सूचना प्रविधिमा रहेका समाचारहरु

समुन्द्रभित्रको अप्टिकल फाइबर विग्रिँदा नेपालको इन्टरनेट ‘स्लो’

नेपालगन्ज, १८ माघ । भारतको चेन्नर्इदेखि सिंगापुरसम्म समुन्द्रमा विच्छाइएको अप्टिकल फाइबरमा समस्या आएपछि नेपालको ‘इन्टरनेट स्लो’ भएको छ। केही दिनदेखि नेपालभित्र इन्टरनेट ढिलो चल्ने गरेका छन्। भारतको एउटा मात्रै कम्पनीसँग मात्रै निर्भर रहेका केही कम्पनीको इन्टरनेटनै अवरुद्ध समेत भएको छ। इन्टरनेट सेवा प्रदायक संस्था क्लासीक टेकले ग्राहकसँग माफीमाग्दै एउटामात्र कम्पनीको इन्टरनेटमा भर पर्दा समस्या भएको बताउँदै वैकल्पिक उपायमार्फत अर्को कम्पनीसँग व्याण्डविथ खरीद गरी सेवा दिने जनाएको छ। भारतको चेन्नाईदेखि सिंगापुरसम्मको समुन्द्रभित्रको फाइबर...

आजबाट नेपाल टेलिभिजनको कोहलपुर क्षेत्रिय प्रशारण सुचारु

कोहलपुर ,१७ माघ ।करिव दुइ दशक अघि क्षेत्रिय प्रशारण हुदै आएको नेपाल टेलिभिजनको कोहलपुर प्रशारणको सोमबार काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रशारण सुभारम्भ सुरु गरीएको छ । नेपाल टेलीभिजनको केन्द्रीय प्रशारण केन्द्र काठमाडौबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रम बिच प्रशारणको शुभारम्भ गर्नुभएको भएको क्षेत्रीय प्रमुख विजय बर्माले जानकारी दिनुभयो । आज सोमवार दिउँसो ११ः३० बजे प्रधानमन्त्री दाहालले काठमाडौ स्टुडियोबाट प्रशारणको शुभारम्भ गर्ने तय भएको जानकारी दिँदै बर्माले, भूसतही...

छिटो मोबाइल चार्ज गर्नुछ ? यी हुन् ६ तरिका

मोबाइलको अत्यन्तै आवश्यकता छ, तर प्रयोग गर्दागर्दै ब्याट्री सकिन्छ । अनि तनाव ! अनि फोन चार्ज गर्न थाल्यो, घन्टौंसम्म पनि लाग्न सक्छ । यो समस्या समाधानको लागि त्यस्तो जादुमय तरिका त हुँदैन तर केही यस्ता उपायहरु हुन्छन्, जसले छोटो समयमै मोबाइल चार्ज गर्न सकिन्छ । १. मोबाइललाई फ्लाइट मोडमा राख्नुहोस् यो एकदम सामान्य र सजिलो तरिका हो जसबाट तपाई एकदमै तिव्र मोबाइल चार्ज गर्न सक्नुहुन्छ । फ्लाइट मोडमा मोबाइल राख्दा सबै फङ्कसन...

आइसिटीलाई विकाससँग जोड्ने सरकारको योजना :सञ्चार मन्त्री कार्की

काठमाडौँ, १६ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधिलाई विकाससँग जोड्ने सरकारको योजना रहेको बताउनुभएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घद्वारा यहाँ आज आयोजित ‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ को उद्घाटन गर्दै मन्त्री कार्कीले मुलुकको विकास प्रक्रियालाई आइसिटीसँग जोड्नुपर्छ भन्ने महसुस सरकारले पछिल्लो समयमा गरेको बताउनुभयो । “बङ्गलादेशलगायत केही मुलुक धेरै पछाडि थिए तर अहिले ती मुलुक आइसिटीमा धेरै अगाडि आइसकेका छन, हामी अगाडि बढ्न सकिरहेका छैँनौँ, यसबारेमा नेपाल...

सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड खरिद नगर्नुहोस: नेपाल टेलिकम

नेपालगंज,१५ माघ । नेपाल टेलिकमको १ सय रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । आयातका क्रममा २० हजार थन रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ । टेलिकमले एक सूचना जारी गर्दै आफ्ना एनटी रिचार्ज कार्ड हराएको जनाएको छ । सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड हराएको हो । यि सिरियल नम्बरका रिचार्ज कार्ड खरिद विक्री नगर्न टेलिकमले आह्वान गरेको छ । यसबाट ग्राहकबर्गमा समस्या पर्न सक्ने...

