Logo

    • मुख्य खवर
    • देश
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी प्रदेश
      • प्रदेश ५
        • नेपालगन्ज उपमहानगरपालिका
        • डुडुवा गाउँपालिका बाँके
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • समाज
    • विचार
    • अन्तरवार्ता
    • बिजनेस
    • विदेश
    • स्वास्थ्य
    • खेलकुद
    • कला
      • मनोरञ्जन
      • साहित्य/संस्कृति
      • मोडल
    • थप
      • टीभी
      • आठौं राष्ट्रिय खेलकुद
      • विशेष
      • ब्लग
      • नेपालगन्ज गोल्डकप
      • सातौ राष्ट्रिय खेलकुद
      • विश्वकप २०१८
      • आम निर्वाचन २०७४
      • फोटो स्टोरी
      • सूचना प्रविधि
      • विचित्र संसार
      • पत्रपत्रिकाबाट

एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

# बागेश्वरीपोष्ट

  • प्रकाशित मिति :   २०७६, २८ आश्विन मंगलवार १५:१८  

    काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका रमेश थापालाई अध्यागमन विभागले पक्राउ गरेको छ।आइतबार राति क्याथेक ड्रागन एयरलाइन्सबाट काठमाडौं आएका थापालाई अध्यागमन डेस्कमा तोडफोड गरेको आरोपमा पक्राउ गरिएको विभागले जनाएको छ।

    Advertisement

    विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार तोडफोडबाट अध्यागमन डेस्कको सिसा फुटेको छ। अध्यागमन विभागमा आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा विलम्ब भएको भन्दै थापाले डेस्कको सिसा फुटाएका थिए।

    थापासमेत पाँच जना गैरआवासीय नेपाली आएकामा थापालाई विभागले पक्राउ गरेको हो। उनलाई अध्यागमनकै हिरासतमा राखेर अनुसन्धान थालिएको पौडेलले बताए।

    पौडेलका अनुसार घटनालगत्तै थापालाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको थियो। भोलिपल्ट अध्यागमनमै फिर्ता गराउने आदेशअनुसार एक दिन गौशाला वृत्तमा थापालाई राखिएको वृत्तका प्रहरी नायब उपरीक्षक प्रदीप सिंहले बताए।

    सोमबार थापालाई अध्यागमनकै जिम्मा लगाइएको छ। अध्यागमनले कानुनअनुसार कारबाही थाल्ने जनाएको छ। ‘तोडफोड गरेपछि उहाँलाई नियन्त्रणमा राखिएको हो, सोधपुछ र अनुसन्धानका लागि केही समय राख्न पाइन्छ,’ अध्यागमन प्रमुख पौडेलले भने।

    थापालाई सार्वजनिक सम्पत्ति तोडफोड तथा अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भइरहेको पौडेलले बताए। ‘आवश्यक कारबाहीको लागि मंगलबार बेलुकासम्म उहाँलाई प्रहरीको जिम्मा लगाइने छ,’ पौडेलले भने। सेतोपाटीबाट साभार।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाँके राष्ट्रिय निकुञ्जको टेण्डर च्यात्ने ७ जना डिएसपी शाहीको फन्दामा
    रोशनी शाहीमाथि कुटपिट भएको पुष्टि
    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    लोक सेवा आयोगले खोल्यो ठुलो संख्यामा उपसचिब र सहसचिबको विज्ञापन

    ताजा अपडेट

    सांसद प्रमोद साहलाई चार दिनका लागि म्याद थप
    भिसा क्यान्सिल गरेर नेपालमा बस्नेहरु पनि एनआरएनका भोटर
    राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणमा आज म्यानमार जाँदै
    नेपाल प्रहरीमा ३५ सय ९६ दरबन्दी थप
    एनआरएनको चुनाबमा अष्ट्रेलियाबाट आएका थापा अध्यागमन हिरासतमा

    सम्पर्क ठेगाना

    संस्कृति मिडिया नेटवर्क प्रा.लि.
    नेपालगन्ज उपमनपा-१०,बाँके
    ५ नं. प्रदेश, नेपाल
    फोन 9851148119

    समाचार कक्ष

    फोन : 9858082228, 9862791607

    ई–मेल:
    [email protected]

    प्रकाशक : गौरब गिरी
    सम्पादक : नवीन गिरी
    दर्ता नं. : १३०५/०७५-७६
    भ्याट नम्बर : 606861069

    ©  2015-2019 Sanskriti Media Network Pvt. Ltd. । All rights reserved.

    Website by : Websoft Nepal Pvt. Ltd.

      टिम बागेश्वरीपोष्ट