मनोरञ्जनमा रहेका समाचारहरु
नेपालगन्ज,२४ चैत्र।बलिउड अभिनेता सलमान खान भारू ५० हजार अर्थात नेपाली ८० हजार धरौटीमा छुटेका छन्। गत बिहिबार कोर्टले उनलाई ५ वर्षको जेल सजाय सुनाएको थियो। उनलाई कालो हरिण सिकारको मामिलामा सजाय दिइएको हो। उनले केसको सुनुवाई गर्न कोर्टमा अपिल गरेका थिए। सलमानको अपिलमा शनिबार सुनुवाइ गर्दै जोधपुर सेशंस कोर्टका न्यायाधीश रवीन्द्रकुमार जोशीले सलमानलाई जमानत दिने फैसला गरेका हुन्। सलमानलाई न्यायाधीशले रिहाइ गर्न फैसला गरेसँगै उनलाई जेलबाट बाहिर निकाल्ने प्रक्रिया सुरू भएको छ। अदालतले...
भगतराम थारु/नेपालगन्ज २३ चैत्र।५ बुंदे घोषणा पत्र जारी गर्दै थारु कलाकारहरुको बृहत भेला बाँकेको गाभर भ्यालीमा शुक्रवार सम्पन्न भएको छ । राष्ट्रिय थारु कलाकार संघ जिल्ला कार्यसमिति बाँकेको बृहत भेलाले नयाँ नेतृत्व समेत चयन गरिएको छ । संघको अध्यक्षमा सोहनलाल चौधरी, उपाध्यक्षमा जगन्नाथ चौधरी, सचिवमा विश्व सागर परियार, कोषाध्यक्षमा अमृता चौधरी सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा राजकुमार चौधरी, कृष्ण चौधरी, प्रदिप चौधरी, लक्ष्मी चौधरी, शम्भु चौधरी, सिता थारु,...
नेपालगन्ज, १३ चैत्र । ‘६ प्रदेश आइडल’ सुर्खेत अंतर्गत बाँके खजुरा गाउँपालिका, निवासी सावित्री अधिकारी प्रतिस्पर्धामा उत्रिएकी छन् । उनी उत्कृष्ट ७ मा पर्न सफल भएकी छन् । एसएमएस भोटिङमार्फत आफ्नो पक्षमा आइडलको नतिजा ल्याउन उनी केहीदिन देखी आफन्त, इष्टमित्र, शुभचिन्तकलाई भेट्न ब्यस्त छिन् । सावित्रीलाई भोट दिन मोबाईलको म्यासेज बक्समा 6pi टाइप गरेर एक स्पेस छाडी 1 लेखेर 33001 मा पठाउन सकिन्छ । साथै अधिकारीले प्रदेश नम्बर ५ बाट आफु एक्ली प्रतिष्परधि...
फाल्गुन १८,नेपालगन्ज।नेपाल प्रेस युनियन बाँकेले आज होली कार्यक्रम भब्य रुपमा मनाएको छ। सभ्य र भब्य रुपमा होली मनाऔ भन्ने मुल आवाजका साथ नेपालगन्जको ड्रिमल्याण्ड होटेलमा युनियन बाँकेले मनाएको हो। होली बिशेष कार्यक्रममा नेपाल प्रेस युनियनका बाँके अध्यक्ष जय नारायण शाह, बरिष्ठ पत्रकार निरज गौतम, नरेन्द्र थापा,तुला अधिकारी,रूपन ज्ञवाली,नबीन गिरी , लगायत थुप्रै युनियनका सदस्यहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सबै युनियनका सबै पत्रकारहरुले एक आपसमा होली खेल्दै शुभकामना आदानप्रदान गरेका थीए। ...
