नेपालको विजय सुरुआत, हङकङमाथि ४ विकेटको जित, विनोदको अर्धशतक
प्रकाशित मिति : २०७६, २० आश्विन सोमबार ०७:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । ओमानमा जारी ट्वेन्टी–२० क्रिकेट शृंखलामा नेपालले विजय सुरुआत गरेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको हो ।
Advertisement
१२६ रनको चुनौती पछ्याएको नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा जित हासिल गरेको हो । कप्तान पारस खड्का पहिलो बलमै आउट भएपनि विनोद भण्डारीले संयमित ब्याटिङ गरेपछि नेपालले विजय हासिल गरेको हो ।
विनोदले ४८ बलमा अविजित रहँदै ५८ रन बनाए । त्यस्तै, आरिफ शेखले २१ तथा सोमपाल कामीले १३ रन बनाए । खेलमा टस जितेर नेपालले कसिलो फिल्डिङ गर्दै हङकङलाई १२५ रनमा रोकेको थियो । हङकङले ६ विकेटको क्षतिमा १२५ रन बनाएको हो ।
वकास बर्कातले सर्वाधिक ३७ रन बनाएको इनिङस्लाई सस्तैमा समेट्नेक्रममा करण केसीले ४ तथा अविनाश बोहराले १ विकेट लिए । एक खेलाडीलाई अविनाशले ‘रनआउट’ गरेका थिए ।
पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले सोमबार नेदरल्यान्ड्ससित दोस्रो खेल खेल्नेछ । नेपालले बुधबार आयरल्यान्डसित तेस्रो र अन्तिम खेल बिहीबार ओमानसित खेल्ने तालिका छ ।