बिजनेसमा रहेका समाचारहरु

मालपोत कर तिर्न दुई दिनको पैदल हिँड्नुपर्ने बाध्यता…

बाजुरा,२१ मार्तडी। सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका स्थानीय तहमा कर्मचारी अभावका कारण जनताले सास्ती भोग्दै आएका छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढवर्ष बितेको छ । स्थानीय तहसँगै प्रदेश र सङ्घीयताको निर्वाचन भएको पनि लामो समय बितिसक्यो । तर सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाका अधिकांश स्थानीय तहमा सचिव तहका कर्मचारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन् । तीन तहको निर्वाचन सम्पन्न भएको लामो समय बित्दा पनि स्थानीय तहले कर्मचारी...

गोली लागेर गम्भिर घाइते जेठारालाई पत्रकार कुसारीद्वारा एक लाख सहयोग

नेपालगन्ज,२१ मंसिर । अमेरिकामा बन्दुकधरीले गोली चलाउँदा अमेरिकामा घाइते भएका विनोद जेठारालाई दाङका पत्रकार देविराम कुसारी र अमेरिका निवासी उनका कान्छा भाइ टिकाबहादुर कुसारीले एक लाख आर्थिक सहयोग गरेका छन् । गोली लागि सख्त घाइते भएका जेठाराको उपचारमा आर्थिक समस्या भएपछि दाङका पत्रकार कुसारी र उनका भाइले नेपाली एक लाख ९१ रुपैयाँ नगद सहयोग गरेका हुन् । दुःख पर्दाको पीडालाई महसुस गरी आफूहरुले सहयोग गरेको कुसारी दाजुभाइले जानकारी दिए । कुसारी दाजुभाइले...

६ प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई आह्वान

काठमाडौं, २१ मंसिर । राष्ट्रिय वाणिज्य बैंकले प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका अन्य ६ प्रकारका सहुलियतपूर्ण कर्जा लिन सर्वसाधारणलाई आह्वान गरेको छ । सहुलियतपूर्ण कर्जा प्रक्रियाका लागि बैंकहरूले विभिन्न कागजपत्र र कार्य अनुभव खोजिरहेका बेला सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक(आरबीबी)ले कर्जा लिन बोलाएको हो । ‘हामीसँग लगानी योग्य पुँजी छ’, आरबीबीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भने ‘हामी ठूला परियोजनामासमेत लगानी गर्न सक्षम छौं ।’ ‘सरकारी बैंक भएकाले पनि हामी...

नेपालगन्जमा एक साथ दुईवटा फार्मेसीमा आगलागी हुँदा ६० लाख बढीको क्षति

नेपालगन्ज,२० मंसिर। नेपालगन्जमा एक साथ दुईवटा मेडिकल फार्मेसीमा आगलागी भएको छ। नेपालगन्ज मेडिकल कलेजको उत्तर गेट नजिकै  रहेका माया मेडिकल  र सफा मेडिकलमा गए राति आगलागी हुदा अनुमानित ६० लाख बढ़ीको क्षती भएको अनुमान गरिएको छ।  गए राति १० बजे तिर माया मेडिकल र सफा मेडिकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । दुई मेडिकलमा आगलागीबाट भएको क्षतिबारे एकिन जानकारी नआइसकेको भए पनि प्रहरी निरीक्षक रणवहादुर विष्टले माया...

नेपालगन्जमा उद्यमका लागि साझेदारी विकास कार्यक्रम मार्फत सहयोग

नेपालगन्ज, १९ मंसीर। नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित साझेदारी बिकास कार्यक्रममार्फत वडा न ८ का ११ वटा उद्यम समूहलाई सहयोग गरिएको छ । उपमहानगरपालिकाले हालै मात्र साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यवीधी २०७५ अनुसार गरीबीको रेखामुनी रहेका ब्यबसाय गर्न इच्छुकलाई मध्यनजर गर्दै ऋण कार्यक्रम सञ्चालनमा ल्याएको हो । वडा न ८ का १० वटा साझेदारी समूह र एक जनाको व्यक्तिगत समूहलाई ५ लाख २५ हजार बराबर रूपैयाको ऋण दिईएको उपमहानगरपालिकाका सामाजिक बिकास...

तुलसीपुरमा नयाँ होटेल एम्मी फुड ल्याण्ड सञ्चालनमा

तुलसीपुर, १८, मंसिर । तुलसीपुरमा नयाँ होटल सञ्चालनमा आएको छ । मालपोत कार्यालय रहेको घरमा रहेको होटेलको नेपाली काँग्रेसका प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले एक कार्यक्रमको बीच उद्घाटन गरेका हुन् । ग्राहकको चाहनालाई मध्यनजर गर्दै गुणस्तरिय फास्ट फुडको लागि होटल स्थापना गरिएको प्रोप्राईटर जागेश्वर खड्काले जानकारी दिए । होटलले होम डेलिभरी सेवाको पनि उपलब्धता भएको प्रोप्राईटर खड्काले बताए । करिब नौ लाख लागतमा होटल सञ्चालनमा आएको खड्काले जानकारी दिए । उक्त उद्घाटन...

आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाण्डौ,१८ मंसिर।नेपाल आयल निगमले आज (सोमबार )देखि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ २/२ रुपैयाँका दरले घटाएको हो।नयाँ मूल्य अनुसार पेट्रोलको भाउ प्रतिलिटर १ सय १२ रुपैयाँमा झरेको छ । यस्तै डिजल र मट्टितेल ९९ रुपैयाँ प्रतिलिटरमा झरेको छ । निगमले भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ घटाइएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग...

दाङ्गमा ६६ लाख रुपैयाँ हिनामिना गर्ने एक महिला पक्राउ

दाङ्ग, ११ मंसीर।दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट पक्राउ गरेको हो । चौधरीलाई घोराहीबाट काठमाडौँ जाँदै गरेको अवस्थामा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी हवल्दार मोहनराम परियारको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले...

नबिल बैंकका ग्राहकलाई तीन लाखको स्वास्थ्य बीमा

काठमाडौँ, ९ मंसीर। नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ । बैंकले रु २५ हजारको व्यक्तिगत बचत खातावालालाई अर्वुद, हृदयाघात,...

खाद्य संस्थानमा अनुदानको चामलको मूल्य बढेपछि बिक्री वितरणमा अनियमितता

बाजुरा, ८ मंसिर । नेपाल खाद्य संस्थानबाट बिक्री हुँदै आएको खाद्यान्न संस्थानबाट ढुवानी अनुदानको चामल बिक्री वितरणमा अनियमितता भएको पाइएको छ । हिमाली गाउँपालिकाको खाद्यान्न कवाडी डिपो र धुलाचौरको अस्थायी बिक्री केन्द्रबाट ठेकेदारले सर्वसाधारणलाई मनोमानी रूपमा चामल बिक्री वितरण गरेको खुलासा भएको छ । खाद्य संस्थानले बिक्री वितरण गर्दै आएको सोना मसिनो चामल ३० किलोको डिपोबाट सर्वसाधारणलाई रु एक हजार ५५० मा बिक्री गर्नुपर्ने भए पनि ठेकेदारले रु एक हजार ६२५...