सूचना प्रविधिमा रहेका समाचारहरु
काठमाडौं,८ पुस । एकजना नेपाली नागरिकले थरीथरीका परिचय बोकेर हिँड्नुपर्ने झन्झटबाट अब मुक्ति मिल्ने भएको छ । नेपाल सरकारको सात वर्षको तयारीपछि ‘राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र’ले नेपाली नागरिकलाई बहुपयोगी बायोमेट्रिक स्मार्ट कार्ड राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । त्यसका लागि द्रुत गतिमा कार्य भइरहेको छ । परिचयपत्रमा नेपाल सरकारको लोगो, राष्ट्रिय झण्डा र पृष्ठमा सगरमाथाको चित्र अङ्कित छ । परिचयपत्र निर्माणका लागि असार मसान्तमै सम्झौतासमेत भइसकेको छ भने केन्द्रले...
काठमाडौँ, ७ पुस । अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापनाको सम्भावना बढेको छ । करिब ३५ वर्ष अघिदेखिको प्रयास साकार हुने देखिएको छ । स्याटलाइट स्थापनाका लागि विश्वका ख्यातिप्राप्त कम्पनीले आशयपत्र पेस गरेकाले यो काम अगाडि बढ्ने भएको हो । नेपालको आफ्नै स्याटेलाइट नहुँदा सरकारी सूचनाको गोपनीयता चुहावट हुनसक्ने खतरा थियो भने बर्सेनी चार अर्बभन्दा बढी रुपियाँ भाडामा स्याटेलाइट व्यान्डविथ प्रयोग गरेबापत खर्चनु परिरहेको थियो । नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर...
काठमाडौं,५ पुस । सरकारले निजामति कर्मचारीको एकिकृत इमेल सेवा सञ्चालन गरेको छ। मुख्यसचिव सोमलाल सुवेदीको संयोजकत्वमा अन्य सचिवहरु सहितको बैठकले एकिकृत इमेल सेवाको युजनेम र पासवर्ड हस्तान्तरण गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट विकास गरिएको सबै निजामती कर्मचारीको एकिकृत ईमेल सेवाको युजरनेम र पासवर्ड एवं ईमेल संचालन कार्यविधि नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुलाई प्रदान गरेको हो। सुवेदीले सम्पूर्ण कर्मचारीहरुलाई सरकारी कामकाजको सिलसिलामा सरकारी ईमेलको प्रयोग गर्न अनुरोध गरेका छन्। उक्त ईमेलको...
काठमाडौं, ५ पुस । उपत्यकामा मेलम्चीको पानी वितरण एवम् व्यवस्थापन गर्न दक्ष प्राविधिक जनशक्तिको अभाव हुने देखिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले खानेपानीको पाइपलाइन बिच्छ्याउने काम सुरु गरे पनि वितरण प्रणालीलाई सुव्यवस्थित गर्न आवश्यक जनशक्ति पर्याप्त नरहेको जनाएको छ । हाल उपत्यकामा पानी वितरण एवम् व्यवस्थापनको काम गरिरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग आवश्यक मात्रामा प्राविधिक जनशक्ति नहुँदा मेलम्चीको पानी राजधानी आए पनि वितरण एवम् व्यवस्थापनमा सहजता नदेखिएको...
काठमाण्डौ, २७ मंसिर । हामीलाई राजधानीका गल्ली, सडक तथा खोलानालासमेत सफा गर्न हम्मेहम्मे परिरहेको छ । तर, केही परको एशियाली राष्ट्र जापानले भने अन्तरिक्षमा थुप्रिएको फोहोर सफा गर्ने भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का अनुसार अन्तरिक्षमा १० करोडभन्दा बढी टुक्रा ‘स्पेस जंक’ थुप्रिएको छ । यसलाई सफा गर्नका लागि जापानले एक कार्गो यान अन्तरिक्षमा पठाउन लागेको हो । यो यानमा सात सय मिटर लामो जाली जोडिएको छ । सो जाली १०६...
