बिजनेसमा रहेका समाचारहरु

प्रदेश नम्बर ५ मा खरिद गरिएका गाडीमा अख्तियारले शुरू गर्यो छानबिन

बुटवल । प्रदेश  नम्बर ५ र संसद सचिवालयका लागि खरिद गरिएका गाडीमा अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । प्रदेशसभाका विभिन्न समितिका सभापातिहरु र दलका नेताहरुका लागि खरिद गरिएको टाटा स्ट्रोम कम्पनीका गाडीको खरिद सम्बन्धमा अख्तियारले अनुसन्धान सुरु गरेको हो । प्रदेशको सार्बजनिक लेखा समितिले पनि उपसमिति बनाएर अनुसन्धान गरिरहेको छ । गाडी खरिदमा भएको अनियमितताबारे उजुरी परेपछि अख्तियारको कार्यालय बुटवलले अनुसन्धान सुरु गरेको हो । ‘सञ्चारमाध्यममा समाचार आएकैबेला...

घुस सहित अख्तियारकै कर्मचारी पक्राउ

नेपालगन्ज।घुस लिईरहेको अवस्थामा अख्तियारकै कर्मचारी नेपालगन्जबाट रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीलाई आयोग केन्द्रिय कार्यालयबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो । अधिकारीलाई ४ लाख घुससहित अख्तियार टोलीले रंगेहात पक्राउ गरेको बूझिएको छ । पक्राउ परेका अधिकारीलाई आवश्यक कारबाहीका लागि आइतबार केन्द्रिय कार्यालयमा लगिएको जानकारी प्राप्त भएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले भने पुष्टी गरेको छैन । आयोग...

माघेझरीले बाँके इट्टा व्यवसायमा साढे १४ करोड क्षति

कमल न्यौपाने ,नेपालगन्ज । बाँकेका इट्टा व्यवसायीले १४ करोड ४० लाख बराबरको क्षति व्यहोर्नु परेको छ । शुक्रबार भएको बर्षातले गर्दा यहाँका व्यवसायीले यस्तो क्षति व्यहोर्नु परेको हो । सिजनको मध्य भागमा भएको बर्षातका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु परेको इट्टा व्यवसायी दीपक अधिकारीले बताए । शुक्रबार भएको बर्षातले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० इट्टा व्यवसायीका सात करोड बढी काँचो इट्टा काम नलाग्ने गरी नष्ट पारेको उनले जानकारी...

नरैनापुरमा एक सय बिस क्विंटल हरियो केराऊ सहित दुई ट्याक्टर नियन्त्रणमा

नरैनापुर(बाँके), ११ माघ। नरैनापुरमा एक सय बिस क्विंटल हरियो केराऊ सहित दुई ट्याक्टरलाई प्रहरीले पक्राउ गरेको छ। गए राती ११ बजे भोज भगवानपुरको गस्तीमा गएको प्रहरी टोलीले चेक जाँच गर्दा भारत तर्फ लग्न लागिएको हरियो केराऊ र मसुरो नियन्त्रणमा लिएको हो। अबैध रूपमा भारत तर्फ लग्न लागिएको २४० बोरा हरियो केराऊ र ४० बोरा मसुरो सहित भे १ त ५०२८ र भे १ त ५५९९ नम्बरका ट्याक्टर सहित दुबै जना चालकलाई...

अख्तियारले शुरू गर्यो वाइडबडी विमान खरिदमा छानबिन

काठमाडौँ,११ माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्णय भएको अख्तियार स्रोतले जनाएको छ । ‘यसै साता आयोगको बैठकले वाइडबडी जहाज खरिद प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ, अनुसन्धान अधिकृतहरूसमेत तोकेर काम अघि बढिसकेको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘नेपाल वायुसेवा निगमबाट केही फाइल मगाइएको छ । त्यसको अध्ययनपछि...

