गुगलमा ब्राजिलका नेमारलार्इ खोज्नेको संख्या एक अरबभन्दा बढी
प्रकाशित मिति : २०७५, १३ असार बुधबार १४:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
मस्को । विश्वकपअघि अन्तर्राष्ट्रिय र चाखलाग्ने घटना विश्व राजनीतिकै हुने गर्दथ्यो । ‘सर्च इन्जिन गुगल’ मा अघिकांश दर्शकले इजरायल र प्यालेस्टाइन, भारत र पाकिस्तान, अमेरिका र उत्तर कोरियाबीचका घटना र राजनीतिक विषय बढी रुचि राख्दथे । रुसमा २१औं संस्करणको विश्वकप फुटबल सुरु भएपछि गुगल प्रयोगकर्ताको ध्यान फुटबलले तानेको छ ।
ेअझ, गुगलमा ब्राजिल फुटबल टोलीको बढी खोली भइरहेको छ । विश्वकप सुरु भएयता गुगलमा सबैभन्दा धेरै खोजिने टोलीको पहिलो सूचीमा ब्राजिल देखिएको छ । पाँच पटकको विश्वविजेता ब्राजिल छैटौं पटक उपाधि जित्ने अभियानमा छ ।
यद्यपि, समूह चरणको पहिलो खेलमा ब्राजिलले स्विट्जरल्यान्डसँग बराबरी खेलेपछि निकै आलोचित भएको थियो । दोस्रो खेलमा कोस्टारिकालाई २–० गोलले हराएपछि ब्राजिल लयमा देखिएको छ । गुगलमा ब्राजिलका नेमारलार्इ खोज्नेको संख्या एक अरबभन्दा बढी छ ।
समूहको अन्तिम खेलमा बुधबार ब्राजिलले सर्बियासँग खेल्नेछ । विश्व समाचार संस्था बीबीसीको एक अध्ययनअनुसार गुगलमा सबैभन्दा बढी ब्राजिललाई खोजिएको उल्लेख छ । यसैगरी खोलीमा अर्जेन्टिना दोस्रो, साबिक विजेता जर्मनी तेस्रो र फ्रान्स चौथो टोली बनेका छन् ।
खेलाडीको रूपमा पनि ब्राजिलका नेमारलाई खोल्नेको संख्या धेरै छ । नेमारलाई एक अरबभन्दा बढीले खोजेका छन् । गुगलमा अर्जेन्टिनी स्टार लियोनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका केलियन एमबाप्पे, एन्टोइन ग्रिजम्यान, ओउसमाने डिम्बालेलगायत खेलाडीको पनि खुबै ‘सर्च’ गरिएको छ ।