सलमान खाँनको ५० हजार भारुमा धरौटी मन्जुर
प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार १६:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२४ चैत्र।बलिउड अभिनेता सलमान खान भारू ५० हजार अर्थात नेपाली ८० हजार धरौटीमा छुटेका छन्।
Advertisement
गत बिहिबार कोर्टले उनलाई ५ वर्षको जेल सजाय सुनाएको थियो। उनलाई कालो हरिण सिकारको मामिलामा सजाय दिइएको हो।
उनले केसको सुनुवाई गर्न कोर्टमा अपिल गरेका थिए।
सलमानको अपिलमा शनिबार सुनुवाइ गर्दै जोधपुर सेशंस कोर्टका न्यायाधीश रवीन्द्रकुमार जोशीले सलमानलाई जमानत दिने फैसला गरेका हुन्।
सलमानलाई न्यायाधीशले रिहाइ गर्न फैसला गरेसँगै उनलाई जेलबाट बाहिर निकाल्ने प्रक्रिया सुरू भएको छ। अदालतले उनलाई कुनैपनि बेला उपस्थित हुन आदेश दिएको छ।
सन् १९९८ मा ‘हम साथ साथ हे’ फिल्मको सुटिङको समयमा राजस्थानका स्थानीयले पवित्र मानेर पूजा गर्ने (कालो हरिण) को सिकार गरेको आरोप उनीमाथि लागेको थियो।