विश्वकप २०१८मा रहेका समाचारहरु
रसिया,६ असार/(एजेन्सी) ।लगातार दोस्रो खेल जित्दै उरुग्वे रसियामा जारी विश्व कप फुटबलको नकआउट चरणमा पुगेको छ । समुह ए अन्तर्गत समूह चरणको दोस्रो खेलको साउदी अरेबियालाई १–० ले हराउँदै उरुग्वे एक खेल अघि नै अन्तिम १६ मा पुगेको हो । लुइस स्वारेजको गोलमा पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै उरुग्वेले दोस्रो चरणको यात्रा तय गरेको हो । उरुग्वेका लागि सयौं खेलका रुपमा रहेको त्यो खेलमा स्वारेजले २३ औं मिनेटमा गोल गरेका...
रसिया,६ असार/(एजेन्सी) ।सुपरस्टार क्रिष्टियानो रोनाल्डोको निर्णायक गोल मद्दतमा पोर्चुगलले मोरक्कोलाई १–० ले पराजत गर्दै विश्वकपको समूह चरणमा पहिलो जित निकालेको छ । लुज्निकी स्टेडियममा बुधबार भएको खेलमा रोनाल्डोले खेलको चौथो मिनेटमा नै गोल गर्न सफल भएका थिए । मोरक्कोविरुद्ध गोल गरेसँगै रोनाल्डोले प्रतियोगितामा आफ्नो गोल सङ्ख्या ४ पु¥याएको छ । रोनाल्डोले स्पेनविरुद्धको पहिलो खेलमा ह्याट्रिक पुरा गरेका थिए । रोनाल्डोले जोवा मौटन्होले प्रहार गरेको कर्नर बललाई हेडमार्फत गोल गर्दा मोरक्कोका...
रसिया,६ असार/एजेन्सी। विश्व कपमा समूह चरणका खेलहरुको दोस्रो राउन्ड सुरु भएसँगै नकआउट चरणमा पुग्ने समिकरणहरु बन्न सुरु गरिसकेका छन् । आयोजक रुस अन्तिम खेलअघि नै प्रि क्वार्टरफाइनलमा पुगिसकेको छ भने इजिप्ट एक खेल बाँकी रहँदै बाहिरिने पहिलो टोली बनेको छ । बुधबार हुने खेल जितेको खण्डमा उरुग्वेले पनि अन्तिम १६ मा स्थान बनाउने छ । उरुग्वेले आज साउदी अरेबियाको सामना गर्दैछ । आजै अर्को समूहमा क्रिस्टिायानो रोनाल्डोको पोर्चुगल र मोरोक्को...
रसिया,६ असार। बिश्वकप आयोजक रसिया प्रिक़्वाटर फाईनलमा प्रबेश गरेको छ। बुधबार राती भएको समुह ‘ए’ अन्तर्गत रसिया र ईजिप्ट बिच भएको खेलमा रसिया ३-१ गोलले बिजयी भएको हो। यो जित सगै आयोजक रसिया ६ अंक सहित अन्तिम १६ अर्थात प्रिक़्वाटर फाईनलमा आफ्नो स्थान पक्का गर्ने पहिलो राष्ट्र बनेको छ। २ वटा खेलमा पराजित भएपछि इजिप्ट विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । इजिप्टको आत्मघाती गोलबाट अग्रता पाएको रसियाले लिएको थियो ।...
रसिया,५ असार/एजेन्सी।विश्वकप समूह ‘एच’ अन्तर्गत पोल्यान्डलाई सेनेगलले २-१ ले हराएको छ । यससंगै सेनेगलले समूह ‘एच’ मा ३ महत्त्वपूर्ण अंक बटुल्न पनि सफल भएको छ । पोल्यान्डका डिफेन्डर थियागो सियोनेकको आत्मघाती गोलद्वारा सेनेगलले खेलमा अग्रता बनाउन सफल भएको हो । दोस्रो हाफको ६० औं मिनेटमा स्ट्राइकर एमबाए नियाङले गोल गर्दै सेनेगलको अग्रता दोब्बर पारेका थिए । खेलको अन्तिम मिनेटतिर ग्रेग्रोज क्रिचोवियाकले पोल्यान्डलाई फ्रिकिकमा हेडिङ गोल गर्दै खेलमा फर्काउन खोजेपनि सफल भएनन्...
