बिजनेसमा रहेका समाचारहरु
काठमाडौं, ८ मंसिर । केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडा पठाइ दिन्छु भन्दै ठगी गर्ने एक जनालाई आज पुतलीसडकबाट पक्राउ गरेको छ । मकवानपुर, बकैया गापा–९ की सुनिता तिवारी बाइवा पक्राउ परेकी हुन् । क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई दिएर भारतसम्म पुऱ्याई पीडितबाट प्रतिव्यक्ति सात लाखदेखि १२ लाखसम्म रकम लिई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । बाइवालाई शुक्रवार जिल्ला अदालत काठमाडौंबाट म्याद...
काठमाडौं , ३ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइबारे उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सम्बन्धित निकायसँग जवाफ माग गरेका छन् । आइतवार मन्त्रालयमा सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र आयोजना प्रमुखलाई बोलाएर निर्माण कार्यमा ढिलाइ हुनुको कारण सोधेका छन् । मन्त्री पुनले निर्माण कार्य छिटो सक्न निर्देशन दिए । आयोजना सञ्चालनमा ल्याउन मन्त्रालय स्तरबाट जस्तोसुकै सहयोग गर्ने बताउँदै मन्त्री पुनले निर्माण कार्यमा बहानाबाजी नगर्न निर्देशन दिए ।...
भोजपुर, १ मङ्सिर । उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताउनुभएको छ । भोजपुर उद्योग वाणिज्य सङ्घको १०आँै वार्षिक साधारणसभालाई सम्बोधन उहाँले देश विकास लागि उद्योग वाणिज्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको र सम्पूर्ण उद्योग व्यवसायीको हकहितका लागि आफूले पनि काम गरिरहेको बताउनुभयो । कृषिलाई अगाडि बढाउन सके समाजको विकास भएकाले कृषकलाई सहुलियत दरमा ऋण दिलाउन महासङ्घ लागिपरेको उहाँले जोड दिनुभयो । प्रतिनिधिसभा सदस्य सुदन किराँतीले सबैको...
नेपालगञ्ज, ३० कार्तिक । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले युरिया र डिएपी मलको उत्तम विकल्पका रुपमा विक्रि गरिरहेको गैर अनुदानित एमोनियम सल्फेट र स्टायल सुपर फस्फेट मलका बारेमा किसानलाई सुसूचित गर्ने कार्यलाई तिब्रता दिएको छ । साल्ट ट्रेडिङ्गले तीन बर्षदेखि विक्रि गरिरहेको यी दुई मल युरिया र डिएपी भन्दा गुणस्तरीय रहेको साल्ट ट्रेडिङ्गका कृषि परामर्श दाता भगवान खतिवडाले बताउनुभयो । साल्ट ट्रेडिङ्गको नेपालगञ्ज कार्यालयमा आज गरिएको पत्रकार भेटघाटमा उहाँले यी दुई...
काठमाडौं, २९ कार्तिक । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमको भनाइ छ । यो एपमा...
तुलसीपुर, २५ कात्तिक । नेपाल एयरलाइन्सले काठमाडौंबाट दाङको तलुसीपुरमा हवाई सेवा थप गरेको छ । सातामा दुई दिन हुँदै आएको उडान अब मंसिर १ गतेदेखि सातामा तीन दिन हुने छ । अहिले नेपाल एयरलाइन्सले सातामा दुई दिन सोमबार र शुक्रबार मात्र काठमाडौं–तुलसीपुर उडान गर्दै आएको छ । यात्रुको संख्या बढेको भन्दै बुधबार समेत थप गरेर सातामा तीन दिन उडान गर्न लागिएको हो । ‘यात्रुको माग भए बमोजिम हामीले तुलसीपुर उपमहानगरपालिकासँग...
सुर्खेत, २० कार्तिक। प्रहरीले पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ । सोमबार जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो । पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखि अनुसन्धान थालेको प्रहरीले जनाएको छ। प्रहरीले...
नेपालगन्ज, ११ कात्तिक । बुद्ध एयरले तीनवटा जहाज थप्ने तयारी गरेको छ । बुद्धले ७२ सिट क्षमताका तीन एटिआर ल्याउने तयारी गरेको हो । निजी क्षेत्रको ठुलो वायुसेवा कम्पनी बुद्ध एयर क्षमता विस्तारमा आक्रामक रुपले लागेको छ । तीनवटा नयाँ विमान थपेर बुद्ध एयरले आफ्नो व्यवसायलाई तीव्रता दिन लागेको हो । बुद्ध एयरले ७२ सिट क्षमताका जहाज भित्र्याउने गरी तयारी अघि बढाएको छ । निजी क्षेत्रका अन्य विमान कम्पनीले विमान थपेर आक्रामक व्यवसाय गर्न...
नेपालगन्ज,७ कार्तिक।कृषिलाई प्रदेशको विकास र समृद्धिको पहिलो आधार मानेको प्रदेश ५ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । १९ लाख ६९ हजार सात सय ७६ हेक्टर कूल क्षेत्रफल रहेको प्रदेश नं. ५ मा ६ लाख हेक्टर ९७ हजार ३ सय ३१ कुल खेतियोग्य जमिन छ । कुल खेतियोग्य क्षेत्रफल मध्ये प्रदेश ५ मा ८०.१७ प्रतिशत जमिनमा खेति गरिएको छ । प्रदेशको कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार मन्त्रालयका अनुसार...
जुम्ला, ६ कार्तिक । नेपालीको महान चाड बडादशैंमा पनि तलब नपाएको कर्मचारीले गुनासो गरेका छन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय, जुम्लाका कर्मचारीले गत असारबाट तलब नपाएको भन्दै गुनासो गरेका हुन् । तत्कालीन जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख टेक हितानका अनुसार सङ्घीय संरचनापछि कर्मचारी तथा कार्यसम्पादनमा निकै उथलपुथल भएको छ । दशैं जस्तो चाडमा थप रकम त परै जाओस्, तीन महिनादेखि तलब नपाएको उहाँले बताउनुभयो । “आजभोलि भन्दाभन्दै आशैआशमा दशैं बित्यो’’ उहाँले...