एजेन्सी, मुम्बई, १६ फागुन । विश्वभरका आफ्ना करोडौँ फ्यानलाई रुवाउँदै बलिउडकी प्रख्यात अभिनेत्री श्रीदेवी जिन्दगीको अन्तिम यात्रामा निस्केकी छन् । करोडौँ फ्यानको मन मष्तिष्कमा बस्न सफल उनलाई बेहुली जस्तै सजाएर शव यात्रा मुम्बईबाट निकालिएको हो । बलिउडकी ‘चाँदनी’ श्रीदेवीलाई सेतो फूलले सजाइएको ट्रकमा राखेर अन्तिम यात्रामा निकालिएको हो । यसभन्दा पहिले श्रीदेवीलाई बेहुली जस्तै रातो कपडाले सजाइएको थियो । श्रीदेवीको अन्तिम दर्शनका लागि लाखौँ मानिससहित बलिउडका चर्चित हस्तीहरु मुम्बईको सेलिब्रेशन स्पोर्ट्स...
फाल्गुन १३,नेपालगन्ज। वलिउडकि नायिका श्रीदेविको निधन भएको छ । गए राती ५४ वर्षको उमेरमा उनको युनाइटेड अरव इमीरेटसको दुबईमा निधन भएको हो ।श्रीदेवि विवाह समारोहमा सामेल हुनको लागि आफ्नो परीवारको साथमा दुबई गएकी थिइन् । उनको निधन कार्डिएक अट्याक बाट भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन। ...
फाल्गुन ८, नेपालगन्ज। कोहलपुर ब्यापारिक महोत्सवमा आज नेपालकै चर्चित राष्ट्रिय कलाकार नेपालका चर्चित गायिका दुर्गेश थापा, नविन पौडेल र प्रकाश कँडेल लगायतको प्रस्तुति सहित स्थानिय कलकारहरुको समेत सहभागिता रहने महोत्सबका प्रचार प्रसार बिभाग प्रमुख ईश्वर श्रेष्ठले बताएका छन। कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा जारी ब्यापारिक महोत्सवबाट संकलित भएको रकमबाट कोहलपुर उद्योग वाणिज्य संघको अत्याधुनिक भवन निर्माण गर्ने लक्ष्य रहेको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले बताएका छन् । साथै उनले...
फाल्गुन ४, नेपालगन्ज । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ को शुक्रबार नेपालका चर्चित गायक रामजी खाँडले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए । गायक रामजी खाँडले “मन परेको मान्छेका नाम दिलमा राखिन्छ” गीतबाट सुरु गरी दर्शकहरुलाई नचाएकी थिए । साथै उनले अमिलो रसैले सानु, फुल फुलेर पहेलै भयो, झम्के मायाले, छलछल पानी गाग्रीमा, हावा चल्यो सरर लगायत गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । त्यस्तै...
माघ २९, नेपालगन्ज । मित्र के सि को “अलि नजिक सरन माया गरन” बोल को गीत सार्वजनिक नेपालि गीत संगीतको बजारमा एक पछि अर्को तर फरक फरक ढंगले गीतलाई दर्शक/ श्रोता माझमा प्रस्तुत गर्दै आएका युवा तथा कुशल संगीतकार तथा गायक मित्र के सि ले फेरी अर्को गीत बजार मा ल्याएकाछन । मित्र के सि को आवाजमा रहेको नयाँ डान्सिङ “अलि नजिक सरन माया गरन” बोल को गीत सार्वजनिक...
माघ २६,नेपालगन्ज। कोहलपुर औधोगिक ब्यापार मेलाको आज उद्घाटन हुदैछ। नेपाल उद्योग बाणिज्य महासंगकी अध्यक्ष भबाणि राणा द्वारा उद्घाटन हुने ब्यापारिक मेलामा दुईसय ८ वटा व्यवसायिक स्टलहरु रहेका छन् । ५० वटा कृषि, जडीबुट, महिला लगायतका घरेलु, १८ होटेल, १५ सूचना प्रविधि, ८ वटा अटोपार्टस् र ११ वटा स्टल थारु गाउँका लागि बुकिङ्ग गरिएको र व्यवसायिक हरुमध्ये पनि ७० वटा लत्ताकपडाका स्टलहरु समेत रहेका छन। कोहलपुर उद्योग वाणिज्य संघको बहुआयामिक भवन निर्माणका लागि आयोजना गरिएको मेलाबाट स्थानीय...