मनोरञ्जनमा रहेका समाचारहरु

कोहलपुर ब्यापार मेलाको तयारी तिब्र

माघ २४,कोहलपुर।२६ गते देखि संचालन हुन लागेको कोहलपुर औद्योगिक व्यापार मेलाको ९५ प्रतिशत तयारी पुरा भईसकेको मेला आयोजक कोहलपुर उद्योग वाणिज्य संघले आज पत्रकार सम्मलेन गरी जानकारी दिएको छ। कोहलपुर उद्योग वाणिज्य संघको बहुआयामिक भवन निर्माणका लागि आयोजना गरिएको मेलाबाट स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई अगाडी लिएर आउने मेला आयोजक समितिका संयोजक चक्रबहादुर अधिकारीले जानकारी दिए। ‘उपभोक्ता र व्यवासायीहरुको जम्काभेट गराउनेछ, जहाँ सस्तोमा उपभोक्ताले सामग्रीहरु खरिद गर्न सक्नेछन,’ अध्यक्ष...

लक्ष्मणपुर मेलामा बुधबार ४० हजार सहभागी, कवालीमा रमाए दर्शक

नरैनापुर, माघ १७ । बाँकेको लक्ष्मणपुरमा पाँच दिनदेखि जारी धार्मिक, सांस्कृतिक एवम् व्यापारिक मेलामा पाँचौ दिन आज बुधबार हजारौं मानिसहरु सहभागी भएका छन् । धार्मिक प्रबचनदेखि कवाली गायनसंगै व्यापारिक किनमेल हुने मेलामा पाँचौ दिन ४० हजार मानिसले मेला हेरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बताए । कवाली, सर्कस, जादु र विभिन्न मनोरञ्जनात्मक खेलसंगै किनमेलका लागि मानिसहरु भारतका बहराइच, लखनऊ, मुम्बई, राजस्थान, श्रावस्ती लगायतका ठाउँबाट आउने गरेको साहले जानकारी दिए ।...

चलचित्र ‘मंगलम’ यही आउ“दो फागुन २५ गतेदेखि

माघ १५,नेपालगन्ज।चलचित्र ‘मंगलम’ यही आउ“दो फागुन २५ गतेदेखि नेपालअधिराज्य भर प्रदर्शनमा आउने भएको छ ।छविराज प्रोडक्सनको व्यानरमा निर्माण भएको मंगलम चलचित्रमा नायिका शिल्पा पोखरेल रहेका छन् भने कार्यकारी निर्माता छविराज ओझाको रहेका छ । मंगलम चलचित्र फागुन २५ गतेदेखि आउने भएपछि चलचित्रका सम्पुर्ण युनिट टिम प्रचारप्रसारमा लागेका छन्। मंगलमले शुभ कार्य गरेको संकेत गर्दै युनिट टिम आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गराएका छन् । नवल नेपालको निर्देशनमा तयार...

टाइगर जिन्दा है : भू-राजनीतिक सन्देश कि कमाउने मेलो ?

ईश्वर अर्याल मध्यपूर्व, कतिपय उत्तरी अफ्रिकी देशहरु र स्वाभाविक रुपमा साउथ एसियन देशहरुमा एकछत्र राज गर्ने बलिउड फिल्मका ’खान’ हिरोहरुको फिल्ममा आजकल राष्ट्रिय स्वार्थसहित अन्तराष्ट्रिय समन्वय र भाईचारा पनि प्रदर्शन गरिएको पाईन्छ । सन् १९९९ को भारत पाकिस्तानबीचको पछिल्लो रक्तपातपूर्ण लडाइँ पछि भारत र पाकिस्तानको दुश्मनी राजनीतिक तहमा मात्र सिमित भएन । समग्र भारतीय फिल्म उद्योग भारतको राष्ट्रिय स्वार्थमा समर्पित रह्यो । गदर, बोर्डर, दिवार जस्ता फिल्महरुमा भारतको स्वाभिमानलाई उँचो देखाउँदै पाकिस्तान...

चलचित्र मन त परदेशी चाडै बजारमा आउदै

पुस ९,नेपालगन्ज।चलचित्र प्रेस मिट नेपाली कथानक चलचित्र मन त परदेशी यही पौष १४ गतेबाट देशभर प्रर्दशनमा आउने भएको छ ।प्रचार प्रसारको लागि नेपालगन्ज आइपुगेको चलचित्रको टिमले पत्रकार सम्मेलन गरेर चलचित्र मन त परदेशी एकदमै राम्रो निर्माण भएको जानकारी दिएको हो । चलचित्रका निर्माता दुर्गा बहादुर खड्काले चलचित्रमा बेरोजगार युवाको कथा बस्तु समेटिएको बताउनुभयो । बाँके, बर्दिया र कतारमा दृव्यहरु छायांकन गरिएको चलचित्रले लगानी उठाउने आफुहरु आशावादी रहेको उहाँको भनाई रहेको...