रसिया,५ असार।विश्वकप समूह ‘एच’को पहिलो खेलमा जापानले कोलम्बियालाई २-१ ले निराश पारेको छ । कोलम्बिया खेलको चौथो मिनेटमै १० खेलाडीमा सीमित भएको थियो। कार्लोक्स सान्चेजले ह्यान्ड बल गरेसंगै उनले रातो कार्ड पाए भने जापानले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई सिन्जी कागावाले परिणत गर्दै जापानलाई अग्रता दिलाए । तर खेलको ३९ औं मिनेटमा जुवान क्विन्टरोको फ्रि-किक गोलमा कोलम्बिया खेलमा फर्कियो । कोलम्वियाका मिडफिल्डर कार्लाेस साञ्चेज रसिया विश्वकपमा रातो कार्ड खाने पहिलो खेलाडी...
नेपालगन्ज, ५ असार । २१औं संस्करणको रसिया विश्वकपमा मंगलबारबाट समूह चरण अन्र्तगतको दोस्रो चरणका खेलहरू सुरु हुँदै छ । समूह ‘ए’ को लिग चरणको दोस्रो खेलमा आयोजक रसियाले इजिप्टको सामना गर्नेछ । खेल मंगलबार राति ११ः४५ बजेपछि सेन्ट पिटर्सवर्ग एरिनामा हुनेछ । समूह चरणको पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को फराकिलो जित निकालेको आयोजक रसिया इजिप्टलाई पनि पराजित गर्दै नकआउट चरण पुग्ने लक्ष्यमा हुनेछ । साउदीलाई ५–० को फराकिलो गोलअन्तरले पराजित...
नेपालगन्ज, ५ असार । एसियाली टोली जापानले खेलको छैठौं मिनेटमा कोलम्बियाविरूद्ध अग्रता लिएको छ। खेलको पाँचौ मिनेटमा कोलम्बियाका सान्चेज रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि जापानले पाएको पेनाल्टी सदुपयोग गर्दै अग्रता लिएको हो। जापानका लागि काग्वाले गोल गरेका हुन्। २१औं संस्करणको रूसमा जारी विश्वकपमा कोलम्बियाका खेलाडी सान्चेज पहिलो रातो कार्ड पाउने खेलाडी भएका छन्। लगातार छैटौं पटक विश्वकप खेलिरहेको जापान सन् २००२ को संस्करणमा नकआउट चरण पुगेको थियो। कोलम्बिया गत विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको...
नेपालगन्ज, ५ असार।रसियामा जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । मंगलबार सुरुको दुई खेलको सकिए सँगैसमूह चरणअन्तर्गत पहिलो चरणको खेल समाप्ती हुनेछ । आजै समूह चरणअन्तर्गत दोस्रो चरणको खेल सुरु हुनेछ । समूह एच अन्तर्गतका २ खेलपछि समूह ‘ए’को एउटा खेल हुनेछ । समूह ‘एच’मा कोलम्बिया र जापान तथा पोल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुदैछ । त्यसपछि दोस्रो चरणको पहिलो खेलका रुपमा समूह ‘ए’मा पहिलो खेल जितेको आयोजक रसियाले...
रसिया,५ असार।विश्वकप समूह ‘जी’ को दोस्रो खेलमा इंग्ल्यान्डले सोमबार राती भएको अन्तिम खेलमा ट्युनिसियालाई २-१ ले हराएको छ । इंग्ल्यान्डका लागि दुवै गोल उसका कप्तान ह्यारी केनले गरे । खेलको ११ औं मिनेटमा गोल गर्दै केनले इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । तर कायल वाल्करको फउलमा ट्युनिसियाले ३५ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई फर्जानी ससिले परिणत गर्दै ट्युनिसियालाई खेलमा फर्काएका थिए । तर, इन्जुरी समयको पहिलो मिनेटमा फेरी गोल...