विश्वकप २०१८मा रहेका समाचारहरु

बेल्जियमले ट्युनिसियालाई ५-२ गोलले पराजित गर्दै प्रिक़्वाटर फाईनलमा

रसिया,९ असार/(एजेन्सी) । विश्वकप समूह जी अन्तर्गत बेल्जियमले ट्युनिसियालाई ५-२ ले हराएको छ । बेल्जियमका लागि रोमेलु लुकाकु र एडेन हाजार्डले दुईदुई गोल गरे । खेलको छैठौं मिनेटमा आफैंले जितेको पेनाल्टी मार्फत गोल गर्दै हाजार्डले बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमेलु लुकाकुले १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे पनि ट्युनिसियाले पहिलो हाफमा एक गोल फर्काएको थियो । ट्युनिसियाका लागि डिलन ब्रोनले गोल गरेका थिए । तर लुकाकुले पहिलो हाफको...

विश्वकपमा आजका खेल : जमर्नीमाथि दबाब, मेक्सिकोमा उत्साह

नेपालगन्ज, ९ असार । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणमा दोस्रो लहरका खेलहरु भइरहेका छन् । त्यही क्रम अन्तर्गत शनिबार तीनवटा खेल हुँदैछ । शनिबारको पहिलो खेलमा समूह जी मा रहेको बेल्जियमले ट्युनिसियाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे मस्कोमा हुनेछ । पहिलो खेलमा ट्युनिसिया इंग्ल्याण्डसँग २-१ ले पराजित भएको थियो । यस्तै बेल्जियमले पानामालाई ३-० ले हराएको थियो । रोस्तोभ एरिना अर्को खेलमा समूह एफ...

स्वीट्जरल्यान्डको उत्कृष्ट पुनरागमन, ब्राजिलसँग अंकमा बराबरी

रसिया, ९ असार/(एजेन्सी) । उत्कृष्ट पुनरामगनका साथ सर्बियालाई २–१ ले हराउँदै स्वीट्जरल्यान्डले विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पहिलो हाफमा १–० को परिस्थितिलाई उल्टाउँदै स्वीट्जरल्यान्डले महत्वपूर्ण जित हासिल गरेको छ । जारी विश्व कपको खेलमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड पहिलो टोली बनेको छ । पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरी गरेको स्वीट्जरल्यान्डले दोस्रो खेल भने जितेको हो । ग्रानिक झाकाले ५२ औं मिनेटमा बराबरी...

आइसल्याण्डलाई नाइजेरियाले जित्दा अर्जेन्टिनाको सम्भावना बलियो

रसिया, ९ असार/(एजेन्सी) । नाइजेरियाले आइसल्याण्डमाथि जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा नाइजेरियाले आइसल्याण्डमाथि दुई गोल गर्दै पहिलो जित निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना जिवितै राखेको हो । नाइजेरियाको जितमा अहमद मुसा नायक बने । आइसल्याण्डका गेल्फी सिगुडसन पेनाल्टिमा चुक्दा नाइजेरियासँग आइसल्याण्ड निराश बन्न पुग्यो । पहिलो खेलमा अर्जेन्टिनालाई बराबरीमा रोकेको आइसल्याण्डले बराबरी खेलेपछि समस्यामा परेको छ । यो समूहमा दुई खेल जितेको क्रोएसीया अन्तिम १६ मा पुगिसकेको छ । नाइजेरिया ३...

फुटबल महारथी ब्राजिलद्वारा कोस्टारिका २-० गोलले पराजित

रसिया, ८ असार/(एजेन्सी) ।विश्वकप समूह ‘ई’ को तेस्रो खेलमा फुटबल महारथी ब्राजिलले कोष्टा रिकालाई २-० ले पराजित गरेको छ। खेलभरी रक्षात्मक खेलेको कोष्टा रिकाका लागि उसका गोलकिपर केलर नाभासले आकर्षक खेल पस्केका थिए । तर इन्जुरी समयको पहिलो मिनेटमा ग्याब्रियल जेससको पासमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । अन्त्यतिर काउन्टर अट्याकमा ब्राजिलका लागि नेयमारले गोल गर्दै स्कोर २-० पारेका थिए । पहिलो खेल कोष्टा रिका सर्वियासंग १-० ले हारेको थियो । ब्राजिलको...

