उर्जामन्त्री पुनले मागे माथिल्लो तामाकोशी आयोजनामा भइरहेको ढिलाइबारे जवाफ
प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार १६:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं , ३ मंसिर । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइबारे उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सम्बन्धित निकायसँग जवाफ माग गरेका छन् ।
Advertisement
आइतवार मन्त्रालयमा सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र आयोजना प्रमुखलाई बोलाएर निर्माण कार्यमा ढिलाइ हुनुको कारण सोधेका छन् । मन्त्री पुनले निर्माण कार्य छिटो सक्न निर्देशन दिए ।
फाइल तस्वीर
आयोजना सञ्चालनमा ल्याउन मन्त्रालय स्तरबाट जस्तोसुकै सहयोग गर्ने बताउँदै मन्त्री पुनले निर्माण कार्यमा बहानाबाजी नगर्न निर्देशन दिए । मन्त्री पुनले आयोजनाको लागत बढ्नुको कारण र निर्माण कम्पनीले काम नगर्नुको कारणसहित प्रगति विवरण मागेका थिए ।
आयोजनालाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने बताउँदै मन्त्री पुनले आवश्यक परे ठेक्का तोड्न निर्देशन दिए । ४ सय ५६ मेगावाटको आयोजनाको म्याद पटक–पटक सर्दै आएको छ । १८ किलोमिटर सुरुङ रहेको तामाकोशीभित्रै विद्युत्गृह निर्माण कार्य चलिरहेको छ ।
आर्थिक वर्ष २०६५र६६ मा शुरू भएको आयोजना सम्पन्न गर्नुपर्ने मितिभन्दा अढाई वर्ष ढिलो भइसकेको छ । अझै पनि आयोजना सम्पन्न हुने मिति अनिश्चित छ । आयोजनाको शुरूको अनुमानित लागत ३५ अर्ब २९ करोड रहेपनि अहिले आधा खर्ब नाघेको छ ।