२७ मङ्सिर । विश्वकै सबैभन्दा ठूलो मरुभूमि ‘सहारा’ कुनै समय हराभरा थियो, करिब ६००० वर्षअघि यहाँ ठूलो वर्षा पनि भएको थियो, यो दावी हाम्रो नभएर अनुसन्धानकर्ताहरुको हो । अमेरिकाको टेक्सास ए एण्ड एम विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्, पहिले निकै हराभरा रहेको सो क्षेत्र पछि आएर मरुभूमिमा परिणत भएको हो । अनुसन्धानकर्ताहरु भन्छन्, ‘पृथ्वीमा मौसम परिवर्तनको असर यो हराभरा क्षेत्रमा पर्यो, त्यसपछि मरुभूमिमा परिणत भयो ।’ अनुसन्धानकर्ताहरुले कम्प्युटर मोडल र अन्य आंकडाहरुको...
काठमाडौँ, २३ मङ्सिर । नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी शैक्षिकसत्रदेखि अन्तर्राष्ट्रियस्तरमा सो विषयमा पठनपाठन सञ्चालनमा ल्याउन लागेको हो । तीन वर्षमा अध्ययन सम्पन्न हुने सो विषय छ सेमेस्टरमा हुने कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसका लागि ती दुई शैक्षिक निकाय कलेजका अध्यक्ष सुलभ बुढाथोकी र विश्वविद्यालयका...
ललितपुर, १५ मङ्सिर । यातायात व्यवस्था विभागअन्तर्गतको बागमती अञ्चल कार्यालयले झन्डै ९ महिनामा एकलाख सातहजार स्मार्ट सवारी चालक अनुमतिपत्र बितरण गरेको छ । नमुनाका रुपमा बागमती कार्यालयमा गत चैतदेखि स्मार्ट चालक अनुमतिपत्र वितरण सुरु भएको हो । स्मार्ट चालक अनुमतिपत्रले गर्दा कार्यालयमा भीड बढेको कार्यालयका प्रमुख तेजनारायण यादवले बताए । उनले भने, ‘स्मार्ट अनुमतिपत्र देशमा मात्रै नभएर विदेश जानेका लागिसमेत उपयोगी हुन्छ ।’ नयाँ अनुमतिपत्र सुरु भएपछि मिसनमा जाने सेना, प्रहरीको समेत भीड...
काठमाडौँ, १० मङ्सिर । विश्व बजारमा उत्कृष्ट रहेको ‘लियागो स्टाइलिस’ मोवाइल फोन अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । चीनको प्रख्यात लियागो इन्टरनेशनल कम्पनीले निर्माण गरेको लियागो स्टाइलिस फोनका विभिन्न चार ‘सिरिज’का ११ ‘मोडल’हरु जेएसएस ग्रुपले नेपाली बजारमा ल्याउन लागेको हो । अन्य मोवाइलको तुलनामा लियागो स्टाइलिस सस्तो र सुलभ दरमा खरिद गर्न सकिने जेएसएस ग्रुपका प्रबन्ध निर्देशक मोहन वंशलले जानकारी दिनुभयो । आइतबारबाट ती मोवाइल सहज रुपमा नेपाली...
मंसिर ०८,एजेन्सी । सामाजिक सञ्जाल फेसबुक अहिले आफ्नो नयाँ फिचरको परीक्षणका क्रममा छ । फेसबुकको आधिकारिक एपमा नै उपलब्ध हुने यो फिचरले प्रयोगकर्तालाई आफ्नो नजिकको फ्री वाईफाईबारे सूचना दिनेछ । यानिकी अब तपाईंले फेसबुकको माध्यमबाट नै थाहा पाउनुहुनेछ, तपाईंको आसपासमा कुनै वाईफाई फ्रीमा चलाउन सकिने खालको छ कि छैन । फेसबुकले यस्तो फिचर परीक्षणमा रहेको पुष्टिसमेत गरिसकेको छ । यद्यपी यो सुविधा अहिले केही देशमा मात्र दिइएको छ । परीक्षण सफल...