प्रदेशकै एक मात्र सीनेमा घर सञ्चालनमा

 पुस ८, सुर्खेत।   प्रदेशकै सुविधासम्पन्न चलचित्र घर सञ्चालनमा आएको छ । वीरेन्द्रनगरमा रु साढे चार करोडको लगानीमा निर्माण गरिएको ‘लक्ष्मी चलचित्र मन्दिर’को पूर्वमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभयो ।   अत्याधुनिक प्रविधियुक्त सुविधा भएको उक्त चलचित्र घरको प्लाटिनम र गोल्ड गरी २४० सिट क्षमता रहेको र थ्रि–डी र एच–डी दुवैस्तरमा चलचित्र हेर्न सकिने प्रबन्ध निर्देशक सुमित गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार चलचित्र घरको बाहिर आवश्यक सवारी पार्किङ तथा भित्र क्याफे र आधुनिक प्रणालीको...

नायिका रेखा थापा आज नेपालगन्ज आउदै

नेपालगन्ज, ७ पुस ।  पटक पटक सांस्कृतिक कार्यक्रममा आउने गरेकी कलाकार रेखा थापा छुट्टै अभियान लिएर नेपालगन्ज पुगेकी छन् । फिल्म क्षेत्रकी हस्ती नायिका रेखा बाल विवाह विरुद्धको अभियानका लागि नेपालगन्ज पुगेकी हुन् । नेपालगन्जमा बाल विवाह अन्त्यका लागि आज शुक्रबार संकल्प सम्मेलन हुंदैछ । नितान्त फरक ढंगले आयोजना गरिएको यो कार्यक्रमका लागि युवा उत्प्रेरक नर बहादुर कार्कीले नायिका रेखा थापालाई अभियानसँग जोडेर नेपालगन्ज ल्याएका हुन् । कार्यक्रमको निम्ता पाए देखि नै...

‘रेश ३’मा सलमानले रिप्लेस गरेपछि यसो भन्छन् सैफअली

नेपालगन्ज । बलिउडमा नायक सैफअली खानको चर्चा ‘रेश’ नामक चलचित्रका कारण पनि भयो । अब्बास मस्तानको निर्देशनमा तयार भएको चलचित्र ‘रेश १ र २’मा सैफ नै मुख्य भूमिकामा थिए । तर, अब ‘रेश ३’ पनि बन्ने पक्का भएको छ । तर, चलचित्रको तेश्रो संकरणमा भने सैफ मुख्य नायकको रुपमा देखिने छैनन् । यो चलचित्रमा नायक सलमान खान मुख्य भूमिकामा देखिनेछन् । साथमा उनलाइ ज्याकलिन फर्नान्डेजले साथ दिनेछिन् । सलमानले ‘रेश ३’मा रिप्लेस...

प्रेम, रोमान्स र एक्सनसहित सार्वजनिक भयो ‘प्रेम गीत २’ को ट्रेलर

नेपालगन्ज । नेपाली फिल्म क्षेत्रमा प्रतिक्षित बनेको चलचित्र ‘प्रेम गीत २’ को ट्रेलर सार्वजानिक भएको छ। काठमाडौमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजानिक गरिएको हो। सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स र एक्सन जस्ता कुराहरुलाई समेटिएको छ। आशुसेन फिल्मस् को ब्यानरमा तयार भएको ‘प्रेमगीत २’लाई सन्तोष सेनले निर्माण गरेका हुन्। फिल्ममा रामशरण पाठकको लेखन तथा निर्देशन रहेको छ। २०७२ मा प्रदर्शन ‘प्रेम गीत’को सिक्वेलको रुपमा निर्माण भएको फिल्म ‘प्रेम गीत २’ मा प्रदिप खड्का, अश्लेशा...

‘बाहुबली २’ ले तोड्यो सबै रेकर्ड, पहिलो दिनमै गर्यो यस्तो कमाइ

नेपालगन्ज । भारतीय फिल्ममध्ये ‘बाहुबली–२’ले नयाँ रेकर्ड कायम गरेको छ । फिल्मले रिलिज भएको पहिलो दिनमा सबैभन्दा बढी कमाइ गर्ने रेकर्ड राखेको हो । यसभन्दा पहिले शाहरुख खान अभिनित ‘रइश’ले रिलिजको पहिलो दिनमा सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड बनाएको थियो । ‘रइश’ले पहिलो दिनमा २०.४२ करोडको कमाइ गरेको थियो । ‘बाहुबली २’ भने पहिलोदिनमै १०० करोड कमाइ गरिसकेको दावी गरिएको छ । भारतीय फिल्म समीक्षक तरुन आदर्शले ट्वीट गर्दै ‘बाहुबली २’ ले...