निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण शुरु गर्यो
प्रकाशित मिति : २०७४, २८ बैशाख बिहीबार १२:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं। निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण शुरु गरेको छ ।आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको हो । मतदाता परिचयपत्र वितरणका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता/स्वयम्सेवक परिचालन गरिएको छ । मतदाता परिचयपत्र वितरणसँगै मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ताले हरेक निर्वाचन केन्द्रबाट निर्वाचन शिक्षाको विषयमा जानकारी पनि दिने कार्यक्रम आयोगको छ ।
Advertisement
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता, स्वयम्सेवकलाई अनिवार्यरूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता, स्वयम्सेवकलाई निर्देशन दिएको जानकारी दिए ।
नमुना मतपत्रसमेत लिएका मतदाता शिक्षा कार्यकर्ता स्वयम्सेवकले मतदाता परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने सही तरिका सिकाउने छन् ।
क-कसले लिन पाउँछ तपाईको परिचयपत्र ?
तपाईको आफ्नो परिचयपत्र लिन तपाईं आफैं जानुपर्ने निर्वाचन आयोगको नियम छ । तर, कुनै कारणवश मतदाता स्वयम् परिचयपत्र लिन जान नसके परिवारका सदस्यहरुलाई पनि दिने व्यवस्था गरेको आयोगले जनाएको छ ।
परिवार सदस्य हो होइन भन्ने आधिकारिक प्रमाणपत्र अथवा राजनीतिक दल वा त्यहाँ खटिएका प्रतिनिधिहरुले चिनेको आधारमा दिन पनि परिचयपत्र दिन सक्ने प्रवक्ता शर्माले जानकारी दिए ।