क्यान इन्फोटेक मेला आजबाट सुरु

 काठमाडौं,१३ माघ। सूचना प्रविधि सम्बन्धी मेला क्यान इन्फोटेक आजबाट काठमाडौंमा सुरु भएको छ । कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको मेला ६ दिनसम्म चल्नेछ ।उपप्रधान एवम् अर्थमन्त्रमन्त्री कृष्णबहादुर महराले मेला उदघाटन गर्नेछन् ।क्यान मेलामा सूचना प्रविधिका क्षेत्रमा भएका पछिल्ला उत्पादन तथा सेवाबारे जानकारी लिन सकिने छ । साथै मोबाइल, कम्प्युटर, ल्यापटप तथा बिभिन्न सफ्टवेयर र हार्डवेयरहरुको खरिद बिक्री समेत हुनेछ । मेलाले सूचना प्रविधिको समुन्नत विकासमा सहयोग पुर्‍याउने...

स्मार्टफोन ह्याङ्ग भयो ? यसो गर्नुस्

स्मार्टफोन स्लो हुने र ह्याङ हुने समस्याबाट धेरै प्रयोगकर्ताहरु पीडित हुन्छन् । यस्तो समस्या उत्पन्न हुँदा धेरै प्रयोगकर्ताहरुले फोन अफ र अन गर्ने गर्छन् भने कोही सर्भिस सेन्टर पुग्छन् । तर, तपाईंलाई थाहा नहुन पनि सक्छ कि कहिलेकाहीँ हाम्रो आफ्नै गल्तिले गर्दा पनि स्मार्टफोन बारम्बार ह्याङ्ग हुन सक्छ । यहाँ हामी तपाईंलाई केही टिप्सहरु दिँदैछौं जसले तपाईंलाई यो समस्याबाट छुटकारा दिलाउन सक्छ । इन्टरनल मेमोरीबाट एप्सलाई सार्नुस् स्मार्टफोनमा जति पनि एप्स...

युवा वैज्ञानिक भवीन्द्रको नयाँ खोज ‘दुर्यान्तर’

बेनी (म्याग्दी), १२ माघ । विगत १८ वर्षदेखि युवा वैज्ञानिक भवीन्द्र कुँवरले थालेको खोज, अध्ययन अनुसन्धान, परीक्षण र विश्लेषणबाट ‘दुर्यान्तर’ नामक भौतिक शास्त्रीय परिमाण प्रमाणित गर्नुभएको छ । विगत पाँच वर्षदेखि भौतिकशास्त्र पुनर्निर्माण अभियान र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको सहयोगमा हुँदै आएका फरकफरक स्थलमा गरिएका विभिन्न चरणका परीक्षण र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको रिसर्च सेक्सनमा १२ दिन लगाएर गरिएको पछिल्लो पुनः जाँचपछि उक्त परिमाणको अस्तित्व पूर्णतः प्रमाणित भएको हो । म्याग्दीको...

हुलाकबाट रेडियोको नवीकरण

पाल्पा, ११ माघ । पाल्पाको रामपुर नगरपालिकास्थित सामुदायिक रेडियो रामपुरले जिल्ला हुलाक कार्यालय, पाल्पाबाट आफ्नो नवीकरण गर्न थालेको छ । सरकारले १०० वाट क्षमताका रेडियोको नवीकरण र रोयल्टी तिर्ने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै सूचना मन्त्रालय धाउन नपरेको स्टेसन म्यानेजर शुकदेव पोखरेलले जानकारी दिनुभयो । जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीका अनुसार जिल्लामा १०० वाटसम्मको क्षमता भएको सामुदायिक रेडियो रामपुरको आव २०७२÷०७३ र ०७३÷०७४ को नवीकरण जिल्ला हुलाक कार्यालयबाट भएको जानकारी दिनुभयो । रेडियोले...

७५ वटै जिल्लाले फागुनभित्र आ-आफ्नो शाखा अधिबेशन गरिसक्नु पर्ने: नेपाल पत्रकार महासंघ

काठमाडौं ,९ माघ । मुलुकभरका पत्रकारहरुलाई चुनाबी चटारोले छोएको छ । हरेक तीन वर्षको मे थर्ड (वैशाख २०, २१) मा पत्रकार महासंघ केन्द्रीय समितिको चुनाव हुने भएकाले आगामी फागुन र चैत पत्रकारहरुका चुनावी चटारोको महिना बनेको हो ।पत्रकार महासंघ केन्द्रले जनाएअनुसार काठमाडौंमा रहेका जिल्ला, प्रतिष्ठान, एशोसिएट र काठमाडौं बाहिरका ७५ वटै जिल्लाले फागुनभित्र आ-आफ्नो शाखाको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । गत २६ र २७ पुसमा बसेको महासंघको केन्द्रीय समितिको...