सूचना प्रविधिमा रहेका समाचारहरु
काठमाडौँ, ५ माघ । सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ । नेपाल टेलिकमले हाल राजधानी काठमाडौँसहित पोखरामा सुरु गरेको (चौथो पुस्ता दूरसञ्चार प्रविधि) फोर जीलाई क्रमशः प्रमुख सहर हुँदै देशैभर सेवा विस्तार गर्ने तयारी गरेको हो । टेलिकमले आफ्ना ग्राहकलाई पहिलोपटक तीव्र गतिको मोबाइल इन्टरनेट सेवा सुरु गरेकामा ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै...
पुस २४/उपभोक्ताले निकट भविष्यमै तिनवटा स्क्रिन भएको ल्यापटप प्रयोग गर्न पाउने छन् । गेमिंग कम्प्युटर निर्माता कम्पनी रेजरले अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो मा तीनवटा स्क्रिन भएको ल्यापटप निर्माण गर्ने परियोजना सार्वजनिक गरेको छ । प्रोजेक्ट भेलेरी नामक उक्त परियोजनाको अवधारणा अनुसार कम्पनीले फोर के रिजोलुसनयुक्त तीनवटा स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप तयार पार्नेछ । ल्यापटपमा सेन्ट्रल डिस्प्लेभन्दा अलग थप दुईवटा स्क्रिन स्लाइड रहनेछन् जो अटोम्याटिक प्रणालीमा आबद्ध हुन्छन्...
काठमाडौँ, २१ पुस । सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियो भन्ने नाराका साथ सामुदायिक रेडियो प्रशारक संघ नेपाल (अकोराब)को १२ औं साधारणसभा तथा छैटौं अधिवेशन शुक्रबार यहाँ सुरु हुँदैछ । अधिवेशनमा भाग लिन देशभरीका करिव ३ सय सामुदायिक रेडियोका प्रतिनिधि राजधानी आइपुगेका छन् । विसं. २०५९ साल साउन २८ गते संघ दर्ता भएको थियो । यो संस्था राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत सञ्चालित छ । संघमा हाल २ सय ८७ सदस्य...
रोल्पा, १९ पुुस । रोल्पाका झन्डै ५० प्रतिशत जनता मात्रै टेलिफोनको पहुँचमा रहेको नेपाल टेलिकम, रोल्पाले बताएको छ । जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते र स्काइका साथै निजी सेवा प्रदायकद्वारा वितरण गरिएका एनसेल तथा हेलोले समेत सेवा दिइरहेका छन् । जिल्ला सदरमुकाम लिवाङ र सुलिचौर बजारमा गरी २५० थान ल्यान्डलाइन जडान गरिएको नेपाल टेलिकम रोल्पाका कार्यालय प्रमुख कैलाश आचार्यले बताए । भौगोलिक दुर्गमताका कारण जिल्लाका सबै ठाउँमा समान पहँुच नभएको कार्यालय प्रमुख आचार्यले...
१९ पुस, काठमाडौं । नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । चौँथो पुस्ताको मोबाइल सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ । सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले त्यस्तो व्यवस्था गरेको हो । सूचना प्रविधिको उपयोग गर्दै विभागले विकास गरेको ‘मोबाइल...
नेपालगन्ज,१७ पुस । तीब्र गतिको मोबाइल इन्टरेनट ‘फोर-जी’ नेपालमा पनि सुरु भएको छ । नेपाल टेलिकमले आजदेखि काठमाडौं र पोखराका जिएसएम पोष्टपेड प्रयोगकर्ताका लागि फोर-जी सेवा थालेको छ । एनसेलले फोरजी इन्टरनेट चलाउन तयारी गरिरहेको छ । जुनसुकै मोबाइल फोनमा फोर-जी इन्टरनेट चल्दैनन् । यसका लागि फोर-जी चल्न सक्नेगरी बनाएका (फोर- जी कम्प्याटिबल) फोन जरुरी हुन्छ । नेपालमा हाल बिक्री भइरहेका मोबाइल ब्राण्डका सवै मोडलमा फोर-जी सेवा चल्दैन । सामसुङ, हुवावे...
नेपालगन्ज,१७ पुस । नेपाल टेलिकमले बहुप्रतिक्षित फोरजी सेवा आइतवारवाट सुरु गरेको छ। ३८ करोड ८८ लाख (३.६ मिलियन डलर) को लागतमा टेलिकमले चौथो पुस्ताको फोरजी सेवा संचालनमा ल्याएको हो।सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले आइतबार फोरजी सेवाको सफ्ट लन्च गरे। पहिलो चरणमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र पोखराका केही स्थानमा चल्ने गरी टेलिकमले फोरजीको सुरुवात गरेको हो। टेलिकमले काठमाडौं उपत्यकामा तीनसय आठ र पोखरामा २५ वटा विटिएस टावरमा चिप्स र फोरजीको सफ्टवेयर अपग्रेड...
पूस १६ । पछिल्ला केही वर्षयता प्रविधि कम्पनीहरु स्मार्टफोनका फ्लेक्सीबल डिस्प्ले तयार गर्नमा सफलता प्राप्त गरिसकेका छन् । कतिपय कम्पनीहरुले त लचिलो स्क्रिनवाला स्मार्टफोनका नमूना पनि सार्वजनिक गरिसकेका छन् । भलै यो प्रविधि अहिले परीक्षणकेा चरणमा छ, तथापि दक्षिण कोरियाको एक कम्पनी कोलन इन्डस्ट्रीजको दाबीअनुसार सन् २०१८ मा लचिलो स्क्रिनवाला स्मार्टफोन छ्यापछ्याप्ती हुनेछ । कोलन दक्षिण कोरियाली उत्पादक कम्पनी हो । कोरियन हेराल्डका अनुसार उक्त कम्पनीले रंगबिहीन पोलिमाइड तयार गर्ने...
रुकुम/ पूस १६ ।पूर्वी रुकुमको हुकाम २ का सुविन्द्र घर्ती आफन्तसंग फोन गर्नका लागि रुकुमकोट गाविसमा झर्न थालेको चार महिना भयो । विदेशमा रहेका आफ्ना दाजु र अन्य आफन्तलाई फोन गर्न गाउ‘बाट समस्या भएपछि उहाँलाई फोन गर्नकै लागि पनि एक दिनको बाटो हिँडेर रुकुमकोट जानुपर्ने बाध्यता छ । उनीमात्र होइन, पूर्वी रुकुमका १२ गाविसमा चार महिनादेखि मोबाइल सेवा बन्द भएपछि स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलको सेवा लिन अहिले रन्ममैकोट,...
काठमाडौं,१० पुस । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन चाहनेहरुका लागि खुसीको खबर छ । घण्टौं लाइनमा बसेर फारम लिने र बुझाउने झन्झटका दिन अब समाप्त भएका छन् । किनकि यातायात व्यवस्था विभागले अनलाइनबाटै फारम भर्ने सुविधा सुरु गरेको छ । यो सुविधा भोलि सोमबारदेखि सुचारु हुनेछ अनलाइन फारम भर्ने सेवा आइतबार यातायात मन्त्री रमेश लेखकले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा पुगेर उदघाटन गरेका छन् । यो सेवा सुचारु भएपछि सोमबारदेखि घरमै बसीबसी...