गोली लागेर गम्भिर घाइते जेठारालाई पत्रकार कुसारीद्वारा एक लाख सहयोग
प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार १५:१७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२१ मंसिर । अमेरिकामा बन्दुकधरीले गोली चलाउँदा अमेरिकामा घाइते भएका विनोद जेठारालाई दाङका पत्रकार देविराम कुसारी र अमेरिका निवासी उनका कान्छा भाइ टिकाबहादुर कुसारीले एक लाख आर्थिक सहयोग गरेका छन् ।
Advertisement
गोली लागि सख्त घाइते भएका जेठाराको उपचारमा आर्थिक समस्या भएपछि दाङका पत्रकार कुसारी र उनका भाइले नेपाली एक लाख ९१ रुपैयाँ नगद सहयोग गरेका हुन् । दुःख पर्दाको पीडालाई महसुस गरी आफूहरुले सहयोग गरेको कुसारी दाजुभाइले जानकारी दिए ।
कुसारी दाजुभाइले यसअघि पनि विभिन्न व्यक्ति तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । जेठाराको उपचारका लागि टेक्सास निवासी धनबहादुर कुसारीले थालेको अभियानबाट चार दिनमै करिव १५ लाखभन्दा बढि रकम उठेको छ ।
कञ्चनपुर घर भई करिब एक बर्ष देखि अमेरिकाको टेक्सासमा बस्दै आएका एप्पल स्टोर नामक ग्यास स्टेशनमा काम गर्ने ३१ बर्षिय बिनोद जेठारा बन्दुकधारीको गोली प्रहारबाट गम्भिर घाइते भएका हुन्। स्टोर खोल्न गएका जेठारालाई ग्राहक बनेर बन्दुकधारीले गत सोमबार गोली प्रहार गरेको थियो ।
मुटुमा गोली लागेर गम्भिर घाइते जेठाराको ब्रायन स्थित सेन्ट जोसेफ हस्पिटलमा उपचार भइरहेको छ ।