मनोरञ्जनमा रहेका समाचारहरु
काठमाडौँ, ३० जेठ । वरिष्ठ कलाकार भीमबहादुर थापाको ९३औँ वर्षका उमेरमा आज बिहान २ बजे निधन भएको छ । लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट ग्रसित थापाको घरमा नै निधन भएको परिवार स्रोतले जनाएको छ । थापाले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा समेत अभिनय गर्नुुुभएको थियो । उहाँले दुई वर्ष बेलायती सेनामा काम गरी पछि नेपाली सेनामा समेत काम गर्नुभएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।...
काठमाडौँ, २६ जेठ – नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको नियमित विमान आज ठूलो दुर्घटनाबाट जोगिएको छ । जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पङ्चर हुँदा ९ एन एइभी कलसाइन भएको ट्वीनअटृर विमान अनियन्त्रित भई धावनमार्गबाट चिप्लिएर विमानस्थलको पश्चिम दक्षीणको तारको जालीमा ठोक्किएको नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख कैलाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार क्याप्टेन चालक जेके निरौला, सहचालक हिक्मत रोकाया, एयर होस्टेस प्रतिमा राणा तथा यात्रुहरुमा दुई बच्चा सहित...
काठमाडौं । यतिबेला अभिनेता सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को चर्चा चुलिएको छ । जुन २९ मा प्रदर्शनको तयारीमा रहेको यस फिल्ममा अभिनेता सञ्जयको भूमिका रणवीर कपूरले निभाएका छन् । जसको ट्रेलर हालै सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भए सँगै सञ्जय दत्तको जीवनीमा बनेको यो फिल्म हेर्नका लागि दर्शकहरुमा थप उत्साह बढेको छ । यति बेला सञ्जय दत्त सामु एकपछि अर्को गर्दै फिल्महरुको लाइन लागेको छ । यतिबेला सञ्जय...
काठमाडौं,२३ जेष्ठ – गायिका ईन्दिरा जोशी बिल्कुलै नयाँ यूगल गीत ‘रेलीमाइ’ लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । हाइलाइट्स रेकर्ड्सको यूट्युब च्यानलबाट प्रिमियर गरिएको उक्त गीतमा गायिका जोशीले युवा गायक आर्जन पाण्डेसंग यूगल गायन गरेकी छिन् । उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत सुन्न सकिन्छ । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् । नृत्यपरक उक्त गीतको म्युजिक गायिका जोशी तथा गायक पाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत...
दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार रजनीकान्त फिल्म ‘काला’ का कारण कानूनी झमेलामा परेका छन् ।मुम्बईका जवाहर नाडर नामका एक पत्रकारले ‘काला’ मार्फत रजनीकान्तले मानहानी गरेको आरोप लगाएका छन् । पत्रकारका अनुसार यो फिल्म उनका पिता थिरावियम नाडरको जीवनमा आधारित छ । तसर्थ त्यसको जरिवानास्वरुप फिल्म १०१ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । फिल्म ‘काला’ मा रजनीकान्तले जुन पात्रको भूमिका निर्वाह गरेका छन् उक्त पात्र आफ्ना पिताको वास्तविक जीवन...
भगतराम थारु /नेपालगन्ज ,२१ जेष्ठ।थारु गित झुम्कावालीको भिडियो सार्बजनिक नहुँदै कलाकार राजकुमार थारुलाई बधाईको ओइरो लागेको छ । झुुम्कावालीको भिडियो सुटिङ सकिने वित्तिकै चर्चा कमाएका कलाकार राजकुमारलाई बधाईको ओइरो लागेको हो । फोन उठाउन मै व्यस्त राजकुमारले झुम्कावालीको सुटिङ पछि फोन र प्रत्यक्ष भेटेर बधाई दिने मेरो शुभचिन्तक र साथीहरु धेरै पाए उहाँले भन्नुभयो । यही २२ गते झुम्कावालीको भिडियो सार्वजनिक गर्ने तयारीमा छौं गायक विश्वसागर परियारले भन्नुभयो ।...
बलिउडदेखि हलिउडसम्म आफ्नो छाप छाड्न सफल अभिनेत्री प्रियंका चोपडा फेरि चर्चामा आएकी छिन् । प्रियंकाले अहिलेसम्म आफ्नो प्रेम सम्बन्धबारे खुलेर बोलेकी छैनन् । तर, उनको एक भिडियो भाइरल भएको छ । जुन भिडियोमा उनी आफ्नो ब्वाइफ्रेन्ड निक जोनसका साथमा देखिएकी छिन् । भिडियोमा प्रियंका बेसबल रंगशालाभित्र निकसँग प्रवेश गरिरहेको देखिएको थियो । यसपछि एक पार्टीमा पनि उनीहरू सँगै देखिएका थिए । उनीहरू सँगै देखिएको यो पहिलोपटक भने होइन ।...
एस योगी/नेपालगन्ज,१६ जेठ । ‘नजिक यति भएर पनी’ बोलको गीत १ हफ्तामा सामाजिक सञ्जालमा भाइरल भएको छ । एक हफ्तामा १ लाख भन्दा धेरैपटक यो गीत हेरिएको छ । निकै मार्मिक सब्द संयोजन भएको यो गीतले संगीत प्रेमिहरुलाई लोभ्याएको छ । एक हफ्तामा यसरी चर्चामा आएको यो गीतमा सांगीतिक क्षेत्रमा चर्चित भएर स्थापित भैसक्नु भएकी लोकपृय गायिका मेलिना राईको स्वर रहेको । यो गीतको म्युजिक भिडियो सङ्स नेपालले बजारमा ल्याएको...
जाजरकोट,१४ जेठ- अभिनेत्री रेखा थापाले निर्माण गरिरहेको चलचित्र ‘मालिका’ को छायांकन जाजरकोट दरबारमा सुरु गरिएको छ । ‘छोरीका लागि स्वर्णिम महाअभियान’ अन्तर्गत नारी उत्पीडनका कथावस्तुु समेटिएको ‘मालिका’ को छायांकन जाजरकोट दरबार परिसरमा गरिएको हो । जिल्लाको स्थानीय भेषभूषा र संस्कृति झल्किने मेलाको दृश्यसहित दुई सय ४८ वर्षअघि निर्माण गरिएको जाजरकोट दरबारको प्रांगणमा ‘मालिका’ को गीत छायांकन गरिएको चलचित्र निर्मातासमेत रहेकी नायिका रेखाले बताइन् । जाजरकोट र गोरखा राज्यको सम्बन्ध तथा...
कोहलपुर, जेठ १३।पश्चिम नेपालकै उच्च राशिको नृत्य प्रतियोगिताका पहिलो छनौट राउण्ड सम्पन्न भएको छ । कोहलपुर स्थित साईनिङ्ग स्टार बिद्यालयमा छनौटका प्रतियोगिता सबै सम्पन्न भएको र अब अर्को शनिबार चौथो राउण्डकालागी ५० जना प्रतियोगिहरुलाई छनौट गर्ने निहारिका फिल्म प्रा.लि .का अध्यक्ष मम्मुन शाक्य श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगितामा ३ सय ३४ जना प्रतियोगिहरुको सहभागिता जनाएका थिए। तेस्रो छनौट राउण्ड पार गर्न २ सय ३४ जनाले पार गर्दै चौथो...