जर्मनीको हारसँगै विश्वकप च्याम्पीयनका विदाइ संयोग
प्रकाशित मिति : २०७५, १४ असार बिहीबार १५:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौँ,१४ असार । साविक विजेता जर्मनीले आफ्नो समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग पराजित हुँदै घरको बाटो तताएको छ । विश्वकपको सुरुवाती चरणमै जर्मनी घर फर्किन बाध्य भएको हो । यसका साथै जर्मनीको टिमसँग एक अजीब संयोग पनि जोडिन पुगेको छ।
पछिल्ला पाँच विश्व कपमध्ये चार पटक साविक विजेता समूह चरणबाटै बाहिरिएको रेकर्ड पनि बनेको छ । यसभन्दा पहिले सन् २००२ मा फ्रान्स, २०१० मा इटाली र सन् २०१४ मा स्पेनले यस्तै खालको पीडादायी क्षण व्यहोर्नु परेको थियो ।
च्याम्पियनको विदाइ
१. १९९८ मा फ्रान्सले विश्वकप जित्यो । तर सन् २००२ मा भएको विश्वकपमा फ्रान्स समूह चरणबाटै बाहिरिन विवश भयो ।
२. सन् २००६ मा इटालीले विश्वकप जित्यो । तर सन् २०१० मा इटाली समूह चरणबाटै बाहिरिन बाध्य भयो ।
३.सन् २०१० मा स्पेनले विश्वकप जित्यो । तर, सन् २०१४ को विश्वकपमा समूह चरणबाटै घरको बाटो ततायो ।
४. सन् २०१४ मा जर्मनीले विश्वकप जित्यो । तर जर्मनी रसियामा जारी विश्वकपमा समूह चरणमै दक्षिण कोरियासँग पराजित हुँदै घरतर्फ लाग्यो ।
समूह चरणमा चौथो जर्मनी
जर्मनीको टिम उसको फुटबल इतिहासमै पहिलो पटक समूह चरणमा चौथो स्थानमा रहँदै ुडम्प आउटु भयो । जर्मन टिम पहिलो पटक समूह चरणमा चौथो स्थानमा खुम्चिन बाध्य भयो । जर्मनी चार पटक दोस्रो र १२ पटक पहिलो स्थानमा रहेको थियो ।
जर्मनीको बिश्वकप यात्रा।
१९५४ (समूह चरणमा दोस्रो स्थान )विश्वकप जित्यो
१९५८ (समूह समूह चरणमा पहिलो स्थानमा) विश्वकपमा चौथो स्थानमा रह्यो
१९६२ ( समूह चरणमा पहिलो स्थानमा ) विश्वकपमा सातौँ स्थानमा रह्यो
१९६६ ( समूह चरणमा पहिलो स्थानमा )विश्वकपको फाइनलमा हार्यो
१९७० ( समूह चरणमा पहिलो स्थानमा )विश्वकपमा तेस्रो स्थानमा रह्यो
१०७४( समूह चरणमा दोस्रो स्थानमा )विश्वकपको उपाधि जित्यो
१९७८ ( समूह चरणमा दोस्रो स्थानमा )विश्वकपमा छैटौँ स्थानमा रह्यो
१९८२ ( समूह चरणमा पहिलो स्थानमा ) विश्वकपको फाइनलमा हार्यो
१९८६ ( समूह चरणमा दोस्रो स्थानमा ) विश्वकपको फाइनलमा हार्यो
१९९० ( समूह चरणमा पहिलो स्थानमा ) विश्वकपको उपाधि जित्यो
१९९४ ( समूह चरणमा पहिलो स्थानमा ) विश्वकपमा पाँचौँ स्थानमा रह्यो
१९९८ ( समूह चरणमा पहिलो स्थानमा ) विश्वकपको सातौँ स्थानमा रह्यो
२००२ ( समूह चरणमा पहिलो स्थानमा )विश्वकपको फाइनलमा हार्यो
२००६ ( समूह चरणमा पहिलो स्थानमा )विश्वकपमा तेस्रो स्थानमा रह्यो
२०१० ( समूह चरणमा पहिलो स्थानमा )विश्वकपको तेस्रो नमा रह्यो
२०१४ ( समूह चरणमा पहिलो स्थानमा ) विश्वकप उपाधि जित्यो
२०१८ ( समूह चरणमा चौथो स्थानमा ) घर फर्कियो,विश्वकप जारी।
फिफाको तथ्यांक
समूह चरणको कुरा गर्ने हो भने जर्मनीको टिम पहिलो पटक विश्व कपको समूह चरण पार गर्न विफल रह्यो । सन् १९३० मा खेलाइएको विश्वकप समूह चरणको फर्म्याटमा खेलाइएको थियो । यस विश्वकपमा जर्मनी सामेल थिएन ।
त्यसपछि सन् १९३४ र १९३८८ को विश्वकपमा नकआउट फर्म्याट अपनाइयो । सन् १९५० मा फेरि समूह चरणको फर्म्याट लागू गरियो । तर जर्मनीले सन् १९५० को विश्वकपमा प्रतिबन्ध झेल्नु परेको थियो । जर्मनीको टिम सन् १९५४ देखि लगातार विश्वकप खेलिरहेको छ। त्यसपछि पहिलो पटक जर्मनी समूह चरण पार गर्न असफल हुन पुग्यो ।