ताराको एयरको जहाज जुम्ला एयरपोर्टमा दुर्घटना, यात्रु सुरक्षित
प्रकाशित मिति : २०७५, २६ जेष्ठ शनिबार १९:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौँ, २६ जेठ – नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको नियमित विमान आज ठूलो दुर्घटनाबाट जोगिएको छ । जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पङ्चर हुँदा ९ एन एइभी कलसाइन भएको ट्वीनअटृर विमान अनियन्त्रित भई धावनमार्गबाट चिप्लिएर विमानस्थलको पश्चिम दक्षीणको तारको जालीमा ठोक्किएको नागरिक उड्डयन कार्यालय जुम्लाका प्रमुख कैलाश शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्याप्टेन चालक जेके निरौला, सहचालक हिक्मत रोकाया, एयर होस्टेस प्रतिमा राणा तथा यात्रुहरुमा दुई बच्चा सहित १८ जना सकुशल रहेका छन् । अन्य मानवीय तथा भौतिक क्षति नभएको नागरिक उड्डयन कार्यालय, जुम्लाले जनाएको छ ।
विमानमा सवार १८ यात्रु र चालकदलका तीन सदस्य सकुशल रहेको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिनुभयो । दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगेको छ ।
तारा एयरको विमान धावन मार्गमा अवतरणका क्रममा चक्का पङ्चर भई विमान चिप्लिएर दुर्घटना भएको र चालकदलका सदस्यसहित सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।अपराह्न करिब ३ः०० बजे विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।