पूर्व प्रमुख आयुक्त उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस
प्रकाशित मिति : २०७५, ३२ असार सोमबार १७:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं , ३२ असार – सरकारले निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ ।आज, ३२ असारमा बसेको मन्त्रिपरिषदको बैठकले उप्रेतीलाई राजदूत सिफारिस गरेको हो ।पूर्वराजदूत दीपकुमार उपाध्यायले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिनका लागि राजीनामा गरेपछि उक्त पद रिक्त थियो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकले मलेशियाको राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गरेको छ । पाण्डे यसअघि साउदी अरबको राजदूत भइसकेका छन् ।संसदीय सुनुवाई समितिले सुनुवाई गरेपछि उनीहरुको नाम एग्रिमोको लागि सम्बन्धित देशमा पठाइने छ ।