बिजनेसमा रहेका समाचारहरु
नेपालगन्ज,१९ पुस ।पौष २६ देखि माघ ८ गतेसम्म नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ को तयारी तीव्र पारिएको छ। एजी सर्भिस प्रा.लिको आयोजनामा नेपालगन्जको कारकाँदो चोक राधाकृण्ण मन्दिर नजिकैको प्रांगण मा गर्न लागेको महोत्सवको तयारी तीव्र पारिएको हो । नेपालगन्जमा विहिवार पत्रकार सम्मेलन गरि दिईएको जानकारी अनुसार महोत्सव स्थलको निर्माण कार्य बाहेक अन्य सम्पुर्ण तयारी अन्तीम चरणमा पुगेको प्रचारप्रसार समितिका संयोजक सुनिल रेग्मीले जानकारी दिए । यहि पौष २६...
काठमाडौँ, १९ पुस । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । राखेपका सदस्य सचिव केशवकुमार विष्टले परिषदको पहलमा आइसिसीले राखेपमार्फत दुई वर्ष (सन्...
नेपालगन्ज,१५ पुस। लोसार दिवशको अवसरमा नेपालगन्जका मेयर डा. धवल शमशेर राणाले आफ्नो तलब भत्ता हस्तान्तरण गरेका छन्। आफ्नो तलब भत्ता सहयोग गर्दै आएका मेयर डा. राणाले आइतबार ” तमु हयूल छौ धी” गुरुङ्ग राष्ट्रिय परिषद् बाँकेलाई आफ्नो तलब भत्ता बराबरको ५० हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरण कार्यक्रम मेयर डा. राणाले लोसार पर्बको शुभकामना दिदै आगामी दिनमा संस्थाको प्रगतिको कामना समेत गरेका छन्। यसैगरी नेपालगन्ज वडा नम्बर २ का अध्यक्ष...
नेपालगन्ज, १४ पुस । महिन्द्राको नयाँ उत्पादन एक्सयुभी ३०० यहि नयाँ वर्षमा २०१९ मा आउने भएको छ । भारतीय अटो कम्पनी महिन्द्रा एण्ड महिन्द्राले नयाँ वर्षको शुरुवातसँगै फेब्रेवरीमा आफ्नो नयाँ उत्पादन एक्सयुभी३०० लाई सार्वजनिक गर्ने भएको हो । यसका लागि सबै तयारी पुरा भइसकेको समेत कम्पनीले बताएको छ । मार्जोज् जस्ता विश्वस्तरिय एमयुभी गाडी बजारमा ल्याईसकेको महिन्द्राले पछिल्लो समय एसयुभी गाडी उत्पादनमा जोड दिएको देखिन्छ । यसअघि महिन्द्राले एसयुभी सेग्मेन्टमै...
काठमाडौँ, १२ पुस। वैदेशिक रोजगारमा जाने व्यक्तिको नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका छमध्ये तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतमा भएको थुनछेक आदेशमा धरौटी माग भएका अन्य तीनमध्ये एकजना धरौटी तिरेर निस्किएका छन् भने दुई जना धरौटी तिर्न नसकेपछि कारागार चलान भएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । प्राइम लाइफ इन्सुरेन्स कम्पनीमा काम गर्ने प्रकाश रेग्मीसहितका व्यक्तिले विभिन्न ५७४...
नेपालगञ्ज, १२ पुस । भारतबाट आयात गरिएको ६७ लाख मूल्य बराबरको चिनी भन्सारमै थन्किएको छ । एक लाख ४४ हजार किलो चिनी चार महिनादेखि नेपालगञ्ज भन्सारमै थन्किएको हो । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएछि उक्त परिणामको चिनी भन्सारमै रोकिएको हो । गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि यस क्षेत्रका लागि दशैँ र तिहारलाई लक्षित गरी ल्याइएको ६७ लाख २० हजार मूल्य बराबरको चिनी...
तुलसीपुर, १० पुस । सरकारी वायु सेवा कम्पनी नेपाल एयरलाइन्सले दाङमा दैनिक नियमित हवाई उडान भर्ने भएको छ। नियमित उडान सुरु गरेको एयरलाइन्सले दैनिक उडान कार्यतालिका सार्वजनिक गरेको छ। पुस ११ गते देखि काठमाडौ दाङ दैनिक उडान भर्ने तयारी भएको नेपाल बायुसेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामाले बताए। यस अघि हप्तामा तीन दिन उडान भर्दै आएको थियो। सुरुमा नियमित हप्तामा दुई दिन उडान गर्दै आएको नेपाल एयरलाइन्सले यात्रुको चाप...
नेपालगन्ज,९ पुस । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्वर ४ ले असहाय विद्यार्थीहरुलाई ड्रेस र बर्ष दिनलाई खाजा खर्च वितरण गरेको छ । वडा नम्वर ४ स्थित खेल्दै सिक्ने केन्द्रका बिपन्न विद्यार्थीहरुलाई वडाबाटै ड्रेस र खाजा खर्च बापत् ५० हजार रुपैयाँ बराबरको सहयोग गरिएको हो । वडाले १५ जनालाई ड्रेस हस्तान्तरण गर्नुका साथै एक बर्षको खाजाक लागि पैसा उपलब्ध गराएको छ । वडा नम्वर ४ का अध्यक्ष मोहम्मद सफिक...
कालीकोट, ९ पुस। कालीकोट जिल्लाको पलाता गाउँपालिका १ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ठूलो क्षति भएको छ। करिब १० बजेदेखि सुरु भएको आगो आज दिउसो १२ बजेमात्र नियन्त्रणमा आएको छ। न्यौपाने बस्तीमा आगलागी हुदा ७८ घर जलिसकेको बताइएको छ । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने बस्तीमा आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ । राति सल्किएको आगोले गाउँका सबै...
नेपालगञ्ज,७ पुस। नेपालगञ्जको वडा नम्बर ४ ले गणेशपुर स्थित मदरसा दारुलउलुम गुल्सने मदिनाको निरिक्षण गरेको छ। वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाको नेतृत्वमा सबै जनप्रतिनिधिहरुले मदरसाको निरिक्षण गरेका हून्। मदरसा व्यवस्थापन समितिले जनप्रतिनिधिको भब्य स्वागत गर्दै मदरसामा हुने गतिविधि लगायत समस्याहरुको जानकारी गराएको थियो। कक्षा ४ सम्म अनुमति पाएको मदरसामा हाल २ सय ८ विद्यार्थीहरुले ...