कोहलपुर औद्योगिक व्यापार मेलामा रामजी खाँडले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए
प्रकाशित मिति : २०७४, ४ फाल्गुन शुक्रबार २०:२३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाल्गुन ४, नेपालगन्ज । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा जारी कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ को शुक्रबार नेपालका चर्चित गायक रामजी खाँडले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए ।
Advertisement
गायक रामजी खाँडले “मन परेको मान्छेका नाम दिलमा राखिन्छ” गीतबाट सुरु गरी दर्शकहरुलाई नचाएकी थिए । साथै उनले अमिलो रसैले सानु, फुल फुलेर पहेलै भयो, झम्के मायाले, छलछल पानी गाग्रीमा, हावा चल्यो सरर लगायत गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।
त्यस्तै गायिका प्रिति आलेले “पसिना आए छन् निधारै मै तिम्रो, तिम्रो बेहुलिलाई, मन परेको जुता पो जुता, हेन भने ठिकै छ खालि खुट्टा” लगायतका गीतहरु गाएर दर्शकहरुलाई नचाएकी थिइन् ।
त्यस्तै नेपालीकी नव गायिका रेशमा पुनले “म पहाडको मायाले गुरास फुलेको, तिम्रो आँखाको” लगायत गीतहरु गाएकी थिईन् । शुक्रबार करिब १५ हजार दर्शकहरुले अवलोकन गरेको महोत्सव मुल समारोह समितिका सदस्य सचिव तेज प्रसाद अधिकारीले जनाएका छन् ।
महोत्सवमा शनिबार राष्ट्रिय कलाकार नेपालका चर्चित गायक बद्री पंगेनी, हेमन्त शर्मा, हाँस्यकलाकार रमेश दुवाल, गायिका सपना शाही लगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।
यस्तै कोहलपुरमा रहेको त्रिभुवन नमूना माध्यामिक विद्यालयकी छात्रा गरिमा रोकायलाई कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०७४ का मुख्य प्रायोजक शिखर गु्रप अफ इण्डस्ट्रीजका संचालक चम्पालाल बोथराले चारपाङ्गे साईलक र शिखर ब्राण्डको चाँदीको सिक्का हस्तान्तरण गरेका थिए ।