहादुर महरको मोटरसाईकल सिक्ने क्रममा दुर्घटना हुँदा मृत्यु भएको हो । बिहीबार बिहान मोटरसाइकल सिक्ने क्रममा घाइते भएका महरको उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । वडा नम्बर ७ को से १ ब ११७७ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी...
काठमाडौं । नेपाली कांग्रेसमा प्रबेश गर्नेको लहर चलेको छ। चुुनाबमा पराजित भएको नेपाली कांग्रेस अहिले आफ्न्नो रफ्तारमा चलेको छ।नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा...
डडेल्धुरा। डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन्। आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । बिहान ७ बजेतिर विद्यालय जानका लागि तयारी गरिरहेको बेला उनलाई चट्याङ लागेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए। सङ्गीता भागेश्वर मावि शीर्षमा कक्षा ८ मा...
दार्चुला । दार्चुलामा ४ जना बालबाकिकाको मृत्यु भएको छ।शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ ।नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए । विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो। शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव निकालिएको प्रहरीको...
काठमाडौं ।स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले खोलेको विज्ञापनमा आवेदन दिनेको संख्या १३ दिनमा ८२ हजार पाँच सय पुगेको छ। आयोगको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि आवेदन दिनेको संख्या बढिरहेको छ। आयोगका शाखा अधिकृत नारायणप्रसाद पोखरेलका अनुसार मंगलबार मध्यान्ह सम्म ८२ हजार पाँच सयले अनलाइनबाट आवेदन दिएका छन्। ‘अनलाइनबाट आवेदन दिनेको संख्या बढ्दो छ,’ पोखरेलले भने।आवेदन दिने म्याद अझै...
काठमाडौं: संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँगको छलफल लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्त नअपनाइएको भन्दै चौतर्फी विरोध भएपछि स्थानीय तहका लागि कर्मचारी माग गर्दै आह्वान भएको विज्ञापन तत्कालका लागि स्थगित गर्ने विषयमा छलफल शुरु भएको थियो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा...