प्रविधिबाटै क्षमता प्रस्फुटन गर्दै डुडुवाका युवा कृषक
प्रकाशित मिति : २०७५, २ माघ बुधबार १७:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
विजय मल्ल/कम्दी(बाँके),२ माघ । प्रविधिमा आएको विकाससगैं यसले हाम्रो जिवन सहज र सरल बनाएकोछ। हाम्रो जिवनशैलीसंग प्रत्येक्ष जुडिएको प्रविधीले जसरी हाम्रा दिनहुँ दिनचर्यालाई सहज र सरल बनाएको छ त्यसरी नै यसले पारेको नकारात्मक प्रभाव झन् खतरनाक छन् ।
Advertisement
यदि तपाई ईन्टरनेटको पहुँचमा हुनुहुन्छ भने पक्कै तपाई सामाजिक सञ्जाल तथा युटुवमा घण्टौं झुण्डिनुहुन्छ । साथीभाईसँग कुराकानी गर्ने, नयाँ कुरा र जानकारीलाई पोष्ट, सेयर, कमन्ट र लाईक गर्ने कार्यमा नै बढि व्यस्त रहनुहुन्छ । यसो हो भने आफ्नो बुझाई र सोँच परिर्वतन गर्नुहोस् । यसबाट पनि ज्ञानगुणका कुरा सिक्न सकिन्छ र आफ्नो क्षमतालाई प्रष्फुटन गर्न सकिन्छ भन्ने उदाहरण बाँके डुडुवा गाँउपालिका वडा नम्बर ५ कम्दी स्थित छग्रहवाका नारायण चलाउनेले दिएकाछन् ।
कम्दीका १९ वर्षीय चलाउने नेपालगन्ज स्थित जिभिएन कलेजमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । सानै उमेरदेखि केही गर्नुपर्छ भन्ने सोँच राखेका उनी अरुजस्तै सामाजिक सञ्जालमा घोत्लिने गर्दैनथे । कलेजबाट फर्केपछि उनी मोबाईलमा युटुव चलाउदँथे । युटुवमा नयाँ–नयाँ कुरा खोजी खोजी गहन अध्ययन गर्ने चलाउनेले युटुवबाटै प्रभावति भएर यतिवेला आधुनिक प्रविधीयुक्त कुखुरापालन कार्यमा अघि सरेका छन् ।
आफूसगैका थुप्रै साथीहरु कोही रोजगारीका सिलसिलामा नेपालभित्र, भारत र अन्य देश गए । कोही विहेबारी गरे । साथीहरु रोजगारीका लागि घरगाँउ नै छाडेर जाँदा स्वदेशमै अझ आफ्नै गाँउघरमै केही गरेर बस्ने अठोट गरे ।
सोही अनुरुप अहिले उनले बाँकेको उत्तरपूर्वी क्षेत्र डुडुवा गाँउपालिका वडा नम्बर ९ कम्दी स्थित छग्रहवामा आफ्नै २ कठ्ठ जमिनमा आधुनिक कुखुरापालनका लागि खोर बनाइरहेका छन् ।
प्लस टु पढ्दै गरेका चलाउनेले कुनै खास सीप सिकेर यो कामको योजना बनाएका भने होइनन् । युट्युवमा कुखुरापालन गर्ने तरिका हेरेपछि त्यसबाट प्रभावित भएका चलाउनेले यतिबेला खोर बनाउने काम अन्तिम चरणमा पु¥याएका छन् ।
५५ सय कुखुरा पाल्न सकिने उक्त खोरमा पहिलो चरणमा ५ हजार कुखुरा पाल्ने उनले लक्ष्य लिएका छन् ।
किसान परिवारका उनी ४ भाइ मध्ये कान्छा छोरा हुन् । ‘अगाडी सवै दाईहरु विवाहित हुनुहुन्छ, आफ्नो अनुसारको ब्यवसाय गर्नुहुन्छ । मैले पनि केही गर्ने अठोट लिए र त्यही अनुरुप अघि बढिरहेको छु’ चलाउनेले आफ्नो अनुभव सुनाए ।
उनको खोर पनि अन्यभन्दा खास बन्दै छ । बाहिरी वातावरण जस्तो सुकै भएपनि भित्र सधै एकै प्रकारको वातावरण हुने खोर निर्माण गर्दैछन्, जसका लागि आवस्वयक पर्ने एक्जाष्ट फ्यान, कुलिगं फ्यान, मौसम नियन्त्रण गर्ने मेशिनहरु जडान गर्दैछन् ।
१० लाख लगानी लगाएर निर्माण गर्न लागिएको उक्त खोरको कार्य माघ मसान्त सम्म सकिने र फाल्गुन पहिलो साता कुखुरा राख्ने योजना बनाएका चलाउने ‘बाँके जस्तो कुखुराका लागि मौसम प्रतिकुल भइरहने जिल्लामा यस्तो खोर प्रभावकारी हुने भएपछि आधुनिक शैलीको खोर बनाउन थालेको बताए ।’
५ लाख ऋण र ५ लाख आफ्नै रकम खर्चिएका चलाउनेको यस्तो कार्यले रोजगारीमा
भौतारिरहेका युवाका लागि उदाहरणीय पाठ हो ।
उनले पहिलो पटक सामान्य तरिकामा १६ वर्षको उमेरदेखि नै कुखुरापालनमा लागेका थिए । सुरुमा कम लगानीमा गरेको कुखुरा पालनबाट फाइदा आएपछि हौसियका चलाउनेले न्यू बाँके पोल्ट्री फर्म दर्ता गरि विधिवतरुपमा अघि बढेको बताए ।
उनी भन्छन् ‘मेहेनत गरेपछि सफल असफल दुवै भइन्छ । तर आफूले गर्न लागेको कार्यमा दत्तचित्त भइ लगनशिल भएर अघि बढे सफल हुनेमा विश्वास ब्यक्त गरे ।
आफ्नो पोल्ट्री फर्मबाट उत्पादन गरिएको कुखुरा बाँके जिल्लामै खपत गराउने उनको योजना छ । चलाउनेका बुवा भिमबहादुरले छोराले केही गर्छु भनेर अघि बढेपछि साथ र सहयोग गरेको बताए ।