जाजरकोट दरबारमा रेखाको ‘मालिका’ को छायांकन सुरु
प्रकाशित मिति : २०७५, १४ जेष्ठ सोमबार १७:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जाजरकोट,१४ जेठ- अभिनेत्री रेखा थापाले निर्माण गरिरहेको चलचित्र ‘मालिका’ को छायांकन जाजरकोट दरबारमा सुरु गरिएको छ । ‘छोरीका लागि स्वर्णिम महाअभियान’ अन्तर्गत नारी उत्पीडनका कथावस्तुु समेटिएको ‘मालिका’ को छायांकन जाजरकोट दरबार परिसरमा गरिएको हो ।
Advertisement
जिल्लाको स्थानीय भेषभूषा र संस्कृति झल्किने मेलाको दृश्यसहित दुई सय ४८ वर्षअघि निर्माण गरिएको जाजरकोट दरबारको प्रांगणमा ‘मालिका’ को गीत छायांकन गरिएको चलचित्र निर्मातासमेत रहेकी नायिका रेखाले बताइन् । जाजरकोट र गोरखा राज्यको सम्बन्ध तथा नेपाल एकीकरणको सन्दर्भ झल्काउने ऐतिहासिक जाजरकोट दरबारमा चलचित्र छायांकन गरिएको हो ।
जाजरकोटकी १५ वर्षीया कमला वलीलाई रेखाले चलचित्रको मुख्य पात्र बनाएकी छन् । अभिनय कला नसिकेकी भेरी नगरपालिका-१ की कमलालाई तीन हप्ता अभिनय सिकाएर फिल्ममा प्रवेश गराइएको हो । ग्रामीण परिवेशकी किशोरीको कथा जीवन्त बनाउन कमलालाई मुख्य पात्र छनोट गरिएको अभिनेत्री रेखाले बताइन् । चलचित्रमा रेखा आफैं पनि अभिनय गर्र्दैछिन् ।
जीवन रूपान्तरण तथा सकारात्मक सोचका विश्व प्रशिक्षक नरबहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषयवस्तु महिला हिंसा र बालविवाहमुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ । चलचित्रमा सबै नेपाली जनता र भूगोललाई जोड्ने खालका गीत र दृश्य समेटिएको कार्कीले बताए ।सामाजिक चेतना र छोरीहरूका लागि स्वर्णिम नेपालको राष्ट्रिय संकल्प बोकेको ‘मालिका’ फिल्मले हिमाल, पहाड र तराईका जनतालाई एकताको सूत्रमा बाँध्ने भाव बोकेका गीत राखिएको छ । एउटा गीतको पूरै छायांकन जाजरकोट दरबारको प्रांगणमा गरिनेछ । चलचित्रका अन्य दृश्य जाजरकोटका विभिन्न स्थान, नेपालगन्ज र काठमाडौंमा छायांकन गरिने निर्माताको भनाइ छ ।
जाजरकोटमा पहिलो पटक ठूलो पर्दाको फिल्म छायांकन गरिएको हो । जाजरकोटकै कलाकार, जाजरकोटकै विषयवस्तु र जाजरकोटमै सुटिङ भइरहेको ‘मालिका’ फिल्म व्यावसायिक मात्र नभई सामाजिक जागरणमा केन्द्रित रहेको नायिका रेखाले बताइन् ।