रजनीकान्तमाथि मानहानीको आरोप, जरिवानास्वरुप एक अर्ब एक करोड माग
प्रकाशित मिति : २०७५, २२ जेष्ठ मंगलवार १६:२२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
दक्षिण भारतीय चलचित्र उद्योगका सुपरस्टार रजनीकान्त फिल्म ‘काला’ का कारण कानूनी झमेलामा परेका छन् ।मुम्बईका जवाहर नाडर नामका एक पत्रकारले ‘काला’ मार्फत रजनीकान्तले मानहानी गरेको आरोप लगाएका छन् । पत्रकारका अनुसार यो फिल्म उनका पिता थिरावियम नाडरको जीवनमा आधारित छ । तसर्थ त्यसको जरिवानास्वरुप फिल्म १०१ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
फिल्म ‘काला’ मा रजनीकान्तले जुन पात्रको भूमिका निर्वाह गरेका छन् उक्त पात्र आफ्ना पिताको वास्तविक जीवन रहेको पत्रकार नाडरले दावी गरेका छन् । साथै फिल्ममा आफ्ना पिताको जीवनीलाई गलत तरिकाले प्रस्तुत गरिन लागिएको आरोप पनि लगाएका छन् ।
नाडरले उनका वकिलका माध्यमबाट मानहानीको आरोप लगाएका छन् । उनले ‘काला’ फिल्मको निर्माण पक्षलाई लिखित रुपमा माफी माग्न र जरिवाना स्वरुप १०१ करोड क्षतिपूर्तिको माग गरेका छन् ।
रजनीकान्तको फिल्म ‘काला’ उनका ज्वाईँ धनुषले निर्माण गरेका हुन् । यस फिल्ममा हुमा कुरेशी र नाना पाटेकरको भूमिका पनि प्रमूख रहेको छ । फिल्ममा तामिलनाडुबाट भागेर मूम्बई आएको एक जना युवक जो पछि मुम्बईको शक्तिशाली डन बन्छ । उक्त डनको भूमिकामा रजनीकान्त छन् भने भने नाना पाटेकर एक नेताको भूमिकामा छन् । अभिनेत्री हुमा कुरेशी रजनीकान्तको जोडीको रुपमा ४५ वर्षीया महिलाको भूमिकामा छिन् ।