बिजनेसमा रहेका समाचारहरु

गण्डक जलविद्युत्मा दुई महीनादेखि विद्युत् उत्पादन बन्द

पश्चिम नवलपरासी, ५ पुस । पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको छ । नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी भारतीय गण्डक नहरमा पानी बन्द भएका कारण नहरमा आवश्यकताअनुसार पानी नहँुदा विद्युत् उत्पादन गृहमा लामो समयदेखि विद्युत् उत्पादन बन्द हुन पुगेको हो । कार्यालयका अनुसार भारतीय पक्षले गण्डक नहरमा गत कात्तिक ६ गतेदेखि नहरमा पानी बन्द गरेपछि नहरमा आवश्यक पानी नहँुदा...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, ३ पुस । सरकारले पेट्रोलियम पदार्थमा मूल्य घटाएको  छ । सरकारले गए राति १२ बजे देखिनै लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई- दुई रुपैया घटाएको छ।  नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको छ। यसैगरी निगमले निगमको डिपो÷बिक्री केन्द्रदेखि...

किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, ३ पुस। पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । फाईल तस्बिर कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्राप्त रु सात करोड ४९ लाख चार हजार राहत अनुदान हालसम्म किसानलाई वितरण गरिएको छैन । सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले किसानलाई राहत अनुदान रकम वितरणका लागि जिल्लामा पठाएको थियो । सरकारले झन्झटिलो प्रक्रिया निर्धारण गरेपछि किसान सो अनुदान पाउनबाट वञ्चित हुन परेको...

६ सय केजी गाँजा,पाँच थान हतियार सँगै सात लाख रुपैयाँ बरामद

धादिङ.२९ मंसिर। धादिङबाट करिब ६ सय केजी गाँजा, पाँच थान हतियारको साथमा नगद करिब सात लाख रुपैयाँ बरामद गरेको छ। बेनिघाट रोराङ गाउँपालिका २ स्थित ओवाङको एक घरबाट प्रहरीले पाँच सय ७० केजी गाँजा र पाँच थान बन्दुक, सात लाख ५० हजार रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको हो। गाउँमा गाँजाको अवैध कारोवार भइरहेको सूचनाको आधारमा ३ नम्बर प्रदेश प्रहरी कार्यलय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय धादिङबाट...

३३ किलो सुनसहित भारतबाट दुई नेपाली पक्राउ

काठमाण्डौ,२९  मंसिर। गृह मन्त्रालयले ३३ किलो सुनसहित भारतबाट दुई नेपाली पक्राउ परेको जानकारी दिएको छ। गृहका अनुसार पक्राउ पर्नेमा इटहरीका हेमप्रसाद शर्मा र राकेश प्रसाद रहेका छन्। दुबै इटहरीका भएको गृहको दाबी छ। गृह स्रोतले दुबैलाई भारतको डाइरेक्ट टोरेस्ट रेभिन्यू इन्टेलिजेन्स ब्युरोले गत डिसेम्बर ७ तारिखमा पक्राउ गरेको जानकारी दियो। ब्युरोले दिल्ली–कोलकाता राजमार्गस्थित दनकुनी प्लाजाबाट मारुती स्वीफ्ड गाडी नियन्त्रण लिएर सुन बरामद गरेको मन्त्रालयले जनाएको छ। उक्त सुन गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

एयर एसियाले बुझाएको १२ वटा चेक बाउन्स, १० वटा हरायो

काठमाडौँ, २९ मंसिर ।  मलेसियाको एयर एसियाले नागरिक उड्डयन प्राधिकरणलाई करिब ४० करोड रुपैयाँ बक्यौता बापत बुझाएको १२ वटा चेक बाउन्स र १० वटा हराएको रहस्य खुलेको छ । ती चेकको कुल रकम ११ करोड २९ लाख ७७ हजार ६ सय ९५ रुपैयाँ छ । नेपाली कामदारलाई लक्षित गर्दै ६ वर्षअघि क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर रुटमा सस्तो भाडादरमा वाइडबडी विमान उडान थालेको एयरलाइन्सले त्रिभुवन विमानस्थलमा २०६९ देखि ०७४ सम्म अवतरण (ल्यान्डिङ), पार्किङ (बिसान), एयर नेभिगेसन (सञ्चार...

नेपालगञ्जमा आजदेखि खाद्यमेला शुरु

नेपालगञ्ज, २८ मंसिर । परम्परागत खाद्य वस्तु प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि नेपालगञ्जमा खाद्य मेला सुरु भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले बर्षेनी आयोजना गर्दै आएको खाद्य मेलाको आज कृषि तथा पशुपंछी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै राज्य मन्त्री चौधरीले अहिलेको आवश्यकता परम्परागत मौलिक खाद्य उत्पादनहरुको संरक्षण र प्रवद्र्धन रहेको बताउनुभयो । उहाँले आफ्ना परम्परागत खानाका परिकारहरुको उपभोगलाई प्राथमिकता दिन पनि सबैलाई...

भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय

काठमाण्डौ,२८ मंसिर। सरकारले भारतीय २०० को नोट (आईसी)नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।  मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना...

मेयर डा. राणाले वडा नं ४ को मदरसा गौसिया जाउल इस्लामलाई बाँडे आफ्नो तलब भत्ता

 नेपालगञ्ज,२४ मंसिर।    नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले आफनो एक महिनाको तलव मुस्लिम अनाथ बालबालिकालाई प्रदान गर्नु भएको छ । आफुले पाउने तलवभत्ता ब्यक्तिगत प्रयोजनमा खर्च नगर्ने घोषणा गर्नु भएका नगर प्रमुख राणाले आज वडा नम्बर ४ स्थित अनाथ बालबालिका अध्ययनरत मदरसा गौसिया जाउल इस्लामलाई ५० हजार दिनु भएको हो । नगर प्रमुख राणाले जाडोमा न्यानो लुगा÷कपडा किन्नका लागि सो रकम प्रदान गर्नु भएको हो ।...

२ किलो सुनसहित एकजना नियन्त्रणमा

रसुवा,२४ मंसिर । प्रहरीले भन्सार छलेको २ किलो सुनसहित एकजनालाई नियन्त्रणमा लिएको छ । गोसाइँकुन्ड गाउँपालिका वडा नम्बर १ थोमनका ३५ वर्षीय निमा दोर्जे तामाङलाई २ किलो सुनसहित पक्राउ गरिएको हो। स्याफ्रुबाट काठमाडौं आउने क्रममा तामाङ सवार ना १ ज ६१७६ नम्बरको टाटा सुमोबाट सुन बरामद भएको हो । धुन्चेमा नियमित चेकजाँचमा सुन भेटिएको र मालागढी नाका हुँदै थोमनबाट सुन ल्याइएको पाइएको प्रहरीको प्रारम्भिक अनुमान छ । ...