ब्राजिल समूह ‘ईं’ को दोस्रो खेलमा कोष्टारिका संग खेल्दै

रसिया,८ असार(एजेन्सी)। पाँच पटकको विश्वविजेता ब्राजिलले रसिया विश्वकपको पहिलो खेलमा आफ्नो स्वभाविक खेल पस्कन नसक्दा स्वीट्जरल्याण्डसँग १–१ बराबरीमा रोकिएको थियो । रसियामा जारी विश्वकपमा उपाधिको दाबेदार मानिएको ब्राजिल समूह ‘ईं’ मा आफ्नो दोस्रो खेलमा कोष्टा रिकामाथि निश्चित जितको लागि प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार सेन्ट पिटर्सबर्गमा साँझ ५ः४५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा ब्राजिलले अग्रता लिएर स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको थियो । ब्राजिल र कोष्टा...

क्रोएसिया विजयी, अर्जेन्टिनाको छनोट सम्भावना कम

रसिया,८ असार/(एजेन्सी) । विश्वकप समूह ‘डी’ को तेस्रो खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको छ । क्रोएसिया र अर्जेन्टिना दुवै टोली पहिलो हाफमा गोल गर्न नजिक पुगेका थिए । क्रोएसियाका लागि मारियो मान्डजुकिच नजिकैबाट हेडिङमा चुकेका थिए भने अर्को तर्फ, अर्जेन्टिनाका लागि एन्जो पेरेसले बक्सभित्र पाएको अवसर खेर फालेका थिए । दोस्रो हाफमा भने क्रोएसियाले ३ गोल गर्न सफल रह्यो । ५३ औं मिनेटमा अर्जेन्टिनाका गोलकिपर विली काबेलेरोको गल्तीको सदुपयोग गर्दै आन्टे...

विश्वकप समूह ‘सी’ को तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले १-१ को बराबरीमा

रसिया,७ असार/(एजेन्सी) । विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले १-१ को बराबरी खेलेका छन् । डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य खेलाडी क्रिस्टियन एरिक्सनले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यस्तै युसुफ पलसनको भिएआरमार्फत दिइएको ह्यान्डबलमा अष्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई मिले जेडिनाकले गोलमा परिणत गर्दै अष्ट्रेलियालाई खेलमा फर्काएका हुन् । जेडिनाकले पछिल्लो खेलमा फ्रान्सविरुद्धको २-१...

अर्जेन्टिना आजको खेलमा क्रोएसियालाई हराउने दाँऊमा

रसिया,७ असार।विश्वकप फुटबलमा आज राति लियनोल मेसीको अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ। जारी विश्वकपको पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको अर्जेन्टिनालाई ‘राउण्ड १६’ मा पुग्न आज जित आवश्यक छ। नाइजेरियालाई २-० ले पराजित गरेर स्पष्ट ३ अंक पाएको क्रोएसिया अर्जेन्टिनालाई कम्तीमा बराबरीमा रोक्न चाहन्छ। अर्जेन्टिनाले आज टोलीमा केही परिवर्तन गर्ने  भएको छ। मार्कोस अकुनालाई आज ‘प्लेइङ इलेभेन’ मा समेट्ने तयारी अर्जेन्टिनाको छ। उनलाई लेफ्ट ब्याक र आउटसाइड मिडफिल्डमा खेलाउने तयारी गरिरहेको...

स्पेनद्वारा ईरान १-० गोलले पराजित, पोर्चुगल र स्पेनको समान ४ अंक

रसिया,७ असार/(एजेन्सी) ।स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गराएपछि विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह बी अन्तर्गत बुधवार राती भएको खेलमा इरानलाई १–० को  गोल अन्तरले हराउँदै स्पेनले पोर्चुगलसँग अंकमा बराबरी गरेको छ । यसअघि पोर्चुगलले मोरोक्कोलाई १–० ले हराएको थियो । प्रतिस्पर्धात्मक खेलमा डिएगो कोस्टाले गोल गरेपछि स्पेनले जारी विश्व कपमा पहिलो जित दर्ता गरेको हो । उनले ५४ औं मिनेटमा गोल गरेका थिए...