बिजनेसमा रहेका समाचारहरु
विजय मल्ल/कम्दी(बाँके),२ माघ । प्रविधिमा आएको विकाससगैं यसले हाम्रो जिवन सहज र सरल बनाएकोछ। हाम्रो जिवनशैलीसंग प्रत्येक्ष जुडिएको प्रविधीले जसरी हाम्रा दिनहुँ दिनचर्यालाई सहज र सरल बनाएको छ त्यसरी नै यसले पारेको नकारात्मक प्रभाव झन् खतरनाक छन् । यदि तपाई ईन्टरनेटको पहुँचमा हुनुहुन्छ भने पक्कै तपाई सामाजिक सञ्जाल तथा युटुवमा घण्टौं झुण्डिनुहुन्छ । साथीभाईसँग कुराकानी गर्ने, नयाँ कुरा र जानकारीलाई पोष्ट, सेयर, कमन्ट र लाईक गर्ने कार्यमा नै बढि व्यस्त...
काठमाडौँ, १ माघ । काठमाडौँ, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्षहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा अनियमितता भएको भन्दै उजुरी दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी मदन कोइरालाले अनियमितता भएको भन्ने उजुरी आयोगमा परेकाले सोमबारदेखि आयोगले प्रारम्भिक छानबिन शुरु गरेको जानकारी दिनुभयो । उजुरी परेपछि त्यसमा छानबिन गर्नु आयोगको कर्तव्य भएको बताउँदै उहाँले त्यसबारे युवा तथा खेलकूद मन्त्रालयमा छानबिन...
दार्चुला, १ माघ । दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र बरमुडेमा उत्खनन् शुरु गरिएको सिसाखानी विगत दुई वर्षदेखि रोकिएको छ । सिसाखानी उत्खनन् हुँदा गाउँमै रोजगारी पाउने आशामा बसेका स्थानीयवासी खानी उत्खनन् कार्य रोकिएपछि स्थानीयवासीमा निराशा छाएको छ । सिसा उत्खनन् शुरु गरेको ब्ल्याकहेड माइन्स प्रालि नेपाल सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । झण्डै डेढ वर्ष सम्भाव्यता अध्ययन र गुणस्तर मापन गरिसकेपछि सिसाखानी उत्खनन् शुरु गरिएको थियो । खानीबाट...
नीरज गौतम/नेपालगञ्ज, ३० पुस। घरायसी प्रयोजनका सामाज खरीद गर्न बाँकेको सीमापारि भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको प्रत्येक दिन घुइँचो नै लाग्ने गर्दछ । कारण एउटै हो, नेपालगञ्जभन्दा भारतीय बजार रुपैडिहामा सबै सामान सस्तो पाइन्छ भन्ने बुझाइ । यहाँका उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ नयाँ भने होइन । “हामीले नेपाली उपभोक्तामा जरो गाडेर बसेको यो बुझाइ तोड्न धेरै प्रयत्न ग¥यो, तर सफल भने हुन सकेका छैनौँ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका...
नवलपरासी, ३० पुस ।पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हँुदा भन्सार कार्यालयमा खटिएकाबाहेक कार्यालय वरिपरि घर भएका सर्वसाधारणले भन्सार कार्यालयको दैनिक काम काज गर्दै आएको पाइन्छ । यसैअन्तर्गत पश्चिम नवलपरासीको गुठीप्रसौनी छोटी भन्सार कार्यालयको दैनिक...
नेपालगन्ज,२८ पुस।हवाई इन्धनको मूल्यको घटेसंगै देशका आन्तरिक हवाई उडानको भाडा घटेको छ। आन्तरिक हवाई उडानका घटेको भाडा भोली आइतबारबाट लागू हुनेछ । नयाँ भाडादर अनुसार सबै भन्दा कम भाडामा काठमाडौं–सिमरा ३ हजार १ सय २० र अत्यधिक बढी भाडा अन्तर्गत काठमाडौं–धनगढीको १२ हजार ६ सय ७५ रुपैयाँ लाग्नेछ । नयाँ भाडादर अनुसार काठमाडौंबाट पोखरा ५ हजार ५० ,विराटनगर ७ हजार ५ सय ५०,जनकपुर ४ हजार ३ सय,भैरहवा ६ हजार २ सय, नेपालगञ्ज...
काठमाडौँ, २६ पुस। सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ । साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ । निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै...
देविराम कुसारी तुलसीपुर, २३ पुस । दाङकाे दंगिशरण गाउँपालिकाले इन्धनमा व्यापक अनियमितता गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष भागिराम चाैधरी र प्रशासकिय अधिकृत मार्सलकुमार वलीकाे मिलेमताेमा अनियमितता हुने गरेकाे गाउँपालिका कर्मचारी श्राेतले जानकारी दिएकाे छ । गाउँपालिकाका प्रशासकिय अधिकृत वलिकाे हस्ताक्षर भएकाे इन्धन कुपन अनियमित तरिकाले निजि माेटर साईकललाई समेत वितरण गरिएकाे प्रमाण फेला परेकाे छ । निजि गाडि वा माेटर साइकललाई कुपन वा तेल दिदा प्रकृया पुरा गर्नुपर्ने भए...
लमही(दाङ्ग), २२ पुस । दाङको राप्ती गाउँपालिका–२ बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आज बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागी हुँदा घर तथा घरमा रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । उहाँका अनुसार घरमा पालिएका २०० कुखुरा जलेर नष्ट...
धादिङ, २० पुस । गल्छीबाट मलेखुतर्फ जाँदै गरेका दुई मोटरसाइकलबाट अवैध चार किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–३ का २७ वर्षीय सञ्जीत वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो । प्रहरीले पृथ्वीराजमार्गको गजुरीमा सवारी जाँच गर्दा बा ८७ प ७७३१ र प्रदेश नम्बर ३ ०२–००३ प २५४०...