बिश्वकप २०१८ को फाईनल खेलको पहिलो हाफ सम्म फ्रान्स २-१ ले अगाडी
प्रकाशित मिति : २०७५, ३१ असार आईतवार २१:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
मस्को (एजेन्सी)/३१ असार। फुटबलको महाकुम्भ विश्वकप २०१८ को फाइनल खेलमा फ्रान्स र क्रोएसिया भिड्दै छन् ।
Advertisement
फ्रान्सले खेलको १८ औं मिनेटमा अग्रता लिन सफल भएको हो । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले गोल गर्न सफल भएको हो । एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा मारियो मान्डजुकिचले आत्मघाती गोल गर्दै फ्रान्सले अग्रता लिन सफल भएको हो ।
तर २८ औं मिनेटमा इभान पेरिसिचको गोलमा क्रोएसिया फेरी खेलमा फर्किन सफल भएको हो । फेरी खेलको ३८ औं मिनेटमा पेरिसिचको ह्यान्डबलमा फ्रान्सले पेनाल्टी जित्न सफल भएको थियो । ग्रिजम्यानले सो पेनाल्टी परिणत गर्दै फ्रान्सलाई खेलमा फेरी अग्रता दिलाएका हुन्।