४१ वटा सेवाका साथ वाणिज्य वैंक ५४ वर्षमा प्रवेस

देविराम कुसारी, तुलसीपुर, १० माघ । राष्ट्रिय वाणिज्य वैंक लिमिटेड ४१ वटा सेवाका साथ आज (मंगलवार) देखि ५४ वर्षमा प्रवेस गरेकाे छ । नेपालकाे एक नम्वर स्थानमा रहेकाे राष्ट्रिय वाणिज्य वैंकले ५४ औं वार्षिकाेत्सवका अवसरमा पुलचाैक, नक्साल र धरान गरि तीन वटा शाखालाई स्मार्ट शाखाका रुपमा विकास गर्ने भएकाे छ । वैंकले हाल विभिन्न ८ शर्षकमा थप स्मार्ट सेवा गरी ४१ वटा सेवा दिदै आएकाे छ । वैंकले निक्षेप सेवा...

प्रहरीलाई घुस नदिनुहोस्, दिनुभयो भने पक्राउ पर्न सक्नुहुन्छ!

नेपालगन्ज, १० माघ। तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान ! घुस नदिनुहोस् , प्रहरीले पक्राउ गर्न सक्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिलार्ई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर १२ गते चक्रपथ चल्ने बा२ख ३९२४ नं को भाडाको मिनीबसमा पाकेट मार्न खोज्दा समातिएका ललितपुरका सुवास थापालाई प्रहरीलाई रु एक...

फागुनदेखि बाँकेमा इट्टाको मूल्य बढ्दै

नेपालगञ्ज, ७ माघ । बाँकेमा फागुनदेखि इट्टाको मूल्य बढाइँदैछ । इट्टा बनाउन चाहिने कच्चा पदार्थ महँगो र कामदारको ज्याला बढेपछि यही फागुनदेखि लागूह हुने गरी मूल्य बढाउन लागिएको हो । इट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जियानुल खानले अब्बल इट्टाको मूल्य प्रति गोटा १५ रुपैयाँ हुनेछ भने लालपेटी र खञ्जडको मूल्य प्रति गोटा ११ कायम गरिएको छ । अहिले अब्बल इट्टाको मूल्य प्रति गोटा १३ रुपैयाँ छ भने लालपेटी र...

खजुरा उद्योग वाणिज्य संघको नयाँ तदर्थ समीति गठन, अध्यक्षतामा सुर्य वहादुर रानाभाट

नेपालगन्ज, ५ माघ । बाँकेको खजुरामा सुर्य वहादुर रानाभाटको अध्यक्षतामा खजुरा उद्योग वाणिज्य संघको नयाँ तदर्थ समीति गठन गरीएको छ । सक्रीय युवाहरुको अगुवाईमा आज २१ सदस्यीय नयाँ तदर्थ समीति गठन गरीएको हो । संघको उद्योग तर्फको उपाध्यक्षमा विज्ञान कक्षपति चयन हुनुभएको छ भने वाणिज्य तर्फको उपाध्यक्षमा मन प्रसाद रेग्मी चयन हुनुभएको छ । त्यस्तै, महासचिवमा कृष्ण भण्डारी, सचिवमा विवेक मल्ल र कोषाध्यक्षमा आशिष कुमार चौधरी चयन हुनुभएको छ । महिला सदस्यमा...

भारतबाट आएको अबैध सालको गोलिया सहित ट्र्याक्टर नियन्त्रणमा

नेपालगन्ज, ५ माघ । शसस्त्र प्रहरी बल नेपाल, हेड क्वाटर नम्बर ३० गण बाँकेले अबैध सालको गोलिया सहित ट्र्याक्टर नियन्त्रणमा लिई डिभिजन बन कार्यालय बाँकेमा बुझाएको छ । शनिबार बिहान करीब २ बजे तिर भारत तिर बाट अबैध सालको गोलिया काठ नेपाल ल्याउदै गर्दा डुडुवा गाउँपालिका – ६, मानपुरुवा बाट ६ थान सालको गोलियाका साथ खजुरा गाउँपालिका – ४ का ट्र्याक्टर चालक सियाराम लोनिया सहित ट्र्याक्टर नियन्त्रणमा लिएको शसस्त्र प्रहरी...