सुदूरपश्चिम प्रदेशमा रहेका समाचारहरु
बेलौरी ( कन्चनपुर)।भारतबाट नेपाल माइत आउदै गरेका दुई जना महिलाको दुर्घटनामा मृत्यु भएको छ।बेलौरी नगरपालिका १० मा स्कुटर दुर्घटनामा परी दुई महिलाको मृत्यु भएको छ । भारतको उत्तरप्रदेशको पिलिभित जिल्ला ग्राम कम्पोजनरका २५ वर्षीया मनिषा हमाल र २३ वर्षीया पलविन्दर चौधरी बेलौरीको शिवनगरमा रहेका माइती आउदै गर्दा युपि २६ एए ६५३८ नं को स्कुटर बेलौरीको भुडामा रहेेेकोकल्भर्टमा ठोक्किँदा मृत्यु भएको हो। दुवै जना माइतीलाई भेट्न आउने क्रममा स्कुटी असुन्तुलन भई कल्भर्टमा...
दार्चुला । प्रहरीले झन्डै ४ किलो चरेश सहित एक जना युवकलाई पक्राउ गरेको छ। बिशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी नायब निरीक्षक मदनसिँह धामी र प्रहरी चौकी दल्लेखबाट प्रहरी हवल्दार भरतबहादुर रावलको संयुक्त गस्ती टोलीले नौगाड गाउँपालिका वडा नम्बर ६ बस्ने रमेशसिँह ठगुन्ना ३ किलो ८ सय ग्राम चरेश सहित रमेश सिँह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको हो । बंगाबगड–दल्लेख सडक खण्ड हुदै मोटरसाईकलमा जिल्ला सदरमुकाम खलंगा आउदै गरेका बेला...
नेपालगन्ज । एसइईको पूरक परीक्षाको समय तालिका सार्बजनिक भएको छ । साउन २६ र २७ गते हुने भएको पुरक परिक्ष हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा परिक्षमा अनुउपस्थित हुनेहरुलाई पुरक परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो। परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ। परिक्षा बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको परिक्षा हुनेछ। ...
कैलाली ।कैलालीको अत्तरिया बजार आज बन्द गरिएको छ। व्यवसासायीहरुका साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा बोल्दा मुद्धा लगाएर अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटा सहित कार्यसमिती सदस्य पक्राउ परेको विरोधमा अत्तरिया बजार बन्द गरिएको छ । बुधबार बिहान उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका अध्यक्ष देवकोटा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेलगत्तै अत्तरिया बजार बन्द गरिएको हो । देवकोटासहित अत्तरिया उद्योग वाणिज्य संघका अन्य पदाधिकारी...
अछाम। अछाममा सडक भासिएर बस दुर्घटना भएको छ।साँफेबगर नगरपालिका–२, झकालेमा बुधबार बिहान बस दुर्घटना हुँदा १५ घाइते भएका छन् । ५ को अवस्था गम्भीर छ ।महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए । उनीहरुको अहिले बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।रासस। ...
काठमाडौं। आफ्नै आफन्तहरुबाट ६०० बढी मारिएका छन् ।आर्थिक वर्ष २०७२र७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ । नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२र७३ देखि २०७५र७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६८४ जनाको हत्या भएको देखाएको हो । जसअनुसार श्रीमान्ले श्रीमतीदेखि श्रीमतीले...
डोटी। एक सैनिक जवान बलात्कारको आरोपमा पक्राउ परेका छन्।सायल गाँउपालिका ३ का ३५ वर्षीय जवान कृष्ण विष्टलाई आफ्नै बुहारी बलात्कार आरोपमा प्रहरीले पक्रेको हो । छोरालाई पिसाब गराउन बाहिर निस्केकी बुहारीलाई कृष्णले जबरजस्ती करणी गरेको उजुरीपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। मदिराको सेवन गरेकाका कारण कृष्णले महिलामाथि कुटपिट समेत गरेको पीडित महिलाका आफन्तले बताएका छन् ।तर, पक्राउ परेका कृष्णले बलात्कार गरेको अस्वीकार गरेका छन् । प्रहरीका अनुसार...
अछाम ।ट्याक्टर दुर्घटनामा ३ जना बिद्यार्थीको मृत्यु भएको छ।जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ४ जना घाइते छन् । से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु हो।मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको प्रहरीले जनाएको छ । मृतक तीनै जना दशपल्ले माविका विद्यार्थी भएको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए । बोगटीका अनुसार एसईई परीक्षा दिएर पसेका...
काठमाडौं । कैदीलाई उपचारका क्रममा नेल नलगाउन आयोगले निर्देशन दिएको छ।राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दीलाई उपचारका क्रममा नेलरहतकडी नलगाउन निर्देशन दिएको छ। निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा उपचार गर्दा पनि नेल लगाइएको आयोगले गरेको अनुगमनका क्रममा भेटिएकोले आगामी दिनमा कैदीबन्दीको उपचारमा नेल वा हतकडी नलगाउन आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका निर्देशक मुरारिप्रसाद खरेलले विज्ञप्ति जारी गरेर चौधरीलाई उपचारको क्रममा नेल लगाइएको र हातहतियारसहितका सुरक्षाकर्मीको उपस्थिति रहेको अनुगमनमा पाइएको उल्लेख...
चैनपुर( बझाङ )। जीप सडकदेखि ४०० मिटर तल खस्दा जीपमा सवार ९ जनाको मृत्यु भएको छ। ४ जना गम्भीर घाइते भएका छन्।बझाङ सदरमुकाम चैनपुर नजिकै बाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी मृत्यु भएको सनाखत हुन सकेको छैन ।जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा केेेहि कठिनाई भइरहेको...