सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु

हावाहुरीले पश्चिम नेपालमा २ जनाको मृत्यु, १०० जना घाइते
"भौतिक संरचनामा क्षति "

नेपालगन्ज ।हावाहुरीले फेरि जनमानसमा बज्रपात पारेको छ। हावाहुरीले जनधनको फेरि नोक्सानी गराएको छ।कैलाली र कञ्चनपुरमा बिहीबार राती  आएको हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । १०० भन्दा बढी घाइते भएका छन्।हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै, टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएका छन् ।...

नीति तथा कार्यक्रम: कागजको फूल

दीर्घराज उपाध्याय ।बैतडीको एउटा गाँउमा पशु सेवा कार्यालयको हाकिम सहितको टोली गएको रहेछ । भैसी पालन कार्यक्रम लिएर गाउँ पुगेका पशु सेवाका हाकिमलाई एक जना बृद्धले भनेछन्, हजुर हाम्रा छोरालाई तपाई जस्तो हाकिम हुने कार्यक्रम ल्याईदिनु प¥यो । भैसी पालन त पुस्तौदेखि गर्दै आएका छौ । पशुसेवा कार्यालयको अर्को टोली अर्को गाँउ गएछ । महिला सशक्तिकरणका लागि भैसी पालन कार्यक्रम लिएर गाउँ पसेको त्यो टोलीलाई एक महिलाले झण्डै कुटिनछन् । महिला...

धनगढी विमानस्थल मर्मत कार्य अझै एक हप्ता लाग्ने

धनगढी । धनगढी विमानस्थल मर्मत कार्य अझै सकिएको छैन् ।एक महिनाको अवधिमा धावनमार्ग स्तरोन्नतिको काम पूरा नभएपछि धनगढी विमानस्थल थप एक सातासम्मका लागि बन्द रहने भएको छ । निर्माण कम्पनीले मौसम प्रतिकूल नभए यही जेठ २९ गतेबाट विमानस्थल पुनः सञ्चालनमा आउने जनाएको छ।गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम भइरहेको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले बताए । उनका अनुसार विमानस्थलमा पहिलेको भन्दा बढी दलदले...

महेन्द्रनगरमा महिलालाई कुटपिट गर्ने गाडी चालक पक्राउ

धनगढी  । एक गाडी चालकले महिला यात्रुलाई कुटपिट गरेका छन्। कुटपिट पछि उनलाई प्रहरीले पक्राउ गरेको छ।बढी भाडा मागेपछी महिला यात्रुले लक्ष्मी धनाडीले दिन नमाने पछि उनलाई चालकले गाडीभित्रै कुटपिट गरेका हुन् । शुक्रबार दिउँसो महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको गाडीका चालक गोकुल बोहराले महिलालाई दुब्र्यबहार गर्दै कुटपिट गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  चालक बोहराले गाडी भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुर्व्यवहार...

ईदुल फित्रको दिन जेठ २३मा सार्वजनिक बिदा

नेपालगन्ज । जेठ २३ गते सार्बजनिक बिदा हुने भएको छ।सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद् बैठकको पछिल्लो निर्णयबारे जानकारी  बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो । मुस्लिम आयोगको सिफारिसमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३...

उपसभामुखको स्वकीय सचिबको जागिर चट

धनगढी । उपसभामुखको स्वकीय सचिबको जागिर गएको छ।सुदूरपश्चिम प्रदेशमा उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने उपसभामुखकै स्वकीय सचिव बर्खास्त भएका छन्। उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमार्फत यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि पदबाट हटाइएको हो। स्वकीय सचिव भट्टले महिला प्रहरीलाई यौन प्रस्ताव गरेको खबर केही दिन पहिले बाहिर आएको थियो। स्वकीय सचिव भट्टले पदीय आचरण विपरित काम गरेको भन्दै तीब्र आलोचना भएपछि उनलाई जिम्मेवारीबाट हटाइएको...

धनगढी विमानस्थलको धावनमार्गमा दलदले माटो भेटियो

धनगढी ।हवाई उडान बन्द गरेर स्तरोन्नतिको काम भइरहेको धनगढी विमानस्थलको धावनमार्गमा दलदले माटो भेटिएको छ । १८ सय मिटर लामो धावनमार्गको ५२६ मिटर लम्बाइ र ११ मिटर चौडाइ क्षेत्रमा दलदले माटो भेटिएको हो । दलदले माटो भेटिएपछि धावनमार्ग कालोपत्रेको काम लक्ष्यअनुसार हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । पाँच मिटर गहिराइसम्म दलदले माटो भेटिएको स्तरोन्नतिको कामको निरीक्षणमा खटिएका नागरिक उड्डयन प्राधिकरणका कन्सल्ट्यान्ट योगेन्द्रराज शर्माले बताए । प्राधिकरणका पूर्वइन्जिनियरसमेत रहेका शर्माका अनुसार सुरुमा धावनमार्गको एक...

भोली देशभरका अदालतहरु बन्द हुने

काठमाडौं। आइतबार देशभरीका अदालतहरु बन्द हुने भएका छन।पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका उनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युष्टि गरिएको हो । पूर्व प्रधानन्यायाधिश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित थिए । नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए...

निर्मला हत्याका १० महिना, रनभुल्लमा प्रहरी

कञ्चनपुर ।कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको शुक्रबार १० महिना पुगेको छ । तर, अहिलेसम्म हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । चार सयभन्दा धेरै व्यक्तिमाथि अनुसन्धान गर्दा पनि प्रहरीले कुनै संकेत फेला पार्न सकेको छैन । १० महिनादेखि प्रहरी छिट्टै अभियुक्त पत्ता लगाउने भनेर एउटै जवाफ दिन बाध्य छ । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरू आफैँ रनभुल्लमा छन् । निर्मला हत्या प्रकरणमा प्रहरी अधिकृतमाथि नै कारबाही गरिएको थियो । हत्याको विरोधमा चर्किएको विरोध...

धनगढीमा अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता शुरु

धनगढी । धनगढीमा अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता शुरु भएको छ।बिहीबारबाट नवौँ अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता शुरु भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले एक समारोहकाबीच कार्यक्रमको उद्घाटन गरे । सार्क राष्ट्र अन्तरगतका ६ देशका ७ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेकोे प्रतियोगिता तीन दिन चल्नेछ । राष्ट्रिय गोजुरियो कराते दो संघ, सुदूरपश्चिम प्रदेश समितकिो आयोजनामा भइरहेको प्रतियोगीताको उदघाटन समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वड, राष्ट्रवादी विकाशिल अभियानका अन्तर्राष्ट्रिय विभाग प्रमुख...